समाचार

    Showing 5,071-5,080 of 19,455 items.
  • पाँच जना मिर्गौला बेचबिखन पीडित प्रहरी सम्पर्कमा

    काठमाडौं— मिर्गौला बेचबिखनमा परेका पाँच जना पीडित अहिले सम्म प्रहरी सम्पर्कमा आएका छन्। पछिल्लो पटक काभ्रे र नुवाकोटका दुई जना युवा शुक्रबार मानव बेचबिखन विरुद्धको ब्युरोमा पुगेका हुन्।यसअघि सिन्धुलीका एक जना युवा प्रहरीसँग सम्पर्कमा आएका थिए। अब सोमबार थप दुई जना जाहेरी दिन आउने तयारीमा रहेको प्रहरी उपनिरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिएका छन्।प्रहरीका अनुसार पीडितहरूमध्ये दुई जनालाई मिर्गौला बेचेको पैसा एक रुपैयाँ पनि दिइएन। अरूलाई थोरै पैसा दिएर बाँकी पैसा नदिएको बताएका छन्।केही दिन अघि पीडितहरू प्रहरीमा आएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि नुवाकोट र काभ्रेका चार जना व्यक्ति पक्र

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 598 पटक पढिएको
  • नारायणकाजी श्रेष्ठ झलनाथ भेट्न किन डल्लु पुगे ? कारण यस्तो

    काठमाडौं— नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् ।डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुप बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 615 पटक पढिएको
  • जलिरहेको शवको हड्डी र मासु बेचेको आरोपमा दुई जना पक्राउ, ‘अभद्र व्यवहार’को मुद्दा

    काठमाडौं— पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पनेमा गणेश ढकाल र उनका एक सहयोगी रहेका छन् ।काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई शुक्रबार आर्यघाटमा जलाउँदै गर्दा उक्त घटना भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ।मृतकका परिवारजनले आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेपछि गौशाला प्रहरी वृत्तमा खबर आएको गौशाला प्रहरी वृत्तका सूचना अधिकारी

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 572 पटक पढिएको
  • क्रिकेटर ललित राजवंशीकी आमाको निधन

    विराटनगर— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ।सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो।आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। अहिले विराटनगर महानगरापालिका–१४ स्थित उनको परिवारका सदस्य, आफन्त र छिमेकीहरू जम्मा भएकाछन् ।आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्।क्रिकेट संघ अफ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 598 पटक पढिएको
  • जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव

    बारा –  खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्  । आइतबार बारास्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको बताए  ।उनले मधेसका जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको बताएका हुन् ।मन्त्री

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 527 पटक पढिएको
  • गगन थापा भन्छन देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताएका हुन् ।उनले भने,‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीति

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 467 पटक पढिएको
  • कैलालीमा डेंगु संक्रमितको संख्या ७६ पुग्यो, देशभर २७२० बिरामी

    धनगढी- कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ ।स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए ।सन २०२४ मा कैलालीमा डेंगु बिरामीकाे संख्या ५२० रहेकाे थियाे । धामीका अनुसार सन २०२५ का अझै केही महिना बाँकी रहेकाले संख्या बढने देखिएकाे छ ।कार्यालयले संचालन गरेकाे लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए । उनले भने,‘यो लामखुट्टेको टोकाईबाट लाग्ने एक किसिमको भाईरल रोग हो । बिहानको समय र बेलुकाको समयमा बढी सकृय हुने गर्दछ, त्यसैले यश वेला बच्न आवश्यक छ ।’हाल

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 403 पटक पढिएको
  • उपनिर्वाचनका लागि आवेदन दिएकाहरूसँग छलफल गर्दै रास्वपा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका उम्मेदवारीको आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्ने भएको छ ।कात्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए।आइतबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चस्मतिमा छलफल हुने पार्टी प्रवक्त मनिष झाले जानकारी दिए । छलफलको मध्यस्तकता सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन् ।छलफलको अवलोकन कोषाध्यक्ष लि

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 524 पटक पढिएको
  • नबिल बैंकमा कर्मचारी माग

    काठमाडौं— नबिल बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको हो।इच्छुकले एसएलसी वा एसइई उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव हुनुपर्छ।३० वर्षभन्दा कम उमेर भएका इच्छुकले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 559 पटक पढिएको
  • ‘ग्रे लिस्ट’बाट बाहिरिन सहकारी नियमन कडा

    काठमाडौं– सरकारले देशभरका सबै सहकारी संघ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विवरण अनिवार्य रूपमा अनलाइनमार्फत बुझाउन निर्देशन दिएको छ । सहकारी विभागले जारी गरेको सूचनालाई आधार मान्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गरी यो निर्देशन कार्यान्वयन गर्न भनेको हो ।सरकारले फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा परेपछि  यो कदम चालिएको जनाएको छ  । ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१–८२, २०८५–८६) लागू गरेको छ। सोही कार्ययोजन

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 299 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा