समाचार

    Showing 5,061-5,070 of 25,567 items.
  • आइसिएफसि फाइनान्सको ऋणपत्र आजदेखि निष्कासनमा

    काठमाडौं— आइसिएफसि फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दैछ, जसको कुल परिमाण ५० करोड रुपैयाँ बराबर रहेको छ । कुल निष्काशनमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।सर्वसाधारणतर्फ निष्काशन गरिने २ लाख कित्तामध्ये ५ प्रति

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 507 पटक पढिएको
  • मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडौं— मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन । अधिकारीहरूले समुद्री किनार र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाएका छन् ।मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिए

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 513 पटक पढिएको
  • चरौदी बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

    मलेखु। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेक

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 274 पटक पढिएको
  • बाजुरामा प्रतिनिधि सभा निर्वाचनमा ७ सय कर्मचारी खटाइँदै

    बाजुरा— फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि बाजुरामा ७०० जना निर्वाचन कर्मचारी खटाइने भएको छ । निर्वाचन सम्पन्न गराउन सो सङ्ख्यामा कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयले आइतबार मतदान अधिकृतसहितका कर्मचारीको नामावली सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले हस्ताक्षरित गरेको सार्वजनिक सूचनामा ११८ मतदान केन्द्रमा ७०८ जना कर्मचारीको नामावली सार्वजनिक गरिएको छ ।निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउनका लागि निर्वाचनका कर्मचारी छनोट गरी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुराका ७७ मतदान

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 534 पटक पढिएको
  • धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते

    काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् ।आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँले जानकारी दिए ।मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।उक्त स्थानमा उद्द

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 343 पटक पढिएको
  • निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ ।सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा स

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 307 पटक पढिएको
  • आज २०८२ साल फागुन ११ गते सोमवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययन वा परीक्षामा मनोनिवेश गर्नेहरूले सफलता प्राप्त गर्नेछन्। व्यक्तिगत जीवनमा प्रेमसम्बन्ध मजबुत बन्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्ने सम्भावना छ। शैक्षिक अवसरहरू अनुकूल हुनेछन्। तर, स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्य

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 281 पटक पढिएको
  • गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण

    काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्व तयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।जिल्ला आर्थिक गणना अधिकारी र गणक र सुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्याङ्क सङ्कलनको अनुगमनलाई सहजीकरण गर्ने उद्देश्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणनाको अनुभवलाई पूर्ण रूपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सबैमा रहेको बताए । यस पटकको गणनामा आधुनिक प्रविधिको प्रयोग स्वरूप इ सेन्ससलाई समेत

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 233 पटक पढिएको
  • आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

    धनुषा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको छ । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 306 पटक पढिएको
  • हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

    अदानचुली। प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला आइपुगेका छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइसकिएको तथा

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 279 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.