काठमाडौं— प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल गएका छन् ।कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।प्लालेस्टाइनी विद्रोही समूह
सुनसरी— सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् ।काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार निधनहुनेको पहिचान हुन सकेको छैन ।घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिका
सिरहा— सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।सिरहा – ६ का प्रवीण यादव भन्छन्,“पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ ।
आठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाड
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ७३ पैसा र बिक्
गाजा— गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन् ।नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताए ।मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएपछि थप छ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पनि उनले जानकारी दिए ।बासलका अनुसार मध्य गाजामा पनि आक्रमणका कारण धेरै जनाको ज्यान गएको छ भने दक्षिणी सहर खान
काठमाडौं— प्रतिनिधिसभामा विचाराधीन रहेको मिडिया काउन्सिल विधेयकका महत्वपूर्ण प्रावधान र छापाखाना तथा प्रकाशन ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी बनेको नयाँ व्यवस्थाबारे पत्रकारसम्बद्ध पाँचवटा संगठन प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रेस नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।मिडिया काउन्सिल विधेयक, छापाखाना तथा प्रकाशन ऐन संशोधन र अन्य सञ्चार कानुनका बारेमा साझा धारणा सार्वजनिक गर्न संयुक्त वक्तव्य जारी गरेका छन् । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष श
रौतहट— रौतहटको गुजरा नगरपालिकामा सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरणमा चरम लापरबाही भएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। लामो समयदेखि लाभग्राहीले पाउनुपर्ने भत्ता नपाउँदा असन्तुष्ट बनेका स्थानीयले आइतबार नगरपालिकाको मूलढोकामा तालाबन्दी गरेका हुन्।नगरपालिकाको सिमरा भवानीपुरस्थित एनआईसी एशिया बैंकले करिब एक वर्षदेखि बालपोषण भत्ता वितरण नगरेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। बैंकले गत असार ११ गते खातामा जम्मा गरिएको सामाजिक सुरक्षा भत्तासमेत वितरण नगरेपछि उनीहरूको दैनिकी प्रभावित बनेको छ।ज्येष्ठ नागरिकहरूले पनि भत्ता नपाएको गुनासो गर्दै कार्यालयमै तालाबन्दी गरेका छन्। गु
कञ्चनपुर— कञ्चनपुरमा २ वालिका महाकाली नदीमा वेपत्ता भएका छन् । महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । आइतबार दिउँसो महाकाली किनारमा ४ बालबालिका मध्य नुहाउने क्रममा २ बेपत्ता भएका हुन् ।बेपत्ता हुँनेमा भीमदत्त नरपालिका ११ का अन्दाजी ७ वर्षीय जिबिका पन्त र ६ वर्षीय सानवि पन्त रहेका जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।अहिले नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी र स्थानियहरुको टिमले उनिहरुको खोजी गरीरहेको छ ।
कैलाली— कैलाली कारागारमा केही दिनअघि भएको झडपमा घाइते भएका अर्को एक कैदीलाई पनि उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको छ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार, ती कैदीको नसामा समस्या देखिएको छ। उनलाई काठमाडौं वा नेपालगञ्जमध्ये एक ठाउँमा रेफर गर्नेबारे छलफल भइरहेको छ। अहिले ती कैदी सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका छन्।जोशीले ती कैदीलाई हेलिकप्टर होइन, सामान्य जहाजबाट पठाइने जानकारी पनि दिए। यसअघि गम्भीर घाइते भएका एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो।झडपपछि कैदीहरूको संख्या यकिन गर्न आइतबारबाट गन्न थालिएको छ। का
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.