समाचार

    Showing 5,041-5,050 of 25,567 items.
  • ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक

    काठमाडौं— फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन् । संगीत नबिन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा सिनेम्याटोग्राफी अमृत बिस्वाले गरेका छन् भने सम्पादन राम अधिकारीको छ । लक्ष्मण अधिकारी सहायक निर्देशक र देवी खतिवडा मेकअप आर्टिस्ट रहेका छन् ।प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्ममा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्य

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 559 पटक पढिएको
  • मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई चुनावी चटारो, समुन्नत र सुशासनयुक्त नेपाल निर्माणको प्रतिबद्धता

    काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.मिनेन्द्र रिजालले आफ्नो भिजन प्रस्तुत गरेका छन् ।डा. रिजालले जनतालाई सम्मानित जीवन, सपना देख्न सक्ने अवसर, रोजगारी र सम्पत्ति सिर्जना, पेटभरी खाने व्यवस्था जस्ता प्राथमिकताहरू सुनिश्चित गर्ने लक्ष्य राखेका छन् ।किसानलाई चिनाउने र प्रोत्साहन दिने नेपाल, बेथिति र हैरानीबाट मुक्त, विधिसम्मत शासनको नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने व्यवस्था, मौलिकतामा गर्व गर्ने, आधुनिक र ओखती–ओत दिने नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी र समुन्नत राष्ट्र उनले आफ्नो भिजनमा समेटेका छन् ।डा।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 615 पटक पढिएको
  • गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट् संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै संयुक्त राष्ट्र संघसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागु औषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचविखन ल

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 549 पटक पढिएको
  • मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो

    मकवानपुर— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना संलग्न चुनावी गतिविधिमा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् ।सार्वजनिक भएका तस्बिरहरूमा चुनावी प्रचारसँग सम्बन्धित जुलुस तथा सामूहिक गतिविधिमा नाबालक बालबालिकालाई सहभागी गराइएको स्पष्ट देखिन्छ ।निर्वाचन आयोगको आचारसंहिताले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक प्रचार, ¥याली, जुलुस वा दलगत गतिविधिमा प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ। तर उक्त निर्देशनको खुलेआम उल्लङ्घन

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 563 पटक पढिएको
  • सभापति थापाद्वारा धादिङ दुर्घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।सभापति थापाले आज शोक विज्ञप्ति जारी गरी पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २७ जना घाइते भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।सभापति थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँ

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 311 पटक पढिएको
  • धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय

    काठमाडौँ । गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा सोमबार बिहान बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।दुर्घटनामा ठुलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबिचको छलफलले छानबिन समिति बनाउने निर्णय गरेको हो । कसको नेतृत्वमा कति सदस्यीय समि

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 296 पटक पढिएको
  • काठमाडौं ५ मा सस्मित पोखरेलको चुनावी घरदैलो

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार सस्मित पोखरेलले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । सोमबार उनले टोखा क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रमका क्रममा उनले मतदाताबाट उत्साहजनक समर्थन पाएको बताएका छन् ।पोखरेलले घरघर र टोलटोलबाट ‘घण्टी’ भन्दै व्यक्त भइरहेको समर्थनले आफूहरूलाई थप ऊर्जा मिलेको बताए । उनले मतदाताको मुख्य चाहना सामान्य शिक्षा र स्वास्थ्य सेवा सहज तथा सुलभ रूपमा उपलब्ध हुनु, रोजगारीको अवसर सिर्जना हुनु र नेपालमै बस्ने वातावरण निर्माण हुनु रहेको उल्लेख गरे । उन

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 525 पटक पढिएको
  • धादिङ बस दुर्घटनाः मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत (नामावलीसहित)

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ।जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो।उक्त दुर्घटनामा परी मृत्यु भएका अन्य १० जनाको भने अझै पहिचान खुल्न सकेको छैन।दुर्घटनामा मृत्यु भई सनाखत हुनेहरुमा एक जना विदेशी नागरिकसहित ९ जना रहेका छन्। ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान , कास्कीको पोखरा

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 291 पटक पढिएको
  • काठमाडौं ५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेलको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिज्ञा पत्रमार्फत उनले १४ बुँदामा काठमाडौं ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा इमान्दारीपूर्वक प्रयास गरेको भन्दै उनले रिङ रोड दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुशी टोखा सडक, विष्णुमति करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 452 पटक पढिएको
  • धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु

    काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । उहाँले उपचारका लागि ल्याइएका २३ जनामध्ये अर्का एक जना घाइतेको भने मृत्यु भएको जानकारी दिनुभयो । उनको पहिचान खुलेको छैन ।नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला उपचाररत छन् । ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ ।नेशनल सिटी अस्पतालमा उपचार

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 264 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.