अर्घाखाँची— अर्घाखाँची जिल्लामा भैंसीलाई क्रूरतापूर्वक सानो गाडीमा अटाएर ओसारपसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।धारापानीबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको बोलेरो सिङ्गल क्याब गाडीमा चारवटा भैंसीहरूलाई अत्यन्तै अमानवीय तरिकाले कोचेर लैजाने क्रममा सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ निवासी १८ वर्षीय क्रिस बानिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार उनीह
कञ्चनपुर — कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।गत असार महिनामा कृष्णपुर नगरपालिका निवासी कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएपछि प्रशासनले कडा कदम चालेको थियो। सो घटनापछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो।त्यसअनुसार विभिन्न पालिकाले अभियान चलाउँदै हालसम्म ३९ छाउगोठ हटाइसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ।
काठमाडौँ —गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।समीक्षा अवधिमा बागमती
धरान – सुनसरीको दुहबी नगरपालिका-४ मा दुईजना पुरुषको हत्या गरिएको छ । निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार ती पुरुषलाई कसैले हत्या गरी फ्यालेको हुनसक्ने अनुमान गरिएको छ । पहिचान नखुलेका पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको डीएसपी खतिवडाले बताए
काठमाडौं — निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै कायम राख्ने निर्णय गरेको छ।मंगलबार बसेको आयोगको बैठकले पार्टी पदाधिकारी परिवर्तनसम्बन्धी केही विवरण प्राप्त भए पनि ती प्रक्रिया वैधानिक नदेखिएको निष्कर्ष निकाल्दै पुरानै अभिलेखलाई मान्यता दिने निर्णय गरेको हो।अध्यक्ष रञ्जिता श्रेष्ठ पछिल्ला केही समयदेखि विवादमा परेकी थिइन्। त्यसपछि पार्टीले राष्ट्रिय भेला गरी लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेको थियो। तर आयोगले सो निर्णयलाई मान्यता नदिँदै श्रेष्ठकै अध्यक्षता कायमै रहने जनाएको हो।
काठमाडौं – संघीय संसद अन्तरगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली काराग
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानु परेको बताएका छन् ।रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन् ।सोहि क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताएका छन् । उनले भने,‘किसानले किन
हेटौंडा – बागमती प्रदेश सभाको नवनिर्मित नयाँ भवनको समुद्घाटन गरिएको छ।मंगलबार अपरान्ह एक समारोहका बीच सभामुख भुवन कुमार पाठकले नवनिर्मित सभा भवनको समुद्घाटन गरेका हुन्। करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको अस्थायी प्रि–फ्याब भवनको मंगलबार उद्घाटनसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । २०७७ साल मंसिर १० गते शिलान्यास गरिएको २५० जना अट्ने उक्त सभा हल ईपीएस स्यान्डबीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो। प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशन
बाजुरा – बाजुराको बडिमालिका नगरपालिका ४ मा रहेको ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नदीको कटानले बस्ती उच्च जोखिममा परेको हो ।वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन् । बाढिपहिरोबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन् । बस्ती स्थानान्तरणको पर्खाइमा रहेका यहाँका स्थानीयको आशा अधुरै रहेको छ । बर्षाैदेखि बस्ती बाढि पहिरोको उच्च जोखिममा रहेको भए पनि स्थानान्तरण भने हुन सकेको छैन् । ओलेना बस्ती एक उदाहरण मात्रै हो । बाजुराका कयौं घर बस्ती बाढिपहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढि गाउँ बस्ती उच्च जोख
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेको घोषणा गरेका छन्।उनका अनुसार उक्त विद्युत् निर्यातबाट नेपालले करिब ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले भने, “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ।”
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.