समाचार

    Showing 4,921-4,930 of 25,563 items.
  • निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खेले बैंक खाता

    ढोरपाटन। निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ का एक जना उम्मेदवारले खाता खोलेका छैनन् ।बागलुङमा उम्मेदवारले बढीमा २९ लाखसम्म खर्च पाउने निर्वाचन आयोगले मापदण्ड बनाएको छ । निर्वाचनमा हुने आर्थि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 258 पटक पढिएको
  • कोलोञ्जोरघाटदेखि नुम्बुरको काखसम्मको ‘लिखु कोरिडोर’ सडक निर्माण तीव्र, ५ किमी कालोपत्रे सम्पन्न

    रामेछाप— रामेछापको सबैभन्दा होचो भू–भाग कोलोञ्जोरघाटदेखि लिखु नदीको उद्गमस्थल नुम्बुर हिमाल नजिक गुम्देलको लाहा छेवरसम्म जोड्ने ‘लिखु कोरिडोर’ सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।करिब ५५ किलोमिटर लामो उक्त सडकअन्तर्गत हालसम्म करिब ५ किलोमिटर खण्ड कालोपत्रे सम्पन्न भएको छ भने बाँकी क्षेत्रमा स्तरोन्नतिको काम जारी रहेको छ ।रामेछाप र सिन्धुलीको फिक्कल क्षेत्रलाई जोड्ने सुनकोसीस्थित कोलोञ्जोरघाट पुलदेखि साँघु टारतर्फको ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।यो खण्डले स्थानीय आवतजावत सहज बनाउनुका साथै वर्षा याममा हुने सवारी अवरोधको समस्या न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । कोलोञ्जोरघाटदेखि सि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 490 पटक पढिएको
  • कांग्रेस नेता बिमलेन्द्र निधिले सार्वजनिक गरे आफ्ना चार कार्ययोजना

    जनकपुर— नेपाली कांग्रेसका नेता एव् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिमलेन्द्र निधिले आफ्ना चारवटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन् ।शुक्रबार जनकपुरधामस्थित नीजि निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले आफू निर्वाचित भएमा मुख्य चारवटा कामहरु गर्ने बताए ।उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीनवटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको जानकारी दिए ।नेता निधिले धनुषाका दक्षिणी ग्रामीण भेगका सर्वसाधारणहरुलाई सदरमुकाम जनकपुरधाम आएर उपचार गराउने झन्झटलाई अन्त्य गर्नका निम्ति तीन वटा स्थानमा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल बनाउने योजना ल्या

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 433 पटक पढिएको
  • मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

    काठमाडौं— हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगुमकामारोङ्ग गाँउपालिकामा प्रयोग हुँदै आएको खानेपानीका आयोजना र मुहानको खानेपानीको गुणस्तर परीक्षण गर्दा खानेपानीमा कोलिर्फम जीवाणु भेटाएको छ ।एक साता यता मुगमकामारोङ्क गाँउपालिका वास इकाइको आयोजन र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सुस्वा परियोजनामा पालिका स्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सन्चालनमा रोङ्बु खानेपानी, मह खानेपानी, खाम्बादो खानेपानी, श्री मह खानेपानी, ढुङ्केधारा खानेपानी, ध्याचिमी खानेपानी मार्गी, पुलूँ खानेपानी, पिन्यारा खानेपानी चिभाथ, चिमाथ बहुउद्श्य खानेपानी, डोब खानेपानी, घोडपोले खानेपानी, पानी मूल ख

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 486 पटक पढिएको
  • पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

    सिरहा। आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतीक्षा गरिरहेका छन् ।पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन मुस्किल परिरहेको छ भने नयाँलाई पुरानाजस्तै नहुने आधार पेस गर्न धौधौ छ । यहाँका मतदाताले अहिले मुख्य रूपमा चारवटा मुद्दालाई आफ्नो ‘बार्गेनिङ प्वाइन्ट’ बनाएका छन्, कमला पुलको अलपत्र अवस्था, भूमिहीनको लालपुर्जा, किसानको मलखाद र गाउँगाउँमा पक्की सडक ।हुलाकी राजमार्गअन्तर्गत सिरहा

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 264 पटक पढिएको
  • डडेल्धुराको भित्री मधेशमा शनिबार कांग्रेसको आमसभा, यी नेता हुँदैछन् सहभागी

    डडेल्धुरा— आसन्न निर्वाचनका लागि डडेल्धुरामा विभिन्न राजनीतिक दलका र तीनजना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सबै दल आ–आफ्ना एजेन्डासहित जनताको घरदैलो र चुनावी अभियानमा छन् । अन्य दल तथा उम्मेदवारहरूले ठूला आमसभा नगरेको अवस्थामा नेपाली कांग्रेस भने लगातार आमसभा गर्दै आएको छ।केही दिनअघि गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा आमसभा गरेको कांग्रेसले फागुन १६ गते शनिबार डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाको जोगबुढामा अर्को आमसभा गर्ने भएको छ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली काँग्रेस डडेल्धुराले ब

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 481 पटक पढिएको
  • सीएमजीको ‘स्प्रिङ फेस्टिभल गाला’ को विश्वव्यापी पहुँच विस्तार, १३.५ अर्ब भ्युज

    काठमाडौं— चाइना मिडिया ग्रुप एनल ट्रेडिसन (सीएमजी) द्वारा हरेक वर्ष आयोजना गरिने ‘स्प्रिङ फेस्टिभल गाला’ ले यस वर्ष नयाँ मिडिया प्लेटफर्ममार्फत विश्वव्यापी पहुँच र दर्शक संख्या उल्लेखनीय रूपमा विस्तार गरेको छ ।यस मनोरञ्जनात्मक कार्यक्रमलाई विश्वकै सबैभन्दा धेरै हेरिने राष्ट्रिय टेलिभिजन कार्यक्रमका रूपमा चिनिन्छ । यस वर्ष उक्त कार्यक्रमले मोबाइल एप्स र सामाजिक सञ्जाल प्लेटफर्ममार्फत कूल ६७ करोड ७० लाख प्रयोगकर्तासम्म पहुँच बनाउँदै १३ अर्ब ५० करोडभन्दा बढी भ्युज प्राप्त गरेको जनाएको छ ।बेइजिङसहित चीनका चार अन्य सहरबाट प्रत्यक्ष प्रसारण गरिएको गाला कार्यक्रम विश्वभर करिब ४ हजार मिडिया संस्थामार्

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 490 पटक पढिएको
  • आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

    काठमाडौँ। आसन्न प्रनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ ।आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले गरेको निर्वाचन सर्वेक्षणमा विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा आगामी चुनावप्रति उत्साह देखिएको उल्लेख छ । जेनजी आन्दोलनका जगमा हुन लागेको यस निर्वाचनलाई विगतका निर्वाचनभन्दा भिन्न र विशिष्ट मानिएको जियोकका महासचिव कृष्णमान प्रधानले बताए ।भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले पनि आममतदातामा ठूलो उत्साह रहेको महासचिव प्रधानले बताउनुभयो । सोही प्रदेशमा निर्वाचनप्रति सवैभन्दा बढी ७९.२ प्रतिशत विश्वास रहेको सर्व

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 262 पटक पढिएको
  • मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते

    काठमाडौं— मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस राति ११ः४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौडा पाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौडामा उपचार भई रहेको छ ।घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 459 पटक पढिएको
  • सर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणको आरोपमा एक जना पक्राउ

    सर्लाही— सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन् । उनलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो। उनलाई भारतीय पक्षसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।सिरहाको सुखीपुर नगरपालिका – ६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते डेरामा बसिरहेको घरमै अज्ञात व्यक्तिले गोलि प्रहार गरेर फरार भएका थिए । गम्भीर घाइ

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 509 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.