समाचार

    Showing 4,891-4,900 of 19,440 items.
  • कैलाली कारागार घटनाको छानबिन गर्न समिति गठन

    कैलाली— गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते राति भएको झडपको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिएका छन्।कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही हुने बताए।उक्त झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जनालाई काठमाडौं ल्याइ उपचार भइरहेको छ भने अन्य ४१ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।गृहमन्त्रीका अनुसार झडप राति दुई ब्लक बीचको पर्खाल तोडफोड गरेर ब्लक ए का कैदीले ब्लक बीमा पुगेर कुटपिट गरेका थिए।घटनापछि कारागारमा आन्तरिक द्वन्द्व र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 556 पटक पढिएको
  • गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिहं

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा  शुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे । उनले  बदमासि गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ । राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तल देखि माथिल्लो तह सम्मका मान्

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 362 पटक पढिएको
  • नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षमा ढकाल नियुक्त

    काठमाडौं— नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुरूप महासंघले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोकर्ण अवस्थी थिए । उनले राजीनामा दिएपछि बोर्डमा महासंघबाट प्रतिनिधित्व गर्ने संचालकको पद खाली रहेको थियो । त्यही ठाउँमा उपाध्यक्ष ढकाल नियुक्त भएका हुन् ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 422 पटक पढिएको
  • विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छः ठाकुर गैरे

    काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनु पर्ने भन्दै उनलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।उनले भने, ‘नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले गरि रहेको कुटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा विपिनको यथार्थ पत्ता लाग्ने र उनलाई नेपाल स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नको लागि आज पुन सदन मार्फत सरकारको ध्यानाकर्षण ग

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 513 पटक पढिएको
  • हेलम्बुका युवा डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् । पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गरेका थिए । उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउछन् । उक्त अनुदान पाएसँगै हेलम्बु–५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 457 पटक पढिएको
  • रास्वपाको माग : थारू भाषा कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गरियोस्

    काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा समावेश गर्न माग गरेको छ।बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले यो माग प्रस्तुत गरेका हुन्।उनले भने, "थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न प्रदेश सरकारसँग जोडदार माग गर्दछु।"

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 454 पटक पढिएको
  • अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्ड शाखाको अध्यक्षमा ललितपुरका बजगाईं

    काठमाडौं— विश्वभर छरिएर रहेका पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ, आम सञ्चारकर्मीहरूको हक र हितका लागि सङ्गठित रुपमा आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्डको अध्यक्षमा सङ्गम दैनिकका प्रधान सम्पादक ललितपुरका केशवप्रसाद बजगाई निर्विरोध निर्वाचित भएका छन ।पोल्यान्डको राजधानी क्राकोमा २०८२ साउन २५ गतेको भेलाले संस्थाको अध्यक्षमा बजगाईलाई निर्विरोध निर्वाचित गरेको हो ।नौ सदस्यीय कार्यसमितिमाको उपाध्यक्षमा सौगात ढुङ्गाना, सचिव अशोक भुसाल, कोषाध्यक्ष दीपक बजगाईं त्यस्तै बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी, प्रमिला भुजेल, कमल बिष्ट, रामप्रसाद शर्मा र स्वागत ढुङ्गाना रहेका छन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 511 पटक पढिएको
  • कालीगण्डकी करिडोर पुनः अवरुद्ध, यात्रु अलपत्र

    काठमाडौं –  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ कालाखोला क्षेत्रमा भारी वर्षापछि ठूलो पहिरो खसेपछि सडक पुनः बन्द भएको हो।करिब पाँच दिनअघि पहिरोका कारण अवरुद्ध भएको यो सडक मंगलबार दिउँसो मात्रै सञ्चालनमा आएको थियो। तर, रातभरको वर्षापछि आज बिहान ९ बजे पुनः पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।सडक बन्द भएपछि दक्षिण बागलुङसँगको सिधा यातायात सम्पर्क टुटेको छ। बागलुङबाट बुटवल, पाल्पा, भैरहवा लगायतका गन्तव्यमा जाने सवारी साधनहरू ठप्प हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 435 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आज पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।आजको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दीपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि दुबै दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए।सांसद चौधरीले भिजिट भिसा काण्डमा निष्पक्ष छानबिन सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे। उनले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ढिलाइ गरिरहेको भन्दै आपत्ति जनाए।उता, राप्रपाका सांसद सिंहले आफूहरूले भिजिट भिसाको विरोध नगरेको तर भिसाको नाममा भइरहेको अवैध

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 290 पटक पढिएको
  • झापामा जंगली हात्तीको आक्रमण : चार घर र खेतबारीमा क्षति

    झापा – झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीको आक्रमणले चारवटा घर र खेतबारीमा क्षति पुर्‍याएको छ।गएराति साढे १२ बजेतिर दुईवटा जंगली हात्तीले स्थानीयवासीका घर तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हात्तीले नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको दुई मन धान खाएको प्रहरीले जनाएको छ।सुनिता तामाङको पाँच कठ्ठा खेतमा लगाएको धान खाँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जितबहादुर मगरको पनि पाँच कठ्ठा खेतमा लगाइएको धान हात्तीले नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 443 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा