समाचार

    Showing 4,471-4,480 of 26,789 items.
  • सीमामा कड़ाई , थिचिएको जनता—नीति, प्रतिशोध र उपभोक्ताको पीडा

     -देवेन्द्र के. ढुङगानासमाचार समीक्षक नेपाल–भारत खुला सीमाले दशकौंसम्म सीमावर्ती समुदायको जीवनलाई सहज बनाउँदै आएको थियो। दैनिक किनमेल, सस्तो इन्धन, रोजगारी र सामाजिक सम्बन्ध—यी सबै कुरा यही खुलापनसँग गाँसिएका थिए। तर पछिल्लो समय सीमा क्षेत्रमा देखिएको कडाइ र त्यसको प्रतिक्रियास्वरूप उत्पन्न अवरोधहरूले देखाइरहेको छ, नीतिगत निर्णयहरू जब समन्वयबिना लागू हुन्छन्, त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारण नागरिकले चुकाउनुपर्छ।बालेन शाह नेतृत्वको सरकार गठनपछि “व्यवस्था सुधार” र “अनुशासन”का नाममा सीमामा निगरानी कडा पारियो। नेपालतर्फ भारतीय सवारीसाधनमाथि कडाइ गरियो, अवैध आयात नियन्त्रणका प्रयासह

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 344 पटक पढिएको
  • रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

    काठमाडौं— राष्टिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकले संसदीय दलको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई चयन गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 493 पटक पढिएको
  • सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं— सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार वैशाख १ गते साँझ ५ः०० बजे तुलसीपुर उपमहानगरपालिका-५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलस

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 518 पटक पढिएको
  • संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ स् मन्त्री डा.वाग्ले

    काठमाडौं— अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए ।उनले भने, ‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो । चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ ।’उन

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 478 पटक पढिएको
  • रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगोे लगाएको छ ।बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।बैठकमा मुख्य सचेतक र दुई जना सचेतक चयन गर्ने निर्णय गरेको छ । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ ।त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 486 पटक पढिएको
  • कांग्रेसले राखेको विपक्षी दलको बैठकमा किन गएनन श्रम संस्कृति पार्टी र राप्रपा ?

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सहभागी भएन।कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिको निर्वाचनको विषयमा छलफल गर्नको लागि विपक्षी दलको संयुक्त बैठक राखेको हो।बैठकमा नेकपा एमाले र नेकपाबाट नेताहरू सहभागी थिए। कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले आफूहरूले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलमा बोलाएको बताए।सत्तारुढ दल रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारीलाई सघाएको थियो। रास्वपाको सहयोगमा रुवीकुमारी उपसभामुख बनेपछि हर्क पछिल्लो समय रास्वपासँग नरम सुनिँदै आएका छन्।राप्रपा प

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 430 पटक पढिएको
  • सभामुख भेट्न पुगे विपक्षी दलका नेता

     काठमाडौं—  सभामुख डीपी (डोलप्रसाद) अर्याललाई भेट्न विपक्षी दलका नेताहरू पुगेका छन् । बिहीबार विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका हुन् । विपक्षी दलसँगको सम्बन्ध के हुने भन्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 454 पटक पढिएको
  • रास्वपाको मुख्य सचेतकको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाका मुख्य सचेतकको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई तोकेको छ ।सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले महामन्त्रीसमेत रहेका बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।साथै सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई बनाउने निर्णय भएको रास्वपाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 423 पटक पढिएको
  • लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    काठमाडौं । प्रहरीले लागू औषधसहित विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।सुनसरी बराहक्षेत्र नगरपालिका-३ कालिन्द्र सामुदायिक वनस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६१० ट्याब्लेट र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 260 पटक पढिएको
  • कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द

    मकवानपुर—  हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला  खरिदका बोलपत्र  आव्हान गरिसकेको छ ।करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए।   कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए  ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 459 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.