काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सहभागी भएन।
कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिको निर्वाचनको विषयमा छलफल गर्नको लागि विपक्षी दलको संयुक्त बैठक राखेको हो।
बैठकमा नेकपा एमाले र नेकपाबाट नेताहरू सहभागी थिए। कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले आफूहरूले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलमा बोलाएको बताए।
सत्तारुढ दल रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारीलाई सघाएको थियो। रास्वपाको सहयोगमा रुवीकुमारी उपसभामुख बनेपछि हर्क पछिल्लो समय रास्वपासँग नरम सुनिँदै आएका छन्।
राप्रपा पनि विपक्षी दलको बैठकमा सहभागी भएन्। यता, रास्वपाले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ।




































