काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन् । शनिबार नेकपा (एमाले) गोदावरी नगर कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्व राष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा भएको बताएका हुन् । ‘सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएपछि उनीहरुको सुरक्षाको जिम्मा प्रहरीले लिन्छ, भूतपूर्व प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको सुरक्षा नेपाल प्रहरीले गर्छ तर भूतपूर्व राष्ट्रपति र
चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा कार चालक डा. विप्लव भट्टको मृत्यु भएको हो।शनिबार राती १:३० बजे भरतपुर महानगरपालिका– १० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए।घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो।
झापा— झापाको बिर्तामोड नगरपालिका(२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा एक युवक मृत फेला परेका छन्। बिर्तामोड—३ का ३३ वर्षीय प्रकाश प्रसाईँ शुक्रबार स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए। पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटना
धादिङ— सुक्खा पहिरो खस्दा काठमाडौंसंग जोड्ने सडक अवरुद्ध भएको छ ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट बेनिघाट रोराङ गाउँपालिका—१० तिगरान्ङखानी बादरे मोडमा आज बिहान ६ः ४० बजेतिर सुक्खा पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार २ वटा डोजरको सहयोगमा दुईतर्फी सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।
काठमाडौं— सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वको गौराको रौनक छ । १२ भदौ अर्थात पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्वको आज तेस्रो दिन । ‘ठूली गौरा’ मनाइँदैछ । आजका दिन व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । आजको दिनलाई स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिन्छ । व्रतालु महिलाले आज गौरालाई गौरा घरमा भित्र्याउने चलन छ । व्रतालु महिला एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ ।गौराको मुख्य दिन भने भोलि हो । भोलि अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । गौरा महेश्वरको प
काठमाडौं— संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
चितवन— चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा। विप्लब भट्टको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।राति देशभर साधरणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र
जनकपुर— नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।जनकपुरधाममा महासंघको स्थानीय आन्दोलन परिचालन समितिका संयोजक गौरीशंकर लाल कर्णले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएका हुन् ।महासंघले २०७५, २०७८ र २०८० सालमा आन्दोलनमार्फत क्रमशः ३०, ५१ र ६ बुँदे सहमति गरेको र सोही सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन ल्याउनुपर्ने माग गर्दै २०८१–८२ मा लामो आन्दोलन गरेको जनाएको छ । उक्त आन्दोलनको बलमा २०८२ वैशाख १७ गते मन्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.