बालेन सरकारको ३० दिन, ३० काम —
# १००-बुँदे कार्ययोजना पारित
# कार्की आयोगको कार्यान्वयन गर्दै पूर्व प्रम/पूर्व गृहमन्त्री र पुर्व सिडियो माथी अनुसन्धान सुरु
# एक महिना भित्र एस एल सी रिजल्ट प्रकाशन गर्ने तयारी
# कक्षा ५ सम्मको लागि परिक्षा बन्देज र आन्तरिक मूल्यांकन कार्ययोजना लागु
# विश्वविद्यालयबाट दलीय सङ्गठन खारेजको तयारी
# कक्षा १२ सम्मको लागि सबै खालका ब्रीज कोर्स माथी प्रतिबन्ध
# निजि विद्यालयको मनपरी शुल्कहरू माथीको नियन्त्रण
# विश्वविद्यालयहरूमा स्नातक तहसम्म अध्ययन गर्नका लागि नागरिकताको अनिवार्य नहुने व्यवस्था
# २४ घण्टा भित्र लाइसेन्स छपाईको व्यवस्था
# दिपक भट्ट लगाएत विचौलिया समूह माथी छानविन सुरु
# देशभरका मालपोत, यातायात कार्यालय आदिमा विचौलिया प्रवेश निषेध
# १२ लाख लाइसेन्सको व्याग्लग प्रिन्ट सम्पन्न (प्रक्रियामा सहित)
# घरमै बसेर NOC निकाल्न सकिने व्यवस्था
# म्याग्दी, हेटौडा लगाएत जिल्लामा हुलाक मार्फत सरकारी डकुमेन्टको होम डेलिभरी सुरुवात
# 'अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति' गठन
# देशभरका विद्यालयहरूमा १०% निशुल्क बेडको व्यवस्था र सो को लागि वेव पोर्टल तयार
# ५०० भन्दा बढी बेटीङ्ग साइटहरू माथी प्रतिबन्ध
# Pay As You Go को व्यवस्था सुरु, प्याक सकिएपछि डेटा नकाट्ने व्यवस्था
# सरकारी दरबन्दीमा रहेर पनि काजमा राजधानी बसेका डाक्टरहरूलाई गाउ फिर्ता
# सहकारी पिडितहरूको बचत रकम फिर्ताको लागि प्रक्रिया सुरु
# नतिजामा आधारित शासकीय प्रबन्ध (Delivery-Based Governance) लागू
# सबै दलका घोषणापत्रबाट कार्यान्वयनयोग्य विषयको संश्लेषण गरी 'राष्ट्रिय प्रतिबद्धता' तयार
# संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न कार्यदल गठन
# भदौ २४ को घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन
# सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन सर्वेक्षणको राष्ट्रिय मापदण्ड तर्जुमा
# प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) स्थापना
# पोखरा फेवातालको अतिक्रमण हटाउन सुरु
# विरगंजको सडक फराकिलो बनाउनको लागि १३ वर्ष अघिको फैसला कार्यान्वयन
# थापाथली लगाएतका अतिक्रमित खोला खाली गर्दै सुकुम्बासीहरूको व्यवस्थापन
# भारतसँगको खुला सिमानामा भन्सार कडाइ
सुसाशनका विषयमा सरकारले चलाएको डण्डा र समावेशिताको लागि महिलालाई प्राथमिकता सहित दिएको मन्त्रीपरिषदको गठन इत्यादीमा यो सरकारले लिएका काम र कदमहरू निकै प्रशंसनीय छन् । तपाई कति सन्तुष्ट हुनुहुन्छ यो सरकारको काम प्रति ?






































