घोराही। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोे छ ।
गोदावरी। चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । उहाँ घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।
गोदावरी। चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । उहाँ घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।
घोराही। टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । आज बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले घोराही रोल्पा सहिदमार्गअन्तर्गत बाह्रकुने दह नजिक निजलाई ठक्कर दिएको हो । टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— जेनजी आन्दोलनपछि चुनाव गराउने कार्यादेशसहित गठित अन्तरिम सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका प्रकाश कुमार श्रेष्ठले १०१ दिनको कार्यकाल पूरा गरी पदबाट विदा भएका छन् । श्रेष्ठले आफ्नो कार्यकालमा सम्पादन भएका मुख्य कार्यहरू, र आगामी दिनका लागि आवश्यक सुधारका विषयहरू समेटिएको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी र कार्य अनुभवको अवसर दिएकोमा अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र मन्त्रिपरिषद्लाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।छोटो समय, निर्वाचन आचारसंहिता र कर्मचारीहरूको निर्वाचनमा स
जनकपुर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा शुक्रबार उत्सव मनाइने भएको छ ।बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने तयारी गरेका छन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् ।कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिसवाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्सित छन् ।एकडारा गाउँका बच्चादेखि वृद्धसम्म सबै खुसी छन् । स्थानीय सुशीला देवीका अनुसार आज उनले
काठमाडौं— प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३ बाट विजयी सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्ति भइसकेका बालेन्द्रले सोबितालाई कानुन मन्त्रालयमा लैजाने कुरा पक्का भएको उनको सचिवालयले जनाएको छ।सुरूमा सोबितालाई प्रतिनिधि सभाको सभामुखमा लैजाने चर्चा थियो । तर सभामुखका लागि उनी परिपक्व नभएको भन्दै कानुन मन्त्रालयमा पठाउन लागिएको हो। सोबिता अधिवक्ता पनि हुन् ।सोबितालाई कानुन मन्त्रालयमा पठाएपछि सभामुखमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’लाई पठाइने भएको छ ।कानुन मन्त्रालय सम्हाल्ने गरी तयारी अवस्थामा र
सर्लाही— महोत्तरीमा सडक विस्तारको क्रममा ढलेको रुखले पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएका छन्। नेपाल पत्रकार महासंघ सर्लाही शाखाले यस घटनालाई सडक विभागको लापरवाहीका कारण भएको ठहर गर्दै घाइते पत्रकार दाजुभाइको उपचारको पूर्ण व्यवस्था गर्न जोडदार माग गरेको छ ।महासंघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा घाइते पौडेल दाजुभाइको सम्पूर्ण उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ ।हरिवन नगरपालिका–४ निवासी पौडेल दाजुभाइ बुधबार सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा महोत्तरीको लक्ष्मीनियाँ चोक नजिक पूर्व–पश्चिम लोकमार्गमा दुर्घटनामा परेका थिए। सडक विभागले काट्दै गरेको
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.