समाचार

    Showing 3,921-3,930 of 26,789 items.
  • पीएसजीले ९ गोलको रोमाञ्चक खेलमा बायर्नलाई हरायो

    लन्डन, (एजेन्सी)— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा संघर्षपूर्ण जित हासिल गरेको छ । पेरिसमा घरेलु मैदानमा भएको उक्त खेलमा पीएसजीले पाहुना टोली जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई ५–४ ले हराएको हो ।कूल ९ गोल भएपछि च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोलको सेमिफाइनल खेल भएको कीर्तिमानसमेत निर्धारण भयो ।यो खेलमा पीएसजीले जित निकालेपनि अहिले नै फाइनल पुग्ने संभावना भने छैन । अर्को साता हुने दोस्रो लेगको खेलले मात्रै फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । यो खेलमा दूरी १ गोलकै मात्र भएको हुँदा फुटबल पण्डितहरूले अर्को लेग निकै रोमाञ्चक हुने अनुमान

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 489 पटक पढिएको
  • लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

    काठमाडौं— बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 457 पटक पढिएको
  • व्यवसायी शेखर गोल्छाको मुद्दा आज पनि सुनुवाइ नहुने

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।गोल्छाको रिहाइको रिहाइको माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट कामु न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासमा सुनुवाइको लागि दोस्रो नम्बरमा पेसीमा चढेको थियो । तर उक्त मुद्दा हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।यसअघि बुधबार न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो ।यसअघि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 472 पटक पढिएको
  • रविको मुद्दा फिर्ताविरुद्धको रिट सुनुवाइ गर्न तोकियो पूर्ण इजलास

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट पूर्ण इजलासमा सुनुवाइका लागि आज पेसी तोकिएको छ।सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। यसअघि गत चैत १५ गते न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ पूर्ण इजलासमा गर्न आदेश दिएको थियो।निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 454 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 521 पटक पढिएको
  • बाजुराको स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरा— बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो सङ्ख्यामा बाख्रा मरेका हुन् ।अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले बताए ।प्रहरीले घटनास्थल पुगेर बुझ्दा स्थानीय सज्जन कडा राका ११ वटा बाख्राको मृत्यु र १५ वटा बाख्रा बेपत्ता रहेको र जसबिर रावलका २८ वटाको मृत्यु र २४ वटा बाख्रा बेपत्ता रहेको र मानवीय क्षेती भने नभएको जानकारी दिए ।सोही पालिकाको १ रानी सैन व

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 424 पटक पढिएको
  • हेल्प नेपाल नेटवर्कको परोपकार र मानवीय सेवा यात्रा जारी

    काठमाडौं— नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले गत वर्ष पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनः स्थापनासम्म नेपालका दूर दराजका गाउँघरमा आशा र उज्यालो फैलाउँदै सेवा यात्रा जारी राखेको छ।हेल्प नेपाल नेटवर्कले वि सं २०८२ मा देशका दुर्गम भूभागदेखि सहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल संरक्षण, महिला सशक्तीकरण र आपत्कालीन राहतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको जनाएको छ ।‘जहाँ आवश्यक छ त्यहीँ सेवा’ भन्ने भावनासहित स्थापित हेल्प नेपाल नेटवर्क आज पनि करुणा, सहानुभूति र मानवीय

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 479 पटक पढिएको
  • बागमती गोल्डकपः पहिलो खेल आयोजक र बागमती यूथ क्लबबीच हुँदै

    मकवानपुर— मकवानपुरमा बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज(विहीबार)देखि सुरु हुने भएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती यूथ क्लब भिड्दै छन् । खेल आज दिउँसो ३ः३० बजे बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।प्रतियोगिता अन्तर्गत भोलि वैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृति क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती यूथ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।यस्तै २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 434 पटक पढिएको
  • परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुजमा इरान नझुक्ने, ट्रम्पद्वारा नाकाबन्दीको बचाउ

    तेहरान— इरान र अमेरिकाबिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ । इन्स्टिच्युट फर द स्टडी अफ वारको प्रतिवेदन अनुसार, इरानी रिभोलुसनरी गाड्र्सका प्रमुख जनरल अहमद वाहिदीको कट्टरपन्थी धारणा अहिले तेहरानमा हाबी भएको छ ।इरानले अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी नहटाएसम्म परमाणु मुद्दामा कुनै पनि वार्ता नगर्ने अडान राखेको छ । इरानले ओमानलाई साथमा लिएर स्ट्रेट अफ होर्मुजमा जहाजहरूबाट कर उठाउने र यमनका हुथी विद्रोहीहरूमार्फत बाब एल मन्डेब जलसन्धिमा दबाब सिर्जना गर्ने नयाँ रणनीति अपनाइरहेको विश्लेषण

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 457 पटक पढिएको
  • प्रशासनिक जटिलता हटाउन सरकारको पहल, अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं— प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको दाबी गरेका छन् ।आज सामाजिक सञ्जालमा उनले लेखेका छन,‘सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदम चालेको छ । २०८३ वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू प्रमाणीकरण गर्नु पठाएको हो ।’उनले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै कुनै स्वार्थका लागि नभई नागरिकको हितका लागि भएको बताए ।उनले सार्वजनिक सरोकारका निर्णयहरू निश्चित समयभित्रै सम्पाद

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 435 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.