समाचार

    Showing 3,551-3,560 of 19,100 items.
  • चीनले दियो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

    काठमाडौं— छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् । उनले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको समेत बताएका छन् ।उनले भने‘ कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा चीनले बधाई दिन्छ । चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ ।  चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवद्र्धन गर्न तयार छ । विभिन्न

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 497 पटक पढिएको
  • सुनको मूल्य सात सय रुपैयाँले घट्यो

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 481 पटक पढिएको
  • बौद्धको भाटभटेनी सुपरस्टोरमा जलेका ६ वटा शव फेला

    काठमाडौं— काठमाडौं महानगरपालिका–७ बौद्धमा रहेको भाटभटेनी सुपरस्टोरमा ६ वटा शव भेटिएको छ। पूर्णरूपमा जलेको अवस्थामा शनिबार साँझ ६ वटा मानव कङ्काल भेटिएको प्रहरी वृत्त गौशालाले जनाएको छ। शव कङ्काल अवस्थामा भेटिएकाले उनीहरूको पहिचान खुलेको छैन।शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।जेनजी आन्दोलनका क्रममा गत मंगलबार भाटभटेनी लगायत देशका व्यापारिक क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 460 पटक पढिएको
  • सुमना श्रेष्ठद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता परित्याग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् । सुमना लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट थिइन् ।उनले ग्रुपमा यस्तो लेखेकी छन्:कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 468 पटक पढिएको
  • अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

    काठमाडौं— अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी थिइन् । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 502 पटक पढिएको
  • स्थानीयका लागि अजयखोलामा बनेको पुल वरदान

    बाजुरा— बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयको लागि वरदान सावित बनेको छ । झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयको घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य भएको हो । गाउँपालिकाको समन्वय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय पुर्वाधार विकास कार्यक्रमबाट अजयखोलामा पुल बनेपछी अहिले यहाँका स्थानीय र बिद्यार्थीलाई विद्यालय जान निकै सहज हुँदै आएको छ । यो पुललाई ‘भाईरल पुल’उपनामले पनि चिन्न सकिन्छ । करिब २ सय ६० मिटर लामो झोलुङ्गे पुलले अहिले यहाँका बालबालिकाहरुलाई विद्यालयसम्म जान निकै सहज

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 475 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीले घोषणा

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन् ।उनले फेसबुकमा लेखेका छन,‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न । अब आजबाट म अलग अभियानमा छु । मसँगै मेरो आन्दोलनको भावना बुझ्ने साथिहरुले हातेमालो गर्नुहुन्छ भन्ने आशा राखेको छु । म राजनीतिक व्यक्ति हो म यत्तिकै बस्न सक्दिन, आजै देखि म पार्टी निर्माणमा लाग

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 476 पटक पढिएको
  • बाजुराको दुर्गम गाउँपालिकामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरु

    बाजुरा— बाजुराको दुर्गम हिमाली गाउँपालिकाका गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा गाउँमै पाउँदा खुसी भएका छन् ।गाउँपालिकाले गर्भवती महिलाहरुको सहजताका लागी सुरू गरेको भिडियो एक्सरे सेवाले यहाँका महिलाहरुलाई निकै सहजता प्रदान गरेको हो । गाउँपालिकाको वडा नम्बर ६ को पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलालाई भिडियो एक्सरे र इमपालान्ट राख्ने सेवा सुबिधा गाउँमा पाउँदा त्यहाँका महिला खुसी भएका छन ।सेवा सुरू भए पश्चात अहिले स्वास्थ्य सेवा केन्द्रमा गर्भवती महिलाहरु नियमित चेकजाँचको लागी आउँने गरेको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सबिना मल्लले बताएकी छन् ।अहिले ‎गर्भवती मह

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 414 पटक पढिएको
  • दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ ।राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 454 पटक पढिएको
  • एसिया कपः आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

    काठमाडौं— एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन् । समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 481 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा