काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री राहत कोषलाई अझ व्यापक बनाउँदै त्यसको प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने बताए । उनले राहत व्यवस्थापनमा पारदर्शिता कायम गर्दै सबै पक्षलाई एउटै ‘वान डोर सिस्टम’मार्फत परिचालन गर्नुपर्ने धारणा राखे ।शाहीले अहिलेको विपदमा सबैभन्दा ठूलो समस्या बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धार रहेको बताए । प्रभावित क्षेत्रमा सञ्चार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ। बाढीपछि बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जिल्लाबाट १७७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।बाढीको भेलसँगै बगाएका तथा सम्पर्कविहीन भएका व्यक्तिको खोजी अझै जारी छ। नदीको बहाव र भौगोलिक कठिनाइका कारण कतिपय क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा देखिएको छ, जहाँ ६९ जनाको शव फेला पर
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। बैंकका अनुसार सहयोग रकम बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई राहत सामग्री तथा अस्थायी आवासको व्यवस्था, साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा उपयोग गरिनेछ।भोटेकोशीको बाढीका कारण दर्जन
काठमाडौं / भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि यातायात सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा लेदो थुप्रिएपछि सडक अबरुद्ध भएको र अहिले उक्त लेदो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । उनका अनुसार नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने पृथ्वी राजमार्गको अवस्था प्रभावित भएकाले हाल सवारीसाधन रोकिएको छ । सडक सफा गरी यातायात सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने उनले बताए ।बाढीपछि थानकोट क्षेत्रमा रोकिएका यात्रुलाई
काठमाडौं / नेकपा एमालेका नेता तथा सांसद क्षितिज थेबेले बाढी–पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाको काम नसकिएसम्म क्याम्प खडा गरेर बस्ने बताएका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले राष्ट्रिय युवा संघ नेपाल विपद्का बेला सँधै अग्रभागमा रहेर काम गर्दै आएको भन्दै यसपटक पनि सिङ्गो टिम फिल्डमा परिचालन भएको बताए । ‘राष्ट्रिय युवा संघ नेपालले इतिहासदेखि आजसम्म जहिले पनि विपद्मा एक कदम अगाडि छ र सँधै पनि अग्रभागमा छ । आज पनि हामी फिल्डमा छौँ । राष्ट्रिय युवा संघ नेपालको सिङ्गो टिम नै हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘यो उद्धार, राहत र पुनःस्थ
सुर्खेत / रसुवाको उत्तरी क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका हुम्लाका १० जना सम्पर्कविहीन भएका छन् ।सम्पर्कविहीन हुनेमा आठ पुरुष र दुई महिला रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीका अनुसार हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले बताए ।खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका ३० वर्षीय जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन छन् ।
काठमाडौं / भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी
काठमाडौं / रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।प्रभावित नागरिकलाई तत्काल राहत पु¥याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा र नुवाकोटमा भएको क्षतिपछि एनआरएनएले तत्काल राहत र उद्धार अभियान अघि बढाएको हो। संघले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्नुका साथै आवश्यकताका आधारमा राहत सामग्री वितरण, उद्धार तथा स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ ।एनआरएन
काठमाडौं / प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।निरीक्षणका लागि प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी भएका छन् । उनीहरू आज बिहान ९्ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् । वुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पु¥याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् । बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका न
काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा ठूलो क्षति पु-याएपछि राजनीतिक दलहरू विपद् सामना गर्न एक ठाउँमा उभिएका छन्। सर्वदलीय बैठकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार, हेरचाह र मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा जोड दिएको छ।बैठकले विपद्को समयमा राजनीतिक प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ। दलका नेता तथा कार्यकर्तालाई राहत र उद्धारमा राजनीतिक गतिविधिका रूपमा नभई स्वयंसेवकका रूपमा परिचालन गर्ने सहमति भएको छ। त्यसैगरी राहतका नाममा जथाभावी रकम उठाउन नदिने र आर्थिक सहयोग सरका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.