समाचार

    Showing 3,261-3,270 of 19,097 items.
  • धारिलो हतियार प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

    झापा— झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा गएराति एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा खुकुरी र अन्य धारिला हतियार प्रयोग गरी मारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका प्रेमकुमार राई र रामकुमार राईलाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट खुकुरी र बसिला समेत बरामद गरिएको जानकारी दिइएको छ।हत्या घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थलको परीक्षण तथा प्रमाण संकलनको काम अघि बढाएको छ।प्रहरीले मृतकको कानुनी प्रक्

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 445 पटक पढिएको
  • गर्मी छल्न बबई नदीमा नुहाउन गएका दुई किशोरी बेपत्ता, खाजी कार्य जारी

    बर्दिया— बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीका दुई किशोरी बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। गर्मी छल्न भन्दै सोमबार दिउँसो नदीमा गएकी १२ वर्षीया निशानी थापा र उनकै उमेरकी दुर्गा शाही डुबेर हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी देवेन्द्र मल्लका अनुसार छ जना साथीहरू नुहाउन गएका थिए। त्यही क्रममा पहिलो पटक निशानी थापा डुब्न थालिन्। उनलाई जोगाउन दुर्गा शाही नदीमा पसेकी थिइन्। तर, गहिरो भागमा पुगेकाले दुबै जना बेपत्ता बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।“डुब्ने घटना भएपछि अन्य साथीहरूले चिच्याएपछि स्थानीय र प

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 431 पटक पढिएको
  • आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 515 पटक पढिएको
  • पाण्डे भन्छन जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो

    काठमाडौं— नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष  विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले  कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए ।‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 463 पटक पढिएको
  • गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यकः अध्यक्ष चौधरी

    काठमाडौं— नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो  विषयका कार्यक्रममा बोल्दै  अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।उनले दसैं, तिहारलगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरवदल गर्न आग्रह गरे । राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।  राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 492 पटक पढिएको
  • सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

    सिराहा— सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ । चार दिनदेखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो । शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो ।प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले घटनालाई अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताएका छन् । उ

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 415 पटक पढिएको
  • जेनजी आन्दोलनले सबैजना डराउने अवस्था सिर्जना भयोः निवर्तमान अध्यक्ष मल्ल

    काठमाडौं— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनपछि देशमा सबैलाई डराउने अवस्था सिर्जना भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालको प्रमुख चुनौती शान्ति सुरक्षा रहेको बताएका हुन् ।मल्लले सरकारले व्यवसायीलाई नडराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले वार्षिक करिब ३ लाख जनसंख्या घट्ने तथ्याङ्क प्रस्तुत गर्दै स्टार्टअप प्रवद्र्धन र स्वदेशमै रोजगारी सिर्जनामा सरकारले ध्यान दिनुपर्ने बताए ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 439 पटक पढिएको
  • चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

    चितवन— जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो । “भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सु

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 476 पटक पढिएको
  • विजयादशमीमा चुरेमाई मन्दिरमा भक्तजनको चहलपहल कम

    मकवानपुर— विजयादशमीको अवसरमा मकवानपुर र बाराको सिमानामा अवस्थित चुरेमाई मन्दिरमा यस वर्ष भक्तजनको भीड कम देखिएको छ । प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यसपटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।समितिका अनुसार विगतका वर्षहरूमा हजारौँ भक्तजनको उपस्थितिमा पूजाआजाका कार्यक्रम हुने चुरेमाई मन्दिरमा यस वर्ष अपेक्षाकृत कम मात्र श्रद्धालु पुगेका छन् । समितिले यसपटकको कम उपस्थिति विभिन्न कारणहरूले प्रभावित भएको हुनसक्ने जनाएको छ ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 465 पटक पढिएको
  • सिरहामा एक युबकको अपहरण गरि हत्या

    सिराहा  ।  सिरहाको गोलबजारमा अपहरण गरि एक युबकको अपहरण गरि हत्या गरेका छ।  अपहरणकारिले युबकलाइ अपहरण गरि पाँच करोड फिरौती माग गरेका थिए । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ भेल्हा डंगराहाका एक युबकको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा शव फेला परेका छ्न ।संजय सिंहका छोरा अ.वर्ष -१५ का अभिषेक सिंहको हत्या गरेर उनकै आफ्नतको आँप गाछिमा फालेका हुन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 270 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा