समाचार

    Showing 3,191-3,200 of 26,789 items.
  • समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

    काठमाडौं— सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो ।समितिका अनुसार बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।यस अघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारी ७ जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ता

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 486 पटक पढिएको
  • ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ ।रिपोर्टअनुसार, उक्त वार्तामा अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दामा सहमति खोज्ने नयाँ कूटनीतिक पहलबारे छलफल भएको थियो । यस पहलमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टलगायत देशहरू मध्यस्थकर्ताका रूपमा संलग्न रहेका छन् । वार्तापछि प्रधानमन्त्री नेतन्याहू निकै असन्तुष्ट भएको र उनी अत्यन्त आक्रोशित भएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।अमेरिका र इरानबीचको प्

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 551 पटक पढिएको
  • सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एक जना चिकित्सक पक्राउ

    सर्लाही— पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा। गुणेश्वर झा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो ।पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे समाचार तयार गरेका थिए ।समाचार सार्वजनिक भएपछि डा.झाले समाचार हटाउन दबाब दिने, फोन तथा सामाजिक सञ्जालमार्फ

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 510 पटक पढिएको
  • बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

    काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च रहने प्रारम्भिक अनुमान गरिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धि सबैभन्दा न्यून रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’ सम्बन्धी प्रेस नोटअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत पुग्ने अनुमान गरिएको हो ।कार्यालयका अनुसार गण्डकी प्रदेश ५ दशमलव शून्य १ प्रतिशत आर्थिक वृद्धिदरसहित दोस्रो स्थानमा रहनेछ । सबैभन्दा कम आर्थिक वृद्धि मधेश प्रदेशमा हुने अनुमान गरिएको छ । मधेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशत मात्रै रहने तथ्यांकमा उ

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 437 पटक पढिएको
  • सुदूरपश्चिमको अर्थतन्त्रमा अझै कृषिकै दबदबा, औद्योगिक विस्तार कमजोर

    काठमाडौं— सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको निर्भरता अझै उच्च रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को प्रारम्भिक अनुमानअनुसार प्रदेशको कुल अर्थतन्त्रमध्ये एकतिहाइभन्दा बढी हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रले ओगट्ने भएको छ ।कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमध्ये कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान मात्रै ३३ दशमलव ४३ प्रतिशत रहनेछ । सेवा क्षेत्रको हिस्सा ५२ दशमलव ७ प्रतिशत भए पनि औद्योगिक तथा उत्पादनम

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 436 पटक पढिएको
  • गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

    काठमाडौं— गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ ।बिहीवार सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारि गर्दै महाप्रबन्धक पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्न दरखास्त आह्वान गरेको जनाएको छ ।प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले यहि जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन् । उम्मेदवारका लागि आवश्यक योग्यता, दरखास्त फाराम, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।मन्त्रालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सम्बन्धित सबैलाई

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 501 पटक पढिएको
  • तिन वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ ।अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।आज बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा आ.ब. २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ । यसैगरी, बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्ने भएको छ ।बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हु

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 477 पटक पढिएको
  • कर्णालीको अर्थतन्त्र दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान

    सुर्खेत— राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार कर्णाली प्रदेशको अर्थतन्त्र करिब दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान गरिएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा २.९४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको योगदान ५.२५ प्रतिशत रहेने संशोधित अनुमान थियो ।तथ्यांक समन्वय कार्यालय सुर्खेतका सहायक तथ्यांक अधिकृत विनोद आचार्यले कृषि, पर्यटन, जलविद्युत् तथा सेवा क्षेत्रको विस्तारसँगै कर्णालीको आर्थिक गतिविधिमा सुधार देखिएकाले जीडीपी व

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 457 पटक पढिएको
  • लागूऔषध पोलेनसहित दुई जना पक्राउ

    काठमाडौं— लागूऔषध पोलेनसहित दुई जना पक्राउ परेका छन् ।गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 501 पटक पढिएको
  • स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

    विराटनगर— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् ।सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रभावकारी सेवा प्रवाह, सुशासन र विकास निर्माणमा सक्रिय हुनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यताअनुसार काम गर्दै जनविश्वास कायम राख्न स्थानीय तहहरू दत्तचित्त भएर लाग्नुपर्ने उनको

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 448 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.