काठमाडौं— बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोका कारणले अवरुद्ध भएका केही सडक सञ्चालनमा आइसकेका छन् । तर अझै पनि केही सडक खुल्न सकेका छैनन् । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।पृथ्वी राजमार्गको घोप्टेभिर र जवाङ खोला पहिरो हटाई यातायात सुचारु गरेको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको हो । गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो । त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ । तुइन खोलामा आज पनि पहिरो पन्छाउने क्रम
काठमाडौं— दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी “रगासा” ले व्यापक असर पु¥याएको छ । बुधबार दिउँसो दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा आएको यस आँधीबेहरीले भीषण हावा र मुसलधारे वर्षा गराएको छ । यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।ग्वाङ्डोङ प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले आँधी आउनुअघि नै पूर्वतयारी स्वरूप करीब १० लाखभन्दा बढी जनतालाई सुरक्षित स्थानमा सारेको छ । साथै, तटीय क्षेत्रमा नियन्त्रणात्मक उपायहरू
ललितपुर— तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ललितपुरको जावलाखेलमा गोदावरी पुष्प प्रदर्शनी आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुने ‘१८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८२’ यही असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ।फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुसार पाँच दिनसम्म चल्ने प्रदर्शनी जावलाखेलस्थित खेल मैदानमा बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म खुला रहनेछ।प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल, ३ वटा सूचनामूलक, १ प्रतिस्पर्धात्मक स्टल र १ सेल्फी स्टलसहित कुल ८५ वटा
काठमाडौं— इष्टर्न हाईड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लक–इन अवधि आगामी कात्तिक महिनामा समाप्त हुने भएको छ । यसमा संस्थापक समूहका ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता शेयर समावेश छन ।कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरुका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कारवाही गर्ने भएतापनि सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन नभएको भन्दै उक्त आशंका व्यक्त गरेका हुन् । उनले लेखेका छन्,जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कार्वाही गर्ने हो तर सुशीला कार्की सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन भएन । के आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?’
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्।सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।
काठमाडौं— साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गो
काठमाडौं— मन्त्रिपरिषद्को बैठक आज (बिहीबार ) बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ ।मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट अलग्गीएर बनेका दलहरुका केन्द्रीय नेताहरुले पार्टी एकताको लागि पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका छन् ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरुले संयुक्त अपिल जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ बैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्न नेतृत्वसँग माग गरेका छन् ।अपिलमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.