काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज केही जिल्लामा भारी वर्षा समेत भएको छ । आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशक
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ । कामपाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षासहित १५४ जना तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति सङ्ख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो नतिजा होइन । सत्रबाट कतिवटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।” स्थानीय सरकारमा न्यायिक निरुपणको गहन जिम्मेवारी भएको उल्लेख गर्दै वडा तहबाटै विवाद समाधान गराउने लक्ष्य पूरा गर्न वडा कार्यालयहरूमा मेलमि
कास्की। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो ।अनुगमन समितिका संयोजकसमेत रहनुभएका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थपन मापदण्ड, २०७७ बमोजिम निर्णय गरिएको बताउनुभयो । “बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत
काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रमा राज्यले अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन् ।बिहीबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आत्मआलोचनासहित राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन नसकिएको बताए । उनले सीमित स्रोत र साधनकाबीच भए पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउने प्रयास जारी रहने प्रतिबद्धता जनाए ।उनले भने, ‘राज्यले आत्मआलोचनाबाट जति खेलाडीहरूको लागि गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । खेलकुद क्षेत्रला
काठमाडौं— राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ ।महासंघका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित भएको संकल्प प्रश्तावलाई वर्तमान सरकारसंग तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।आफूहरुले विगत लामो समयदेखि शहरी खानेपानी क्षेत्रको सुधारका लागि पहल गर्दै आएको जनाउँदै भने, ‘खानेपानी क्षेत्रमा लगाइँदै आएको २५ प्रतिशत आयकर छुट गर्नेलगायतका विषयमा सरकार गम
काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको ’होल्डिङ सेन्टर’ बाट हटाएर आश्रममा सारिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।बिहीबार सिंहदरबारमा बसेको ’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ’सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को संयुक्त बैठकमा उक्त होल्डिङ सेन्टरको अनुगमनपछिको समीक्षा गर्दै समितिका पदाधिकारीहरूले सरकारको कदमलाई ’अमानवीय’ भन्दै कडा आलोचना गरेका हुन्।बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्ती राईले भूमिहीनहरूलाई होटेल र त्यसपछि आश्रममा सारिनु झन् जटिल समस्या भएको बताइन्। उनले भनिन्, ‘वैक
काठमाडौं— प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदहरूको अवरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।आजको बैठकमा पनि प्रधानमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री
एजेन्सी— अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्वसैनिक र उनीहरूका समर्थकले वासिङटन डीसीमा रहेको अमेरिकी संसद् भवनबाहिर प्रदर्शन गरे।विरोध प्रदर्शनमा ठुलो संख्यामा पूर्वसैनिक र युद्धविरोधी कार्यकर्ता सहभागी भएका थिए।सो प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरू ट्यामी डकवर्थ र टिम केन पनि उपस्थित थिए।हालैका दिनमा अमेरिकी कंग्रेस र पूर्वसैनिक समूहभित्र ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढेको छ।
काठमाडौं— प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।बैठकमा समय लिएर उनले भने, “बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ, उहाँको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”बझाङको सुर्मा गाउँपालिका-१ का बोहरा केही दिन अघि सोही गाउँपालिकाको पाँच हजार मिटर माथिको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका थिए । उनी आज लेक ला
काठमाडौं— स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर र ‘कालो प्लेट’ प्रणालीमा चलखेल भएको आरोप लगाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको बताए । उनले ट्याक्सी चालकहरूले परिवार पाल्नका लागि ट्याक्सी व्यवसाय गरिरहेको उल्लेख गर्दै सरकारले ट्याक्सी खरिदमा २५० देखि ३०० प्रतिशतसम्म कर लगाएको दाबी गरे ।उनले भने, ‘म ट्याक्सी चालकहरुको कुरा राख्न चाहन्छु । जसले ट्याक्सी चलाइरहेको छ उनीहरु भनेको श्रमिक नै हो । उनीहरुले आफ्नो परिवार पाल्न ट्या
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.