समाचार

    Showing 2,991-3,000 of 19,082 items.
  • आज २०८२ साल असोज १७ गते शुक्रबारको राशिफल

    मेष - परिवारको सहयोग प्राप्त हुने तथा शैक्षिक क्षेत्रमा प्रगति गर्ने समय छ। परीक्षा शुभ परिणाम ल्याउने सम्भावना प्रबल छ। आन्तरिक लगानी लाभदायी रहनेछ, तर विदेश यात्रा वा त्यहाँको लगानीमा सावधानी अपनाउनु हितकर हुनेछ।वृष - सामाजिक क्षेत्रमा सफलता पाउने तथा सेवामुखी कार्यमा अवसर प्राप्त हुने दिन हो। पारिवारिक प्रेम–सम्बन्ध प्रगाढ बन्नेछन्। विदेशप्रतिको आकर्षण बढे पनि साथीसँगको सहकार्यबाट ठोस लाभ मिल्नेछ।मिथुन - मन केही चञ्चल भए पनि सोच विचार गरी बोल्दा फाइदा हुनेछ। ठूला काम वा नयाँ सुरुवात घरपरिवारसँग परामर्श गरेर गर्दा सफल हुनेछ। प्रेम जीवनमा सन्तुष्टि र आत्मीयता अनुभव हुनेछ।कर्कट

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 422 पटक पढिएको
  • कुमारी आर्यतारा शाक्यद्वारा सर्वसाधारणलाई विजयादशमीको टीका

    काठमाडौं— विजयादशमीको अवसरमा कुमारी आर्यतारा शाक्यले आज सर्वसाधारणलाई टीका र जमरा लगाइदिएकी छन्। ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार हरेक वर्ष विजयादशमीका दिन कुमारीले टीका दिनु विशेष रूपमा मानिन्छ।बिहानैदेखि कुमारीगृहमा श्रद्धालुहरूको भीड लागेको थियो। विभिन्न उमेर समूहका महिला, पुरुष, बालबालिकाहरू कुमारीबाट टीका र आशीर्वाद लिन आएका थिए।कुमारी आर्यताराले रातो टीका, जमरा र प्रसाद दिँदै आशीर्वाद स्वरूप शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्।कुमारीगृहका अनुसार आज विशेष रूपमा आम नागरिकलाई टीका लगाइने कार्यक्रम तय गरिएको थियो। 'हामीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणलाई दर्शन र टीका दि

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 474 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरू, दसैंमा टीका नलगाउने अठोट

    काठमाडौं— यस वर्षको दसैं प्रधानमन्त्री सुशीला कार्कीका लागि उत्सव होइन, सम्झनाको अवसर बन्यो। राज्यको उपेक्षा विरुद्ध उठेको जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूका परिवारलाई भेट्दै उनले दसैंमा टीका नलगाउने अठोट पुनः दोहोर्याइन्।आज विहानैदेखि प्रधानमन्त्री कार्की राजधानीका विभिन्न स्थानमा रहेका मृतकका परिवारसँग व्यक्तिगत रूपमा भेटघाट गर्न निस्किइन्।सबैभन्दा पहिला उनले बागलुङका सौरन किशोर श्रेष्ठका परिवारलाई वनस्थलीस्थित घरमा पुगेर भेटिन्। प्रधानमन्त्रीले शोकाकुल परिवारसँग केहीबेर समय बिताइन्, चुपचाप सुनेर, कहिलेकाहीं समवेदना जनाउँदै।त्यसपछि उनी नागर्जुन–३ की कान्छी नगरकोटीको घर पुगिन्। त्यहाँ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 452 पटक पढिएको
  • मुख्यमन्त्री कार्की भन्छन बडादशैँले राष्ट्रिय एकतालाई सबल बनाउनेछ

    बिराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  मुख्यमन्त्री कार्कीले बिहीबार विजयादशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।मुख्यमन्त्री कार्कीले मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 498 पटक पढिएको
  • काठमाडौं उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरुको संख्या बढ्दो

    काठमाडौं— हिन्दुहरुको महान पर्व वडादशैंको मुख्य दिन आज(विहीबार) साइतको टीका सकिएपछि सडकहरुमा मानिसहरुको चहलपहल देखिन थालेको छ ।काठमाडौं उपत्यका नजिकका जिल्लाबाट काठमाडौं फर्किने र टीका एव आशिर्वाद लिन हिडडुल गर्ने मानिसहरुको चाप बढेको छ । तीन दिनयता सुनसान देखिएका काठमाडौंका सडकमा मानिसहरुको उपस्थिति देखिन थालेको हो । सडकहरूमा सवारी चाप बढेको छ । सडकमा हिँड्डुल गर्ने मानिसहरुको संख्या पनि बढेको छ ।  विशेषगरी काठमाडौंको कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्ज साथै भित्रि सडकहरुमा पनि मानिसहरुको भीड बढ्दै गएको छ ।बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रू

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 439 पटक पढिएको
  • शर्मा नेतृत्वको समितिले एनआरएनए एकताका लागि सुरु गर्यो वार्ता

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।गत  मे ३–४  मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५–२७ कार्यकालका  लागि  निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न  लागि वार्ता सुरु गरेको हो। राजेन्द्रकुमार (आरके)शर्माको  संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो ।समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली रहेका छन् ।समितिको पहिलो बैठकले एकताको प्रयासलाई

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 431 पटक पढिएको
  • दशैंको समयमा मौसम विग्रियो, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं— वडादशैंको मुख्य दिन आज देशभरका अधिकांश स्थानको मौसम प्रतिकुल छ । कतिपय स्थानमा वर्षा भएकाले दशैं हिले बनेको छ ।जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश,  प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार बंगालको खाडीमा विकसित भएको

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 465 पटक पढिएको
  • बीपी राजमार्गमा राति गाडी चलाउन रोक

    काठमाण्डौ  ।  भारी वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । जिप्रका काभ्रेले २०८२ असोज १६ गते जारी गरेको सूचना अनुसार असोज १६ गते देखि असोज २१ गते सम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ। यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ ।बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अप

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 186 पटक पढिएको
  • प्रधानमन्त्री कार्की जेनजी आन्दोलनमा मृत्यु भएका परिवार भेट्दै, राष्ट्रपति पौडेल टीका लगाउनमा ब्यस्त

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन्।प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ।राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 235 पटक पढिएको
  • झापामा बस दुर्घटना हुदा २ को मृत्यु १३ जना घाइते

    बिर्तामोड । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।बिहीबार बिहान ९:३० बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा २ जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा १३ जना घाइते भएका छन्।ज्यान गुमाउनेमा सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन्।घाइते हुनेमा इटहरी–११ का गुलसनराज शर्मा, उनकी श्रीमती ३६ अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र बिनु शर्मा छ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 251 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा