समाचार

    Showing 2,631-2,640 of 19,052 items.
  • नौ वर्षमा पनि बनेन चिस्यानगृह

    पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ ।आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण छ ।आफ

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 168 पटक पढिएको
  • धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

    धादिङ— धादिङको गल्छी गाउँपालिका–७, भल्टारमा बस र टिपर एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। पृथ्वी लोकमार्गमा शुक्रबार बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका हुन्।नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लुप. ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एकआपसमा ठोक्किएका थिए।दुर्घटनापछि घाइतेहरूको उद्धार गरी स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेका छन् ।प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 432 पटक पढिएको
  • हमासले छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी

    काठमाडौँ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन।इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन्।अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 208 पटक पढिएको
  • सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    ढोरपाटन (बागलुङ), २४ असोज : अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगे

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 92 पटक पढिएको
  • ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

    खोटाङ, २४ असोज : जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा अर्थाभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारीसाधन भरिभराउ हँु

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 292 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ।बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ। समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ। पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 477 पटक पढिएको
  • मनुसमारा नदीमा डुबेर युवकको मृत्यु

    सर्लाही— सर्लाहीको मनुसमारा नदीमा डुबेर एक युवकको ज्यान गएको छ। बलरा नगरपालिका–१०, सुदामाका २८ वर्षीय हरि शङ्कर चौधरी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।चौधरीको शव मनुसमारा नदीमा डुबेको अवस्थामा भेटिएपछि प्रहरीले उद्दार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।मृतक चौधरी कुन अवस्थामा नदीमा पुगेका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 427 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा २२० किलो लागूऔषध गाँजा बरामद

    सिरहा— सशस्त्र प्रहरीले सिरहाको बलान खोलानजिकबाट २२० किलो लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको भागवनपुर गाउँपालिका–२ अन्तर्गत कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।सशस्त्र प्रहरी बल गुल्म इनर्वाबाट खटिएको टोलीले गएराति गस्तीका क्रममा बलान खोलानजिकको झाडी क्षेत्रबाट नौवटा बोरामा लुकाइएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईले जानकारी दिए।बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।अवैध लागूऔषध कारोबारविरुद्ध सशस्त्र प्रहरीको नियमित निगरानी र गस्ती कार्यक्रम अन्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 498 पटक पढिएको
  • ड्युटीमा रहेका वरिष्ठ सईसहित १४ जना जुवाडे पक्राउ, १३ लाखभन्दा बढी रुपैयाँ बरामद

    बाँके— बाँके प्रहरीले जुवाको अभियोगमा वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) सहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई शाही समेत रहेका छन्। उनी बिदामा नभई ड्युटीमै रहेका बेला जुवाको खालबाट पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार, नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा नेपालगन्ज–४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना लगायत विज्ञान श्रेष्ठ,

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 471 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि

    काठमाडौं— नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुनेछ । यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेको  पार्टीका केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारील

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 385 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा