समाचार

    Showing 2,611-2,620 of 26,789 items.
  • दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा नागढुङ्गा—सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुने कार्यसूची रहेको छ ।  यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 373 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि आ।व। २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् ।व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनम

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 383 पटक पढिएको
  • रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।आज (सोमबार) बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।आजको बौठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न हुने महामन्त्री बुर्लाकोटीले बताए ।बैठकमा संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 436 पटक पढिएको
  • यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपै

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 410 पटक पढिएको
  • आजको मौसमः तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत ब

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 429 पटक पढिएको
  • सीमा विवाद, सत्ता–संघर्ष र बदलिँदो भू–राजनीति : नेपालको राजनीतिले अब कुन बाटो लिन्छ ?

    देवेन्द्र किशोर:  नेपाल–भारत सीमा विवाद, विशेषतः लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित विषय पुनः राष्ट्रिय तथा क्षेत्रीय राजनीतिक बहसको केन्द्रमा रहेको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर नेपालले नेपालले बेलायतको मध्यस्थता खोजेको नभई ऐतिहासिक दस्तावेजहरूको अध्ययनका लागि सहयोगको सम्भावना मात्र उठाइएको स्पष्ट पारेपछि केही समयदेखि चर्किएको कूटनीतिक विवादले नयाँ बाटो लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको भनाइलाई लिएर भारतीय पक्षले चासो व्यक्त गर्नु र त्यसबारे दुई देशबीच औपचारिक तथा अनौपचारिक तहमा छलफल हुनु आफैंमा बदलिँदो दक्षिण एशियाली शक्ति सन्त

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 389 पटक पढिएको
  • पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन

    कपिलवस्तु— कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताको आइतबार बिहान निधन भएको छ।हृदयघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएका गुप्ताको उपचारकै क्रममा निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताएका छन्।८० वर्षभन्दा बढी उमेरका गुप्ता लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न थिए। उनले २०३९ सालदेखि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका थिए भने एमालेको तर्फबाट नौ पटक उम्मेदवार बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी हुँदै सांसद बनेका थिए।परिवारका अनुसार उनको

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 470 पटक पढिएको
  • जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो सभामुख

    काठमाडौं । सभामुख डोल प्रसाद डीपी अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलनमा जनताले विश्वास गरेर हामीलाई प्रतिनिधित्वको जिम्मेवारी दिएको वताउँदै उनले जनताको विश्वासमा आघात नपुग्ने गरी काम गर्नुपर्ने बताए ।  उनले भने, ‘जनताले विश्वास गरेर प्रतिनिधित्वको जिम्मेवारी दिएका छन् । जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो ।’सभामुख अर्यालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदानप्रदान तथा सहकार्य

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 325 पटक पढिएको
  • हुण्डी कारोबारको आशंकामा १९ लाख ५२ हजार रुपैयाँसहित एक पक्राउ

    काठमाडौं— अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–६, धुन्चे बजारस्थित पासाङ ल्हामु राजमार्गमा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो जाँच गर्ने क्रममा रसुवा गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङको साथबाट ठूलो परिमाणमा नगद बरामद गरेको हो।प्रहरी निरीक्षक राजु शाहका अनुसार गुरुङले बोकेको झोलाभित्र १ हजार, ५०० र १०० दरका नोट गरी कुल १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको थियो। रकमको स्रोत पुष्टि गर्न नसक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 558 पटक पढिएको
  • कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा स्वास्थ्य सेवामा विशेष छुट

    काठमाडौं— कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रालि., ग्वार्को–ललितपुरबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।सम्झौताअनुसार कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता र अन्य योग्य ग्राहकले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त छुटमा बाह्य तथा भित्री बिरामी सेवा, आकस्मिक उपचार सेवा र औषधि खरिदसमेत समावेश गरिएको छ।कुमारी बैंकले विगत २५ वर्षदेखि देशभर बैंकिङ सेवा विस्तार गर्दै आएको छ। हाल बैंकले २८६ शाखा, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 482 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.