समाचार

    Showing 2,611-2,620 of 19,052 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 144 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९३ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 168 पटक पढिएको
  • आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल

    मेष - पारिवारिक मेलमिलापका क्षण सुदृढ हुनेछन्। आय–आर्जन सामान्य रहे पनि अध्ययन–शिक्षामा उल्लेखनीय प्रगति सम्भावित छ। वृष - आत्मविश्वास उच्च रहनेछ। अवरुद्ध कामहरू पूरा हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफल परिणाम प्राप्त हुने सम्भावना बलियो छ।मिथुन - स्वास्थ्यमा कमजोरी आउन सक्छ। खर्च बढ्ने देखिन्छ। अनावश्यक विवाद र तनावबाट सचेत रहनु आवश्यक छ।कर्कट - आय–आर्जन वृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। स्वास्थ्य पक्ष बलियो रहनेछ।सिंह - अवरुद्ध कामहरू अघि बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। मानसिक तनाव कम भई आत्मविश्वासमा वृद्धि हुनेछ। कन्या - सामाज

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 280 पटक पढिएको
  • नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा युवकको हत्या गरेको खुलासा

    काठमाडौं— जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ।राप्ती गाउँपालिका–१ दाङका मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई असोज १३ गते ठमेलस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेका थिए। खुकुरी हानेपछि घाइते तामाङको उपचारका क्रममा असोज १४ गते वीर अस्पतालमा मृत्यु भएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ।नख्खुबाट फरार आकाशले अर्को अपराध गरेपछि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। उक्त घटनामा अन्यको पनि संलग्नता हुनसक्ने आशंकामा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।अर्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 473 पटक पढिएको
  • नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश

    काठमाण्डौ— आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो ।प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।जापानले प्रस्तुत गरेको एक सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ शेखल

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 671 पटक पढिएको
  • घूस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षक र जवान विरुद्ध मुद्दा

    काठमाण्डौ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।दुवै जना रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत थिए ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 489 पटक पढिएको
  • मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

    गोरखा, २४ असोजः यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन् । ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल रु १९ करोड राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये झन्डै रु १६ करोड मनास्लुबाटै सङ्कलन भएको छ । कुल ८०२ आरोहीमध्य ३७४ आरोह

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 128 पटक पढिएको
  • करिब ३४ लाख बराबरका अवैध सामान बरामद

    हेटौंडा— मकवानपुर प्रहरीले करिब ३४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ। अवैध सामान बोकेको सवारीलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च ९०२३ नम्बरको गाडीमा चेकजाँच गर्दा करिब १४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा भेटिएका छन्।त्यसैगरी सोही गाडीबाट झन्डै २० लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटकाजन्य पदार्थ पनि बरामद गरिएको प्रहरीको भनाइ छ।प्रहरीले गाडीमा सवार रहेका रौतहटको बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदी

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 481 पटक पढिएको
  • बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने

    काभ्रेपलाञ्चोक, २४ असोजः गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ ।  आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ ।  “ट्र्याक खोलिसकेपछि पुनः एकप

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 448 पटक पढिएको
  • टिकटक बनाउन खोलामा हाम फालेका युवक मृत भेटिए

    काठमाडौं— टिकटक भिडियो बनाउन खोलामा हाम फालेका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको हो।लगातार परेको अविरल वर्षाका कारण बाराको दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गोसाइँ असोज १९ गते आइतबार बिहान ८स् ३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। उनको सशस्त्र प्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 462 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा