महेन्द्रनगर / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।“हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक संरक्षण अधिकृत चौधरीले भने, “राति घाइते बाघको मृत्यु भयो ।” मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ । “शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ”, उनले भने, “अहिले हामी अनुसन्धान गर्र्दैछौँ ।”उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ
बिराटनगर / नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको नवनिर्मित भवन आज उद्घाटन गरिएको छ । सो भवन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्क्तरुपमा उद्घाटन गरेका छन् । सो अवसरमा प्रदेश समितिले प्रकाशित गरेको ‘मेरो पत्रकारिता’ पुस्तकको पनि विमोचन गरियो ।भवन बनाउन विराटनगर महानगरपालिकाले वडा नं ५ स्थित एक करोड रुपैयाँ भन्दा बढी मूल्यको जग्गा निःशुल्क उलब्ध गराएको थियो । भवन निर्माण गर्न प्रदेश सरकारले ७६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । व्यापारिक उद्
काठमाडौँ / रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् । सो अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै ५० हजार रुपैयाँ राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो । ‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेप
भोजपुर / भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिएका छन् । उनि भन्छन्, “माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ । त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला प¥यो । नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ । शव परीक्षण
खोटाङ / वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट बनेका वडा सदस्य जयकुमार तामाङसहित स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेर विरोध शुरु गरेपछि अन्ततः खानेपानी योजना फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको हो । बिस्कामखोला मुहान भएको खानेपानी योजना सञ्चालन तथा बादेल–बिस्काम सडक उपभोक्ता समिति गठनको विषयमा चुलिएको विवाद हल गर्न
काठमाडौँ / फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन् । विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो ।विभागका प्रमुख हरिकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भन्नुभएको छ, “स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, ने
मुस्ताङ/ मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो ।प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले ज
बिर्तामोड (रासस) पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत् विकास विभागका इञ्जीनियर रवि नेपालले जानकारी दिएका छन् । उनका अनुसार अहिले वातावरणीय प्रभाव मूल्य
काठमाडौँ / जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । देशका अधिकांश जिल्लाका धेरै स्थानमा लाग
कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका–३ ९साविक मौवाहा गाविस–६० का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो । सप्तरीको साविक मौवाहा गाविस–६(हाल बलानबिहुल गाउँपालिका–३) बस्ने तेलीसमेतले विसं २०५७ साउन ३ गते राति करिब १२ बजेको समयमा दशरथ साहको हत्या गरेका थिए । पिसाब फेर्न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.