समाचार

    Showing 25,881-25,890 of 26,068 items.
  • नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित

    बिर्तामोड /  नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका हुन् ।अध्यक्षका प्रत्यासी प्रधानमन्त्री केपी शर्मा ओली निकट  प्रेस चौतारी नेपालका विशाल नेम्वाङ पराजित भएका छन् । अध्यक्ष निर्वाचित गिरीले १५५ मत, प्रत्यासी नेम्वाङले ७४ र त्यस्तै नेकपा एमाले माधव नेपाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत मात्र पाएका थिए ।उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् ।संयुक्त प्यानलबाट महिला

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 64 पटक पढिएको
  • फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

    पर्वत / पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले गते पुसमा निर्णय गरेको थियो । नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त निर्णयलाई रोक्का गर्न आदेश दिएको हो । नगर प्रमुखसहितको बैठकले स्थान परिवर्त

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 71 पटक पढिएको
  • प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

    तनहुँ / एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ ।  जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि विद्युत्को टावर निर्माण गर्नुपर्ने भएकाले विभिन्न स्थानमा गरी आयोजनाले साढे तेइस रोपनी जग्गा अधिग्रहण गरेको थियो । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई भरतपुरको सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण लाइनसम्म जोड्नका लागि आयोजनाले जग्गा अधिग्रहण गरेको  आयोजनाका सहायक निर्देशक भोला

    • प्रकाशित मितिः चैत २६, २०७७
    • 48 पटक पढिएको
  • मानवअधिकारका घटनालाई लिएर वार्षिक प्रतिवेदन सार्वजनिक

    काठमाडौं  / एमनेस्टी इन्टरनेसनलले सन् २०२० मा भएका मानवअधिकारका घटनालाई लिएर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उल्लंघनका केही गम्भीर घटनालाई उजागर गरिएको छ ।१४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर तयार पारिएको प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रता लगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्त विपरीत काम गरेको छ ।एम्नेस्टी इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा ‘शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरी हिरासतमा

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 61 पटक पढिएको
  • देशैभर पत्रकार महासंघको चुनाव, १३ हजार १ सय ८० मतदाता

    काठमाडौं / नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार देशैभरि मतदान भएको छ । महासंघको केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बुधबार मतदान भएको हो ।मतदानका लागि देशभरका १३ हजार १ सय ८० पत्रकारहरुको नामावली प्रकाशन गरिएको हो । पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धी छन् ।आगामी तीन वर्षे कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा केन्द्रका नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर, एमाले निकट प्रेस चौतारीको नेपाल खनाल पक्ष लगायतल

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 84 पटक पढिएको
  • राष्ट्रिय जनगणना : तनहुँमा सुपरीवेक्षकका लागि १७२ छनोट

    दमौली / राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरीवेक्षक छनोट भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२  जना सुपरीवेक्षक छनोट भएका हुन् ।विभागका अनुसार भानु नगरपालिकाका –२३, म्याग्दे गाउँपालिकाका १३, बन्दीपुर गाउँपालिकाका १२, व्यास नगरपालिकाका ४१, शुक्लागण्डकी नगरपालिकाका २४, घिरिङ गाउँपालिकाका १०, आँबुखैरेनी गाउँपालिकाका १५, देवघाट गाउँपालिकाका १२, भीमाद नगरपालिकाका १३, ऋषिङ गाउँपालिकाका नौ जना सुपरीवेक्षकका लागि छनोट भएका हुन् । जनगणनाका तनहुँमा दुई हजार ३४६ जनाले निवेदन दिएका थिए । विभागले गणकको नतिजा भने सार

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 116 पटक पढिएको
  • गोसाइँकुण्डको धार्मिकमार्गमा खानाको मूल्यदर कायम

    रसुवा / धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ ।गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो ।खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक ५५० रुपैयाँ एवं सुतेको प्रतिबेड ए

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 62 पटक पढिएको
  • बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

    लण्डन / भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले यसपटक एकजुट भई मङ्गलबार पत्र पठाएका हुन् ।पत्रमा यही जुलाई १ तारिखभित्र नेपाल र बेलायत सरकारबीच वार्ता समिति गठन गरी भूपू गोर्खालाई दिँदै आएको असमान पेन्सनलगायतका समस्याहरू समाधान गर्न आग्रह गरिएकोछ । संयुक्तपत्रका एक हस्ताक्षरकर्ता मेजर टिकेन्द्र दल देवानले पत्रको जवाफ बेलायत सरकारले जुन रूपमा फर्काउँछ

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 60 पटक पढिएको
  • गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन, एक पक्राउ

    काठमाडौँ / नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार सामानसहित काठमाडौँको ढुङ्गेअड्डा बस्ने चेतन गोयललाई पक्राउ गरेको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको संयुक्त टोलीले गोयलको कस्मेटिक उद्योगमा खानतलासी गर्दा विसं २०७३ सालमा उच्च

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 82 पटक पढिएको
  • आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

    बिर्तामोड / नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ । कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको के

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.