काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छिन् । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेका छन् । सन्देशमा उहाँले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएका छन् ।
काठमाडौँ / अहिलेकै गतिमा काम भए आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो समय निर्माणको सामग्री सहजरुपमा प्राप्त भएकाले सोहीअनुरुप निर्माणको काम भएकाले आगामी जेठ पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विर्सजन गर्न सकिने आयोजनाले जनाएको छ । आयोजना प्रमुख मनोज नकर्मीका अनुसार ल्याण्डफिलसाइट निर्माणको कामअन्तर्गत अहिले पोखरीको ढलानको काम भइरहेको छ ।
सुनसरी / धरानमा प्रतिबन्धीत औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–११ का २२ बर्षीय पवन राई रहेका छन् । शुक्रबार राती ९ बजे धरान –८ तीनकुनेमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धीत औषधी TARMADOL – ४६७ tablet र SPASPAIN– ३६७ tablet सहित पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानले बताएको छ । पक्राउ पर्र्ने माथि थप अनुन्धान भईरहेको सो कार्यालय धरानले जनाएको छ ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाऊपालिका –३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुषलाई ठक्कर दिई घाईते भएका उनको बिएन्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
मोरङ / जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
गण्डकी / गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । यसअघि विधेयकबारेको सामान्य छलफलमा सदस्यले समृद्धि र विकासका लागि आर्थिक अनुशासन अनिवार्य सर्त भएको बताएका छन् । प्रदेशसभा सदस्य राजीव पहारीले प्रदेशमा आर्थिक अनुशासनलाई प्रभावकारी बनाउनका लागि विधेयक महत्वपूर्ण बन्ने बताएका छन् । अर्का सदस्य दीपक कोइरालाले नीतिगत भ्रष्टाचार
झापा / सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो । सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गरेका थिए । प्रजिअ तिम्सिनाले विओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताएका छन् । झापामा भारतसँगको सीमा क्षेत्रमा विओपी स्थापनाको सङ्ख्या य
रसुवा / वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । पदयात्राको लागि दैनिकजसो सरदरमा २०/२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भई स्नान गर्न सहज वातावरण भइसकेकाले गोसाइँकुण्डतर्फ&nb
जाजरकोट / नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिएका छन् । उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन् । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् । गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ । नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको
कञ्चनपुर / डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन् । नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.