समाचार

    Showing 25,691-25,700 of 26,068 items.
  • चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

    चितवन / चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो । उक्त गैँडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । यससँगै चालु आर्थिक वर्षमा ३१ गैँडा मरेका छन् । जसमध्ये चार चोरी शिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 56 पटक पढिएको
  • उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

    बनेपा / कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा  सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताए । ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यक बाहेक कुनै पन

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 53 पटक पढिएको
  • निषेधाज्ञामा बैंकका सबै शाखा खुला रहने

    काठमाडौँ / काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ ।बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भिडकम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले नागद (नोट) कारोबारभन्दा बढी अनलाइनम

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 54 पटक पढिएको
  • हत्या अभियोगमा बाबुछोरा पक्राउ

    जाजरकोट / जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।छेडागाड–११ भैँसीखर्क स्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो । अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए । उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 57 पटक पढिएको
  • लागूऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी –१० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चोकबाट निट्राभेट– ५४ क्याप्सुल, ट्रामोडल– ९८ क्याप्सुल, स्प्यासप्याइन– १४ क्याप्सुल र  ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ  गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 59 पटक पढिएको
  • चट्याङमा परी १ जनाको मृत्यु

    तेह्रथुम / तेह्रथुमको आठराइ गाऊपालिका ४– कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधवार बेलुका आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 60 पटक पढिएको
  • उपत्यकामा आजदेखि निषेधाज्ञा लागू

    काठमाडौँ / काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक काम बाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।  आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 550 पटक पढिएको
  • स्कुटर दुर्घटना हुँदा दुईको मृत्यु

    दमैली / तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए । मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 65 पटक पढिएको
  • अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

    काठमाडौं / सरकारले कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनदायक अक्सिजन सिलिन्डर लगायतलाई कर छुट गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सरकारले बद्नियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा अनुसन्धान गर्न अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा हेर्ने सहसचिव र प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयको प्रहरी नायब महानिरीक्षकलाई तोक्ने निर्णय गरेको पनि जानकारी दिए ।मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा उपयोग गर्न जर्मन सरकारबाट प्राप्त

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 74 पटक पढिएको
  • ताप्लेजुङमा थपिए ११ जना संक्रमित, संक्रमितको संख्या १३ पुग्यो

    ताप्लेजुङ / ताप्लेजुङमा बुधबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वाब पठाइएको मध्ये ६६ जनाको मात्र रिपोर्ट आएको र बाँकी ६ जनाको बिहीबार मात्रै रिपोर्ट आउने स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् । जनस्वास्थय अधिकृत खरेलका अनुसार संक्रमित हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । संक्रमितहरु सबै फुङलिङ नगरपालिका स्थित बजार क्षेत्रका रहेका छन् । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १३ पुगेको छ ।संक्रमितहरु सबैजनालाई होम आइसोलसन बस्ने गरी व्यवस्थापन गरिएको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए । उनका अनुसार आवश्यक स्वास्थ्य सामाग्

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.