काठमाडौँ / मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । देशभर अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ । यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीबकरीब मुलुक नै ठप्प हुन पुगेको छ । स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रु
काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले ५ सय ८८ भूकम्प पीडितलाई पुनःनिर्माण र २४३ भूकम्प पीडितलाई प्रबलीकरण लाभग्राही बनाउने फैसला गरेको छ । समितिमा ५३ हजार पुनरावेदन पत्र दर्ताका लागि सङ्कलन भएकामा जाँचबुझ गरी १४ हजार १५ पीडितका पुनरावेदन दर्ता भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । जसमध्ये समितिले सात हजार १७० पुनरावेदनको फैसला गरेको छ । जसमध्ये ८३१ पुनरावेदनको निर्णय बदर गरिएको प्राधिकरणले जनाएको छ । समितिमा पुनरावेदन दर्ता हुनुअघि पीडितले प्राधिकरणमा गुनासो दर्ता गरेका थिए । भूकम्प प्रभावित ३२ जिल्लाबाट छ लाख ३४ हजार ९७३ गुनासो जिल्ला
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन् । कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार उनको निधन भएको थियो । उनले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका चौलाग
काठमाडौँ / मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो ।अहिले अन्तरराष्ट्रिय तथा
बिर्तामोड(एजेन्सी) घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै पाइन थालेको हो ।जीएस–२०, सेभेन–११ तथा अन्य साना सुविधा स्टोरहरुमा पनि यो किट बुधबारदेखि सजिलै किन्न सकिने बताइएको छ । यसबाट १५ मिनेटमै कोरोना लागे÷नलागेको पत्ता लगाउन सकिने दावी गरिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार यसको मूल्य प्रति किट्स ७ हजारदेखि ९ हजार वोन अर्थात नेपाली रुपैयाँ ७ सयदेखि ९ सय रुपैयाँसम्म
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छिन् । उनले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले ट्वीटमा भनेकी छन् ।आज नेप
काठमाडौँ / नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलगाईंको निधन भएको थियो ।नेकपा (एमाले) पोलिटब्यूरो सदस्य
काठमाडौँ / बैंक तथा वित्तीय संस्थाले अब काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ ।काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै आज काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आज जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ । आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन का
कैलाली / नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यस अघि यही वैशाख १६ देखि २२ गतेसम्म र २३ गते देखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा हाललाई पूर्ण रुपमा स्थगन गरी अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत कर्मचारी तथा सवारी साधन प्रयोग गरी कार्यालयको आन्तर
तनहुँ / मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.