समाचार

    Showing 25,491-25,500 of 26,068 items.
  • ८१३ पत्रकार सङ्क्रमित, १६ को मृत्यु

    काठमाडौ / कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 143 पटक पढिएको
  • निवर्तमान सांसद पालद्वारा प्रयोग गर्दै आएको सवारी साधन फिर्ता

    काठमाडौँ / तत्कालीन प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् ।सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् । निवर्तमान सांसद  पालले भनिन्, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी साधन आज  फिर्ता गरेको छु ।”

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 99 पटक पढिएको
  • नागरिकलाई महामारीबाट बचाउन निरन्तर प्रयासरत छौँ : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई  सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए ।“महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले  भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।”उनले नागरिककै जीवन रक्षाका लागि रु ३००/४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको र  खोप उत्पादन

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 197 पटक पढिएको
  • खाद्य सामग्री फोन मार्फत मगाउन सकिने

    काठमाडौँ / कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएपछि यसअघि सञ्चालन हुँदै आएका खाद्य पसल पनि बन्द हुने भएका छन् । जसका कारण उपभोक्तामा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको व्यवस्था गरेको हो ।त्यसका लागि फोन नम्बर पनि सार्वजनिक गरिएको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 71 पटक पढिएको
  • संसद विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरुको सुनुवाइ सुरु

    काठमाडौं  / संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो ।पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् ।अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुने गरी तोकेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्या

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 64 पटक पढिएको
  • अबको तीन दिन भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

    काठमाडौँ / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ । अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अप

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 228 पटक पढिएको
  • ईश्वर पोखरेलद्वारा सरकारी कागजात दुरुपयोग

    बिर्तामोड / उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारी छाप र लेटर प्याड दुरुपयोग गरेका छन् । उनले आज बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिनेक्रममा सरकारी छाप र लेटर प्याडको दुरुपयो गरी आफू उपप्रधानमन्त्री तथा नेकपा एमालेको महसचिव भन्ने उल्लेख गरेका छन् ।  सरकारी लेटरप्याडमा एमाले महासचिव भनेर उल्लेख गरेपछि अहिले उनको सामाजिक सञ्जालमा आलोचना भएको छ । 

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 175 पटक पढिएको
  • चक्रवातका कारण लाखौँ मानिस प्रभावित, ११ लाखभन्दा बढीको उद्धार

    काठमाडौँ / पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 63 पटक पढिएको
  • हिन्दु राष्ट्रको स्थापना नै आजको आवश्यक्ता– डा. मिश्र

    बिर्तामोड / नेपालका लागि नेपाली पार्टीका प्रवक्ता डा बिजय मिश्रले आफ्नो दलको ओमकार परिवार सहित नेपालमा रहेका सवै धार्मिक समुदायको सह अस्तित्व सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।२५६५ औं वुद्ध जयन्ति , साकेला उभौली र गोरखनाथ पर्वका अवसरमा सो पार्टीका तर्फबाट शुभकामना  वक्तव्य जारी गर्दै महासचिव मिश्रले पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेका हुन् । मिश्रद्धारा जारी वक्तव्यमा महायोगी गोरखनाथकै कृपा र आशीर्वादले नेपाली विश्वमा विर गोर्खाली नामले चिनिएको अनि अंग्रेजलाई परास्त गर्न पनि गोरखनाथकै कृपा रहेको जिकीर समेत गरिएको छ । नेपाल र नेपा

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 456 पटक पढिएको
  • अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ

    डोटी / जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज सङ्क्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा सुरज श्रेष्ठले जानकारी द

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.