चितवन / कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिएका छन् । उनका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।कार्यालयको तथ्याङ्
काठमाडौँ / लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।नयाँ भेरियन्ट सहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभए
काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि प्रश्न उठेको छ ।संवैधानिक बेन्च गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘पिक एण्ड चुज’ शैली अपनाए । उनले न वरियता क्रमलाई पछ्याए, न ५ पुसको विघटनको मुद्धा हेरेकाबारे समान नीति लिए ।दोस्रो वरियतामा रहेका दीपककुमार कार्कीलाई संवैधानिक इजलासमा राखेका जबराले त्यसपछि सातौं नम्बरका डा. आनन्दमोहन भट्टराईलाई रोजे । त्यसपछि रोलक्रममा रहेका तीन न्यायाधीशलाई छाडेका प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा समावेश गरे ।न्यायाधीश केसी यसअघिको संसद विघटनको मुद्दा
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध खोप सबै नागरिकलाई लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यसमा विश्वव्यापी सहकार्यमा जोड दिए । प्रधानमन्त्री ओलीले महामारी रोकथाम तथा नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक र समग्र राष्ट्रिय नीति आवश्यक पर्ने जनाउँदै जारी निषेधाज्ञा जनताको जीवन सुरक्षाकै लागि भएको स्पष्ट गरे
काठमाडौँ / लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिनेछ ।निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ ।निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी द
काठमाडौँ / गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ । कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका प्रवक्ता डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उनले जानकारी दिए ।
बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक भूमि नेपालकै रहेको तर लिपुलेकका जनतालाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार नभएको बताएका छन्। बिहीबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया कार्यक्रममा चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी प्रश्न सोधेका थिए।उक्त प्रश्नको जवाफमा ओलीले ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए।उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह ग
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ । संवैधानिक व्यवस्थानुुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ ।
नेपालगञ्ज / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्ससहितका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा नेकपा एमालेको ओली समुहका प्रदेश स्तरिय नेता मन बहादुर राउत संलग्न रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पाईएपछि राउतलाई पक्राउ गरेको छ ।पक्राउ परेका राउत एमालेको लुम्बिनी प्रदेश कमिटि सदस्य हुन् । आफन्तको मृत्यु भएको विषयलाई लिएर राउत नेतृत्वको समुहले मध्यराति अस्पतालमा प्रवेश गरी चिकित्सक , नर्स र अन्य स्वाथ्यकर्मीमाथि सांघातिक हमला गरेको थियो ।राउत समुहको आक्रमणमा परी अस्पतालका ४ कर्मचारी घाईते भएका छन् । घाइतेको भेरी अस्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.