समाचार

    Showing 25,451-25,460 of 26,068 items.
  • जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

    नवलपुर / चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार गणना अन्तिम चरणमा पुगेको बेला जङ्गली हात्तीले अवरोध पु¥याएको हो । “निकुञ्जमा गौरीगाई पाइने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरेर गणना भइरहेको थियो”, अधिकारीले भने, “१२ वटा ब्लक सकाएर अन्तिमको दुई वटा गणना गर्ने बेलामा जङ्गली हात्तीले अवरोध गरेपछि गणना

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 83 पटक पढिएको
  • विदेशबाट फर्किने र कोरोना संक्रमण शंकास्पदहरुका लागि ७८ होटललाई क्वारेन्टिन

    काठमाडौं / सरकारले विदेशबाट फर्किएका र कोरोना संक्रमण शंकास्पदहरुका लागि ७८ वटा होटललाई क्वारेन्टिनका रुपमा सूचीकृत गरेको छ । क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो ।विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने भएको छ । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि १० वटा होटल तोकेको थियो । तीसँगै अहिले ७८ वटा होटलको सूचि सार्

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 64 पटक पढिएको
  • जीर्ण पाइपका कारण खानेपानी चुहावट

    वाग्मती / सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । जीर्ण भएका वर्षौं पुरानो खानेपानीका पाइप नफेरिँदा ठाउँठाउँमा पानी खेर गएको छ । जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान गएको छैन । दर्जनौँ स्थानमा पानीको फोहरा छुटेर खेर जाने गरे पनि मर्मतसम्भार छिटो नहुने गरेको गोकर्णेश्वरका स्थानीयवासी रामबहादुर श्रेष्ठ गुनासो गर्दछन् । खानेपानीका लागि लगिएको पानी पाइप जीर्ण भएर खेर जान्छ तर हामी मुहानस्थलमै बसे पनि हप्तादिनसम्म धारामा पानी नआउने गरेको उनको गुन

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 75 पटक पढिएको
  • चौधरी उद्योग परिसरमा लागेका आगो पाँच घण्टापछि नियन्त्रणमा

    नवलपरासी / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घ

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 70 पटक पढिएको
  • पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

    काठमाडौँ  / काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको  जानकारी दिएका छन् । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन् । घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताएक

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 56 पटक पढिएको
  • महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी

    राँझा  / नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना भने होइन । यहाँको भेरी अस्पतालमा मात्रै पटक–पटक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमणका घटना हुने गरेका छन् । कोरोना महामारीको बीचमा वितेको तीन हप्तामा मात्रै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तबाट चार पटक आक्रमण भएको छ तर कारबाही भने एक जनालाई पनि भएको छैन ।कोरोना महामारीमा रातदिन काममा खटिएका उपचार केन्द्रको रुपमा

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 76 पटक पढिएको
  • प्रहरीबाटै कुटिए स्वास्थ्यकर्मी

    विराटनगर / कोशी अस्पताल विराटनगरका स्वास्थ्यकर्मी माथि ड्युटि सकेर घर जाने क्रममा प्रहरीले निर्घात कुटपिट गरेको छ । अस्पतालका सिनियर अहेव अशोक राजवंशीलाई मंगलबार राति देवकोटा चौकमा ड्युटीमा खटिएका प्रहरीले निर्घात रुपमा कुटपीट गरेका हुन् । कुटपीटका कारण राजवंशीको घुडा र खुट्टामा चोट लागेको छ ।प्रहरीको कुटाईबाट घाईते बनेका राजवंंशीले वाटोमा खटिएका प्रहरीले अस्पतालबाट ड्युटि सकेर फर्केको बताउँदा बताउँदै आफु माथि कुटपिट भएको जानकारी गराएका कछन् ।उता प्रहरीले भने ड्युटिमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेर भाग्न खोजेपछि घटना भएको जिकीर गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले घटना

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 104 पटक पढिएको
  • म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

    म्याग्दी / म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् । स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन् ।  

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 92 पटक पढिएको
  • चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

    नवलपरासी / पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ स्थित चौधरी उद्योग ग्राममा रहेको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान बिहान साढ ८ बजेतिर आगलागी भएको हो ।उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार अहिले नियन्त्रण बाहिर रहेको छ । नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए । आगलागीको कारणभने खुल्नसकेको छैन । 

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 72 पटक पढिएको
  • बजेट : आयो ओलीका सल्लाकार पोस्ने कार्यक्रम

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार समेत रहेका उध्योगि मोतीलाल दुगडको नुनको अवैध कारोवारलाई वैधानिक बनाउनका लागि सरकारले बजेट मार्फत नयाँ निती नै ल्याएको छ । सरकारमाथि दुगडले अवैधानिक रुपमा गर्दै आएको आयोडिन युक्त नुनको कारोवारका विषयमा छानविन गर्न र उनी माथि कारवाही गर्न चौतर्फी कुरा उठिरहेको समयमा उनलाई संरक्षण गर्ने गरी सरकारले बजेट मार्फत नयाँ निति नै ल्याएको छ ।  सरकारको पुर्ण स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले धारासायी नै बनाउने गरी ओली निकटका उध्योगि दुगडलाई पोस्ने गरी सरकारले बजेट मार्फत नयाँ निति सार्वजनिक गरेपछि साल्ट ट्रेडिङका कर्मचारीले

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 85 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.