कञ्चनपुर / कञ्चनपुरमा लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका –१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका –२ का २५ वर्षीय रणबहादुर चौधरी छन्।सुपप्र ०२–००३प ६७२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बेलौरी नगरपालिका –६ विद्यानगरबाट पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।उनीहरूको साथबाट १२.३५ ग्राम ब्राउनसुगर बरामद भएको छ। दुबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए ।
धनगढी / पछिल्लो ३ दिनदेखि भइरहेको लगातारको वर्षाका कारण पहिरो खस्दा बाजुराका मुख्य सडकहरु अवरूद्ध भएका छन्। जिल्लाको सदरमुकाम जोड्ने साँफे–मार्तडी र सदरमुकामबाट कोल्टी जोड्ने मार्तडी–कोल्टी सडकखण्ड अवरूद्ध भएका हुन्।लगातार परिरहेको वर्षाले यी सडकखण्डको बीचबीचमा पहिरो क्षति गर्दा सोमबारदेखि सडक अवरूद्ध भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए।उनका अनुसार अवरूद्ध भएका सडक सुचारु गर्ने काम भइरहेको भए पनि निरन्तर भारी वर्षाले कठिनाइ भएको छ। सडक अवरूद्ध हुँदा यातायात ठप्प भएपछि अतिआवश्यक काम प्रभावित भएका छन्।गत वर्षको बाढी र पहिरोले क्षति गरेको साँफे(मार्तडी सडकख
बिर्तामोड / सेनामा नेपाली युवालाई लादैं आएको छिमेकी मुलुक भारतले अब नेपाली युवतीलाई पनि लाने भएको छ । मुलुक महामारीको चपेटामा रहेका बेला काठमाण्डौ स्थित भारतीय राजदूतावासले सुचना जारी गरी नेपाली युवतीलाई पनि भर्नाका लागि आव्हान गरेको हो । दुतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै भारतीय सेनामा महिला सैनिक प्रहरीको लागि भन्दै सुचना निकालेर आवेदन भर्न आव्हान गरेपछि नेपाली युवती पनि पहिलो पटक भारतीय सेनामा भर्ना हुने भएका हुन् ।नेपाली युवतिको भर्ना छनौट भारतको अम्बाल,लखनउ, जवलपुर,बेलगाव,पुने र सिलांगमा हुने जारी सूचनामा उल्लेख गरिएको छ । भारतीय सेनामा भर्ना हुन चाहनेलाई अनलाईन
बिर्तामोड / ईलामामा लागूऔषध सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आईतबार बेलुका –५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका –४ शंकरगाउँबाट ब्राउन सुगर ५ ग्राम सहित सोही स्थानका २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, २२ बर्षीय रुपेश कुमार खत्री र २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरेको हो । उनिहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
रसुवा / कोभिड –१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् ।मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्प
डोटी / गए रातिदेखिको लगातारको वर्षातका कारण जोरायल गाउँपालिका –१ गैरामा पहिरो आउँदा अत्तरिया दिपायल जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण बिहान ६ः०० बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीयवासी सोपानसिंह ओलीले जानकारी दिए । जिल्लामा गएरातिदेखि लगातार वर्षात भइरहेको छ भने ठाउँ ठाउँमा पहिरो आएर सडक अवरुद्ध भएको बताइएको छ
बैतडी \जेठ १८ गतेदेखि बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ । परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताएका छन् । उनले भने,“हालसम्म ५ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेका छौं ।”दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको को
राजविराज / सप्तरीमा अवैध घरेलु हतियारसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरेको काफ्लेले बताए । मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।
झापा / आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् ।मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताएका छन् । तीसदेखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् । बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरु पनि छन् । केही दिनअघि मेचीनगर—४ स्थित बाहुनडाँगी भन्सार गौंडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुनडाँगी
सङ्खुवासभा / सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् । अत्यधिक रक्तस्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको हो । सुत्केरीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको थापाथली प्रसूति गृहमा सिफारिस गरिए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.