काठमाडौं— नेपाली कांग्रेसले पार्टी क्रियाशील सदस्य तथा रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवका पिता रामेश्वर राय यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।यादवको आइतबार राति ८० वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी शोक वक्तव्यमा पार्टीले स्वर्गीय यादवको योगदानको उच्च कदर गर्दै उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।स्वर्गीय यादव लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । पार्टी संगठन सुदृढ बनाउन र लोकतान्त्रिक मूल्
काठमाडौं— स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो ।प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फम्र्याट’मा भिडियो बनाउनुपर्ने छ भने सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ ।साथै पोस्ट गरिएको भिडियो यही चैत २
रामेछाप— आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ ।हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए ।तामाङका अनुसार हावा हुरीले थप ५ घरमा आमसिक क्षति पुर्यायोको छ । ती मध्ये कतिपय घरका छानाका केही भाग उडाएको छ भने कतिपयका बरन्डाहरू उडाएको छ ।घर उडाएका स्थानीयले बस्ने बासको समेत सङ्कट परेको छ । उनीहरू आश्रय लिएर बस्न बाध्य भएका छन् । हावा हुरीले रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा रुख ढलेर एउटा घरमा क्षति पु¥याएको छ । हावाहु
उदयपुर— जिल्ला अस्पताल उदयपुरमा रेबिजविरुद्ध लगाइने एन्टी–रेबिज खोपको अभाव भएको छ। सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति हुन नसक्दा अस्पतालमा खोप सेवा प्रभावित भएको हो।अस्पताल प्रशासनका अनुसार विगत करिब १५ दिनदेखि खोपको मौज्दात सकिएको छ। खोप उपलब्ध नभएपछि अस्पतालले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि खोप सेवा स्थगित गरिएको जनाएको छ। यसका कारण बिरामी तथा सेवाग्राहीहरू महँगो शुल्क तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य भएका छन्।खोप आपूर्तिको व्यवस्था इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत् कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हुँदै जिल्ला अस्पतालसम्म आउ
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका बीच हर्मुज जलमार्ग हुँदै पासहुने जहाजहरूको सुरक्षाका लागि विभिन्न देशलाई समेटेर अन्तर्राष्ट्रिय गठबन्धन बनाउन पहल गरेका छन् ।उनले हर्मुज जलमार्ग हुँदै तेल आयातमा अत्यधिक निर्भर रहेका करिब सात देशलाई जहाज सुरक्षाका लागि संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार दिएको अभिव्यक्तिमा ती देशहरूको नाम भने खुलाएका छैनन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै विश्वका धेरै मुलुकले तेल आपूर्ति गर्ने प्रमुख मार्ग भएकाले हर्मुज मार्गको सुरक्षा सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने र त्
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखेर आज (सोमबार) सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।पछि सो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी
काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।राउतले आज सामाजिक सञ्जालमार्फत राजनीतिबाट सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति भने जारी राख्ने बताएका छन् ।
काठमाडौं— सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंकले बढ्दै सकारात्मक रुपमा बन्द भएको छ।यस अवधिमा ९४ वटा स्क्रिप्समा कारोबार भएको थियो। कुल १ लाख ५२ हजार १०५ कित्ता सेयर किनबेच हुँदा करिब ८ करोड ९५ लाख ७९ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक सार्वजनिक भएको छ।कारोबार भएका कम्पनीहरूमध्ये ३६ वटाको सेयर मूल्य बढेको देखिएको छ भने ४२ वटाको घटेको छ। यस्तै १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभई स्थिर रहेको छ।
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ ।भारतका विदेश मन्त्री एस। जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल नै भएकोमा जोड दिएका हुन् ।स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)बाट पानीजहाज सुरक्षित तरिकाले आवागमन जारी राख्न भारतले इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको र त्यसबाट सकारात्मक परिणाम पनि देखिएको उनले बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाज आउ–जाऊ गर्ने वातावरण
काठमाडौं— नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.