समाचार

    Showing 2,131-2,140 of 19,016 items.
  • नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

    काठमाडौँ, १२ कात्तिकः प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गर्नुभएको हो । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको छ ।उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रह

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 207 पटक पढिएको
  • दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङ, १२ कात्तिक: कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि  १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।  कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 180 पटक पढिएको
  • यस्तो छ व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ पर्नुको कारण

    काठमाडौं—  नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो ।सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् ।विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 399 पटक पढिएको
  • दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगसँग उच्चस्तरीय वार्ता गर्ने तयारी गरेका छन् ।ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनका संचार सल्लाहकार तथा राष्ट्रपति विशेष सहायक मार्गो मार्टिनले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा भिडियोमार्फत एयर फोर्स वनलाई दुई अमेरिकी र दुई कोरियाली एफ–१६ लडाकु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 393 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो । बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । बैठक आगामी शुक्रबारसम्म बस्ने छ । 

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 405 पटक पढिएको
  • इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु

    काठमाडौं— इजरायलले मंगलबार राति गाजा क्षेत्रमा तीव्र हवाई आक्रमण गरेको छ। आक्रमण गाजा सहरका विभिन्न भागसँगै बेत ला र खान युनिस क्षेत्रमा समेत केन्द्रित भएको बताइएको छ। घर, विद्यालय र आवासीय भवनहरू समेत आक्रमणको लक्ष्य बनेका छन्।हमासका स्वास्थ्य अधिकारी र सिभिल डिफेन्स एजेन्सीका अनुसार आक्रमणमा परी कम्तीमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।इजरायली अधिकारीहरूले भने हमासले अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएका छन्। रक्षामन्त्री इजरायल केट्जले हमासका लडाकुहरूले इजरायली सैनिकमाथि आक्रमण गर्नुका साथै बन्धकका शव फिर्ता गर्ने सहमतिलाई तोडेको दाबी गरेका छन्।त

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 403 पटक पढिएको
  • सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

     सोलुखुम्बु— सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 406 पटक पढिएको
  • झापामा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते

    झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक मङलबार राति यात्रीवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 127 पटक पढिएको
  • एमालेका पूर्वसांसद भट्टचन ९८ करोड रुपैयाँ बढी ठगी आरोपमा पक्राउ

    काठमाण्डौ । प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। आर्थिक हिनामिनाको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो। उनी सहकारी ठगी प्रकरणमा समेत मुछिएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा जाहेरी परेको थियो।सिआइबी स्रोतका अनुसार प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको मुद्दामा मंगलबार उनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको हो । प्रभु रेमिटेन्स र प्रभु सहकारीका नाममा संकलि

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 152 पटक पढिएको
  • आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक

    काठमाण्डौ । मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सरकार, राजनीतिक दल र जेनजी आन्दोलनबीच पहिलोपटक संयुक्त वार्ता प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल आह्वान गरेकी हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुने छन् । यसअघि प्रधानमन्त्री कार्कीले दुवै पक्षसँग छुट्टाछुट्टै संवाद गरेकी थिइन्।सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सहमतिको वातावरण बनाउन वार्ता प्रक्रिया तीव्र पारेको बताइएको छ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 142 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा