समाचार

    Showing 2,041-2,050 of 26,789 items.
  • कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो, एक जनाको शव भेटियो

    सुर्खेत— सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ। कर्णाली प्रदेशको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, संगेतरमा क्षेत्रमा भएको दुर्घटनामा गाडी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट अनियन्त्रित भएर नदीमा खसेको हो। दुर्घटनापछि हालसम्म एक जनाको शव फेला परेको छ। मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ।नेपाल सेन्टिनेल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मुकुन्द प्रसाद रिजालले अन्य यात्रुको अवस्था र क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए।दुर्घटनाको खबर प्राप्त

    • प्रकाशित मितिः असार १८, २०८३
    • 449 पटक पढिएको
  • बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु, २९ भूमिहीन परिवार बने जग्गाधनी

    बर्दिया— सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दियाबाट लालपुर्जा वितरण सुरु गरेको छ। पहिलो चरणमा बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) हस्तान्तरण गरिएको हो।वर्षौंदेखि आफ्नो नाममा जग्गा दर्ता हुन नसकेका ती परिवारले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनीको मान्यता पाएका छन्। यससँगै उनीहरूले आफ्नो जग्गामाथि कानुनी अधिकार प्रयोग गर्न पाउने भएका छन्।भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा सम

    • प्रकाशित मितिः असार १८, २०८३
    • 472 पटक पढिएको
  • हेल्मेटबिनै बाइक चलाएका मुख्यमन्त्री शाहलाई ट्राफिकको जरिवाना

    धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएको घटनामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरी मुख्यमन्त्री निवास पुगेर पाँच सय रुपैयाँको जरिवाना गरेको हो।मुख्यमन्त्री शाहले निवास परिसरभित्र हेल्मेटबिनै बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि त्यसको व्यापक चर्चा भएको थियो। सोही आधारमा ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै जरिवाना असुल गरेको जनाएको छ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै कानुनअनुसार कारबाही भोगेको बताए। उनले सबै नागर

    • प्रकाशित मितिः असार १८, २०८३
    • 439 पटक पढिएको
  • सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

    काठमाडौं— शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को एकेडेमिक काउन्सिलमा विभिन्न क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।मन्त्रालयले सूचना प्रविधि तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्य नियुक्त गरेको जनाएको छ।सीटीइभीटीको एकेडेमिक काउन्सिललाई परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकायका रूपमा लिइन्छ। काउन्सिलले पाठ्यक्रम

    • प्रकाशित मितिः असार १८, २०८३
    • 480 पटक पढिएको
  • इन्टरनेट अवरुद्ध हुँदा संसद् बैठकको प्रत्यक्ष प्रसारण रोकियो, चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि छलफल हुँदै

    काठमाडौं— प्रतिनिधिसभा बैठक सुरु भए पनि संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन। प्राविधिक समस्याका कारण नियमित रूपमा युट्युबमार्फत हुने लाइभ स्ट्रिमिङ रोकिएको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा सभामुखले मन्त्रिपरिषद्बाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यससँगै सरकारले ल्याएका चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि दफावार छलफल र पारित गर्ने तयारी गरिएको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव पेश गर्ने

    • प्रकाशित मितिः असार १८, २०८३
    • 378 पटक पढिएको
  • बालिका करणीको आरोपमा ५३ वर्षीय विक पक्राउ, दुई जना अझै फरार

    काठमाडौं— प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पर्वत र कञ्चनपुरबाट एक–एक जनालाई पक्राउ गरेको छ भने घटनामा संलग्न भनिएका अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ।पर्वतको जलजला गाउँपालिका–ठोट्नेरीका ५३ वर्षीय गोरबहादुर विकलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका १९ वर्षीय रमेश ढाँट (राम ढाँट) लाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार उक्त घटनामा प

    • प्रकाशित मितिः असार १८, २०८३
    • 433 पटक पढिएको
  • जितको उत्सव मनाउँदा तीन जनाको निधन

    लन्डन— मेक्सिकोको ऐतिहासिक जितपछि लाखौं समर्थक सडकमा खुशीयाली मनाउन उत्रेको क्रममा तीन जनाको ज्यान गएको छ । २०२६ फिफा विश्वकपमा मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई २–० ले हराएको हो । यो जितपछि खुशीयाली मनाउने क्रममा लाखौं समर्थकहरू एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरपर जम्मा भएका थिए ।अत्याधिक भीडका कारण मानिसहरू एकअर्कामाथि थिचिँदा ४४ वर्षीय एक पुरुष र १९ वर्षीया एक महिलाको घटनास्थलमै निधन भएको थियो । एक जना ४८ वर्षीया महिलाको भने उपचारको क्रममा अस्पतालमा निधन भएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका थिए ।इक्वेडरमाथिको जित सहआयोजक मेक्सिकोको लागि विशेष मानिएको छ । सन् १९८६ पछि पहिलोपटक विश्वकपको

    • प्रकाशित मितिः असार १८, २०८३
    • 444 पटक पढिएको
  • अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहनासहित दुई जना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो । जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेका हुन् ।बरामद गरिएका सामग्रीमा २२ थान ठूला र ४४ थान सा

    • प्रकाशित मितिः असार १८, २०८३
    • 196 पटक पढिएको
  • भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै

    काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको भए पनि दीर्घकालीन प्रतिबन्ध संरचनाका कारण राहत प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताइएको छ । विशेषज्ञहरूका अनुसार लामो समयदेखि लागू अमेरिकी प्रतिबन्धले कोष, उपकरण र मानवीय सहायता सामग्रीमा पहुँचमा संरचनागत अवरोध सिर्जना गरेको छ । यसले उद्धार तथा पुनर्निर्माण

    • प्रकाशित मितिः असार १८, २०८३
    • 413 पटक पढिएको
  • चट्याङले जुम्लामा एक युवकको मृत्यु, दुई घाइते

    मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावतमाथि चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ ।चट्याङका कारण केही भेडा–बाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि कति संख्यामा पशुचौपाया मरेका हुन् भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरील

    • प्रकाशित मितिः असार १८, २०८३
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.