समाचार

    Showing 2,001-2,010 of 26,789 items.
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको महाअभियानः ब्राउन सुगर, ट्याब्लेट र नगदसहित ८ जना पक्राउ

    विराटनगर— कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, ७९० वटा लागूऔषध ट्याब्लेट, ८६ हजार रुपैयाँ नगद तथा दुईवटा सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ।कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो विराटनगर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनसरी, धनकुटा र उदयपुरका विभिन्न स्थानमा कारबाही गरेको हो।प्रहरीका अनुसार सुनसरीको धरान–११ घर भई हाल इटहरी–४ मा बस्दै आएका दिनेश भट्टराईलाई उनकै डेराबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। त्यस

    • प्रकाशित मितिः असार १९, २०८३
    • 403 पटक पढिएको
  • संवैधानिक परिषद्को बैठक आज, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ ५ बजे बस्ने बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने भएको छ।परिषद्ले निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेशी आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त रहेका पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ।लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदपूर्तिलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको परिषद् बैठकलाई म

    • प्रकाशित मितिः असार १९, २०८३
    • 109 पटक पढिएको
  • बालेन सरकारका १०० दिनः कूटनीतिमा नयाँ अभ्यास, भारत–चीनसँग सन्तुलित सम्बन्धमा जोड

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्ने क्रममा परराष्ट्र नीतिमा केही नयाँ अभ्यास सुरु गरेको दाबी गरेको छ। सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहुँच विस्तार, संस्थागत प्रणाली सुदृढीकरण र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको जनाएको छ।सरकारले परराष्ट्र मन्त्रालयको समन्वयबिना मन्त्री वा उच्च सरकारी अधिकारीले विदेशी राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न नपाउने व्यवस्था लागू गर्दै कूटनीतिक आचारसंहिताको कडाइका साथ पालना गराएको बताएको छ। यससँगै विगतमा प्रचलित अनौपचारिक भेटघाटको अभ्यास अन्त्

    • प्रकाशित मितिः असार १९, २०८३
    • 490 पटक पढिएको
  • चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध

    काठमाडौं / नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ ।इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको बैठकमा नेपालमा पैदलयात्री र सवारी चालकसम्मलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी कानुन ल्याउने तयारीविरुद्ध आवाज उठेको हो । दुर्घटना न्यूनीकरण साथै नेपालको वर्तमान टे्रड युनियनको अवस्थाबारे स्टेयरिङ समिति सदस्य तथा नेपाल यातायात मजदुर संघका विदेश विभाग प्रमुख तथा प्रमुख सल्लाहकार अजय कुमार राईले नेपालमा अत्यधिक बढि रहेको सडक दुर्घटना र जरिवानाका सम्बन्धमा कुरा उठाएका हुन् । बैठकमा राईले नेपाल प्रहरीको तथ

    • प्रकाशित मितिः असार १९, २०८३
    • 417 पटक पढिएको
  • खामेनीको अन्त्येष्टि मनाउन वाहिदी सार्वजनिक

    दुबई— इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी तीव्र भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक भएका छन्।इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिर र भिडियोमा वाहिदी अन्त्येष्टिसम्बन्धी बैठक तथा तेहरानमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भएको देखिएका छन्। युद्ध सुरु हुनुअघि फेब्रुअरी ८ यता उनी सार्वजनिक रूपमा नदेखिएकाले उनको उपस्थितिलाई विशेष अर्थका साथ हेरिएको छ।विश्लेषकहरूका अनुसार अमेरिकासँग हुन सक्ने सम्भावित वार्तामा इरानको रणनीति तय गर्न वाहिदी

    • प्रकाशित मितिः असार १९, २०८३
    • 457 पटक पढिएको
  • अमेरिकी सेनामा कार्यरत ताप्लेजुङका सुनील थापाको गोली लागेर मृत्यु, तालिमकै क्रममा दुर्घटना भएको आशंका

    एजेन्सी— अमेरिकी सेनामा कार्यरत ताप्लेजुङका २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ। प्रारम्भिक जानकारीअनुसार दुई दिनअघि तालिमका क्रममा साथी सैनिकको बन्दुकबाट चलेको गोली उनको टाउकोमा लागेपछि घटनास्थलमै उनको ज्यान गएको बताइएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे अमेरिकी निकायबाट औपचारिक पुष्टि हुन बाँकी रहेको परिवारले जनाएको छ।सुनील अमेरिका निवासी समाजसेवी दम्पती हेम थापा र माया थापाका कान्छा छोरा हुन्। उनी केही समयअघि मात्रै अमेरिकी सेनामा पदोन्नति भएका थिए। पदोन्नतिपछि सञ्चालन गरिएको विशेष तालिमका क्रममा दुर्घटनावश गोली चलेको हुन सक्ने अनुमान परिवारले गरेको छ।छोराको असामयिक निधनपछि पित

    • प्रकाशित मितिः असार १९, २०८३
    • 459 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

    मकवानपुर / हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा धारिलो हतियार टाप प्रहार गरेका थिए। उक्त आक्रमणबाट तामाङ गम्भीर घाइते भएका छ

    • प्रकाशित मितिः असार १९, २०८३
    • 224 पटक पढिएको
  • चार होटलमा अखाद्य सामग्री फेला परेपछि १ लाख ५० हजार रुपैयाँ जरिवाना

    जनकपुरधाम — धनुषाको जनकपुरधामस्थित चार होटलमा म्याद नाघेका तथा अखाद्य  सामग्री प्रयोग गरिएको भेटिएपछि प्रशासनले एक लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले होटलहरूको निरीक्षणका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका खाद्य सामग्री भण्डारण तथा प्रयोग भइरहेको फेला पारेपछि कारबाही अघि बढाएको हो।कारबाहीमा परेका होटलहरूमा बाबाको ढाबा, बाजेको सेकुवा घर, बर्गर एन्ड पिज्जा हाउस र होटेल रोयल स्मार्ट रहेका छन्। बाबाको ढाबा र बर्गर एन्ड पिज्जा हाउसलाई जनही ३५ हजार रुपैयाँ, बाजेको सेकुवा

    • प्रकाशित मितिः असार १९, २०८३
    • 414 पटक पढिएको
  • बर्डफ्लू संक्रमण विरुद्ध उच्च सतर्कता: जैविक सुरक्षामा ध्यान दिन आग्रह

    काठमाडौँ / नेपालका विभिन्न ११ जिल्लामा बर्ड फ्लू वर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ ।कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले सङ्क्रमण देखिए पनि सुरक्षित उपाय अपनाउँदा आत्तिनुपर्ने अवस्था नरहेको प्रस्ट पारेका छन् । विभागले उपभोक्ताहरूलाई नडराउन र सरोकारवालाहरूलाई सतर्क रहन आग्रह गरेको छ । नेपाल न्युज बैँकको टेलिफोन सम्बादमा महानिर्देशक दाहालले रोग विशेषगरी जङ्गली पन्छी, अन्य चराचुरुङ्गी तथा कागबाट सर्ने गर्दछ । त्यसैले व्यावसायिक रूपमा पालिएका कुखुरालाई सुरक्षित राख्न, बाहिरी चरा

    • प्रकाशित मितिः असार १९, २०८३
    • 196 पटक पढिएको
  • पश्चिम नेपालका साना नदीमा आज बहाव बढ्ने

    काठमाडौं / देशका विभिन्न भागका नदी तथा खोलाहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पश्चिम नेपालका केही साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्नेछ। ती क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहेको महाशाखाले जनाएको छ।महाशाखाले आज नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेती नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको

    • प्रकाशित मितिः असार १९, २०८३
    • 140 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.