समाचार

    Showing 1,921-1,930 of 26,789 items.
  • अब रगत होइन, पसिना बगाउने समय आएको छ: अध्यक्ष राई

    काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अब मुलुकमा रगत होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै साम्पाङले व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले बलिदान दिएको स्मरण गराउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए। उनले भने,‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर बदलिँदैन, काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’ साम्पाङले रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख

    • प्रकाशित मितिः असार २२, २०८३
    • 219 पटक पढिएको
  • बैतडीमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते

    बैतडी— जिल्लाको मेलौली नगरपालिका–१ सिराडमा कच्ची घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाका अनुसार सुने पार्कीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घरको मुख्य निधाल भाँचिएपछि घर भत्किएको हो।घटनामा पार्कीकी १८ वर्षीया छोरी मनीषा पार्की, १३ वर्षीया चाँदनी पार्की र आठ महिनाकी गर्भवती २२ वर्षीया बुहारी प्रिया पार्की घाइते भएका छन्। घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घ

    • प्रकाशित मितिः असार २२, २०८३
    • 527 पटक पढिएको
  • नेप्से २६ अङ्कले ओरालो लाग्यो

    काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ । कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर रु तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भएको छ । 

    • प्रकाशित मितिः असार २२, २०८३
    • 493 पटक पढिएको
  • प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ: नेता आङदेम्बेले

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पहिलो १०० दिनको समीक्षा गर्दै प्रधानमन्त्रीको कार्यशैली, संसदीय उत्तरदायित्व, सुशासन, संवैधानिक प्रक्रिया र सुकुम्बासी व्यवस्थापनलगायत विषयमा सरकारको कडा आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले १०० दिनमै चमत्कारको अपेक्षा नगरेपनि सरकारको सोच, प्राथमिकता, लोकतन्त्रप्रतिको दृष्टिकोण र कार्यशैलीको मूल्याङ्कन गर्ने आधार भने यही अवधिले दिने बताए । उनले सरकारले सार्वजनिक गरेका केही उपलब्धिलाई सकारात्मक रूपमा लिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाहमा भएका प्रयासको स्वा

    • प्रकाशित मितिः असार २२, २०८३
    • 179 पटक पढिएको
  • सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

    काठमाडौं— ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील व्यवहार गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्।पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।घटनापछि पीडित महिलाले भट्टले गरेको व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाउँदै भट्टलाई नियन्त्रणमा लिएको हो।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेका छन्।हाल उनलाई प्रहरी

    • प्रकाशित मितिः असार २२, २०८३
    • 479 पटक पढिएको
  • सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने योजना: स्सञ्चारमन्त्री तिमिल्सिना

    काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षणसँग सम्बन्धित छपाई स्वदेशमै गर्दै विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरक्षण मुद्रण केन्द्रका लागि रु २२ करोड विनियोजन गरिएको बताए । राष्ट्रियसभा सदश्य रोश्नी मेचेले दुर्गम क्षेत्रका विद्यार्थीले अझै कापी–किताबसमेत सहज रूपमा प्राप्त गर्न नसकेको अवस्था

    • प्रकाशित मितिः असार २२, २०८३
    • 198 पटक पढिएको
  • दुग्ध विकास संस्थानको घोटाला प्रतिवेदन सार्वजनिक गर्न र भारतमा नेपाली युवाको शंकास्पद मृत्यु छानबिन गर्न चौलागाईंको माग

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान डीडीसी भित्र भएको भनिएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा दूध किसानको बक्यौता भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको छानबिन गर्न २०८१ सालमा समिति गठन गरेको र उक्त समितिले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँको अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको उल्लेख गरे। ‘अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको विषयमा छानबिन गर्न २०८१ सालमा समिति

    • प्रकाशित मितिः असार २२, २०८३
    • 250 पटक पढिएको
  • पाँच लाख बराबरका अवैध लत्ताकपडा बरामद

    मोरङ  : मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गको सलकपुर चोकमा सशस्त्र प्रहरी बल नेपालले छड्के जाँचका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ।शनिबार साँझ काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००७ ख ००३४ नम्बरको ‘पाँचपोखरी’ बस मा सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म सुनसरी (सलकपुर) बाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ई. नवीन बानियाँ नेतृत्वको सात सदस्यीय टोलीले छड्के जाँच गरेको थियो।जाँचका क्रममा बिल–विजक बिना भन्सार छली गरी ल्याइएको अन्दाजी रु. ५ लाख बराबरका साडी, कुर्ता–सुरुवाल, लेगिज तथा टप्स बरामद गरिएको सशस्त्

    • प्रकाशित मितिः असार २२, २०८३
    • 103 पटक पढिएको
  • विमानस्थल अध्यागमनमा गृहमन्त्रीको ‘सरप्राइज एक्सन’ अब कर्मचारीले अनिवार्य ढाका टोपी लगाउनुपर्ने

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।विमानस्थलको आकस्मिक निरीक्षणका क्रममा उनले नेपाली संस्कृति, राष्ट्रिय पहिचान र मौलिकतालाई झल्काउने गरी कर्मचारीको पहिरनमा एकरूपता ल्याउन यस्तो निर्णय गरेका हुन्।गृहमन्त्री गुरुङले विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमन कार्यालयसँगै सम्पर्कमा आउने भएकाले त्यहाँको वातावरण, कर्मचारीको व्यवहार र पहिरनले देशको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार पहिलो भेटमै विदेशी पाहुनाले नेपालीपनको अनु

    • प्रकाशित मितिः असार २२, २०८३
    • 368 पटक पढिएको
  • कर्णाली बस दुर्घटनाबारे सरकारको चर्को आलोचना

    काठमाडौं / कर्णाली प्रदेशमा भएको बस दुर्घटनाको विषय प्रतिनिधिसभा बैठकमा प्रमुख रूपमा उठेको छ । सोमबार बसेको बैठकमा विभिन्न दलका सांसदहरूले उद्धार कार्यमा भएको ढिलाइ, सडकको दुरावस्था र सरकारको बेवास्ताप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् । असार १८ गते कर्णाली नदीमा बस खस्दा ठूलो मानवीय क्षति भएको थियो । दुर्घटनापछि केही यात्रु बेपत्ता भएका छन् भने उद्धार तथा खोजी कार्य अझै जारी छ । दुर्घटनाले कर्णालीको सडक सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवा

    • प्रकाशित मितिः असार २२, २०८३
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.