समाचार

    Showing 17,491-17,500 of 25,912 items.
  • श्रम स्वीकृति एक घण्टा भित्रै दिने व्यवस्था गर्न श्रममन्त्री आर्यालको निर्देशन

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका छन ।वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 303 पटक पढिएको
  • हजुरबुवा नातिको हत्या गर्नेहरु पक्राउ

    काठमाडौं । धारिलो हतियार प्रयोग गरी हजुरबुवा र नातीको हत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले दुई जनालाई पक्राउ गरेको छ ।फागुन १ गते बिहान ६ बजे नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवास्थितमा गण्डक बाँधको जग्गामा कुटि बनाई बसेका वर्ष ७० को अक्षयलाल चमार र उनका नाती वर्ष १२ को गौचरण चमारलाई धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनामा अनुसन्धानको लागि व्यूरोबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीमा खटिइ गएको थियो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी र ईलाका प्रहरी कार्यालय बेलाटारी समेतको संयुक्त टोलीले अनुसन्धान गरि घटनामा संलग्न व्यक्तिहरूलाई चैत ३ गते पक

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 277 पटक पढिएको
  • प्रेम प्रस्ताव इन्कार गर्दा युवतीको हत्या

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्माको हत्या आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो । प्रहरीले लामालाई शुक्रबार राति पक्राउ गरेको थियो ।१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो । हत्या आरोपी गोकर्णेश्वर न

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 258 पटक पढिएको
  • महरालाई कारबाही गर्न गृहको निर्देशन

    काठमाडौं ।  गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको छ ।सुन प्रकरणमा संलग्न रहेकाले उच्चस्तरीय छानबिन आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले बतायो।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो।यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोटमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।गृहमन्त्री लामिछानेले आइतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्या

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 372 पटक पढिएको
  • विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाण्डौ  ।   विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन: गृह मन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन । विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन। गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा केह

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 293 पटक पढिएको
  • रसुवामा ४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । केन्द्रका अनुसार, यो धक्का ०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो । गोरखा भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ५९६ परकम्प मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 349 पटक पढिएको
  • संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक

    काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्दै छ ।बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।कांग्रेसले सहकारी अनियमिततामा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 535 पटक पढिएको
  • बस ट्रकमा ठोक्किदा १ जनाको मृत्यु, ४ घाइते

    काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत  इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिराखेको ट्रकसँग बस ठोक्किएर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबार राति रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन । उक्त घटनामा परी ४ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको हो ।दुर्घटनामा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका हाकिम मिया, बसमा सवार सर्लाही ब

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 386 पटक पढिएको
  • दक्षिणी आइस्ल्याण्डमा ज्वालमुखी विष्फोट

    काठमाडौं । दक्षिणी आइसल्याण्डमा ज्वालामुखी विष्फोटका कारण आपतकालीन अवस्थाको घोषणा गरिएको छ । गत डिसेम्बरपछि चौथोपटक रेक्जेन्स प्रायद्धीपमा ज्वालामुखी विष्फोट भएको हो ।ज्वालामुखी विष्फोट भएको ठाउँबाट नजिकैको सानो शहर ग्रिन्डाविक सबैभन्दा बढी प्रभावित भएको छ । प्रभावित क्षेत्रका सर्वसाधारणलाई घर घोड्न आग्रह गरिएको छ । साथै त्यहाँको लोकप्रिय पर्यटकीय गन्तब्य मध्येको ब्लु लगुन पनि खाली गराइएको छ ।प्रभावित क्षेत्र वरपर विशाल लाभा फैलिएको छ । जसकारण वरपरको क्षेत्र धुँवाको मुस्लो उडिरहेको छ । आइसल्याण्डको हवाई क्षेत्रलाई भने खुल्ला राखिएको छ ।नागरिक सुरक्षा सेवाका अनुसार ज्वालमुखी विष्फोट स्थानी

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 277 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.