काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत  इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिराखेको ट्रकसँग बस ठोक्किएर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । 

शनिबार राति रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन । उक्त घटनामा परी ४ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको हो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोककी पूजा गुप्ता, भारत नागरिक अम्बर नाथ कुमार र रीता गुप्ता घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।