समाचार

    Showing 1,741-1,750 of 19,011 items.
  • आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

    रौतहट— पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ । नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँ ले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे। नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएक

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 390 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ घण्टापछि फेरि सञ्चालनमा आएको छ ।विमानस्थलका अनुसार धावनमार्गको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा साँझ साढे ५ बजेबाट उडान र अवतरण अवरुद्ध भएको थियो ।लाइटिङको समस्या हुँदा केही अन्तर्राष्ट्रिय जहाजहरू आकाशमा ‘होल्ड’मा राखिएका थिए भने केहीलाई वैकल्पिक गन्तव्यमा पठाइएको थियो ।आन्तरिक उडानका जहाजहरू भने विमानस्थलमै रोकिएका थिए । समस्या समाधान भएपछि विमानस्थल अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 230 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 219 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 168 पटक पढिएको
  • आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछवृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 320 पटक पढिएको
  • लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या उत्पन्न भएपछि शनिबार साँझदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् ।विमानस्थलका अनुसार शनिबार बेलुका करिब साढे ५ बजेदेखि विमान उडान र अवतरणका लागि आवश्यक लाइटिङ सिस्टममा प्राविधिक समस्या देखिएको हो । समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको विमानस्थलले जनाएको छ ।रात्रीकालीन उडानका लागि आवश्यक लाइट पूर्णरूपमा सुचारु नभएकाले अहिले सबै उडान र अवतरण रोकिएका छन्। के समस्या भएको हो भन्ने पत्ता लगाउने काम भइरहेको छ ।सिष्टम बिग्रिएपछि अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै फन्को मारिरह

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 153 पटक पढिएको
  • सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

    जनकपुर । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् ।शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए । सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन् । उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गरा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 138 पटक पढिएको
  • जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिक

    काठमाडौं । ‘प्रतिगमनलाई रोकौं, यथास्थितिवादलाई चिरौं, अग्रगमनकारी परिवर्तनको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिकीकरण भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत जेनजी केन्द्रले अवधारणापत्र सार्वजनिकीकरण गरेको हो ।जेनजी विद्रोहको कार्यभार पूरा गर्ने उद्देश्यका साथ जेनजी केन्द्र गठन भएको बताइएको छ । भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखी शान्तिपूर्ण ढंगले भदौ २३ गते शान्तिपूर्ण विद्रोह गर्दा २४ गतेको आन्दोलन हुन पुगेको बताइएको छ ।यसैगरी जयश्वर विकले जेनजी विद्रोहको भावना र परिवर्तनको स्पिरिटअनुरुप प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली स

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 110 पटक पढिएको
  • सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौँ प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता बमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ ।यससँगै नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्ष

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 116 पटक पढिएको
  • सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ ।सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।दुई दिनसम्म चलेको ट्रफी टूरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो ।दोस्रो दिन शनिबार ट्रफीलाई बिहान धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु गरियो। त्यसपछि चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी ट्रफी टूर सम्पन्न भएको थियो ।शुक्रबार धनगढीबाट नेपाल क

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 124 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा