समाचार

    Showing 17,001-17,010 of 25,908 items.
  • रामेछापमा सुमो दुर्घटना: एकको मृत्यु, सात घाइते

    काठमाडौं— रामेछापमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्। मृत्यु हुनेमा मन्थली नगरपालिका–७ भटौली रोकेछापकी मैयाँ विक रहेकी छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरी जाँदै गरेको प्र ३–०१–०२३ च ३९०९ नम्बरको सुमो मंगलबार साँझ मन्थली नगरपालिका–७ भटौलीको कल्लेरीमा दुर्घटना भएको हो। घाइतेको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः असार २६, २०८१
    • 361 पटक पढिएको
  • आज कोशी र मधेस प्रदेशमा अधिक वर्षा हुने

    काठमाडौं— अहिले देशभर मनसुनी वायुको प्रभाव छ। जसका कारण काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा गएराति देखि नै वर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक

    • प्रकाशित मितिः असार २६, २०८१
    • 458 पटक पढिएको
  • स्पेन युरोकपको फाइनलमा, फ्रान्स २-१ ले पराजित

    काठमाडौं— स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहान म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भन

    • प्रकाशित मितिः असार २६, २०८१
    • 401 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डक

    • प्रकाशित मितिः असार २६, २०८१
    • 287 पटक पढिएको
  • विराटनगरमा मध्यरातमा ग्याङफाइट, कटहरीका करणको मृत्यु

    विराटनगर— मध्यरातमा विराटनगरमा भएको ग्याङफाइटमा एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुई समूहबीच भएको झडपका क्रममा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै  झडप हुँदा कामतका साथी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको कोखा र ढाडमा गम्भीर चोट लागेको छ ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रंगेलीका १६ वर्षीय ए

    • प्रकाशित मितिः असार २५, २०८१
    • 536 पटक पढिएको
  • मुकुल भन्छन्— रवि लामिछानेको क्लबबाट निष्कासित भएको हुँ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीलगायत पार्टीको जिम्मेवारीबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीको निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफू लामिछानेको क्लबबाट निष्काशित भएको बताएका हुन्।‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ,रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।रास्वपाले निलम्बित महामन्त्री ढकाललाई पार्टीका सम्पूर्ण जिम्

    • प्रकाशित मितिः असार २५, २०८१
    • 592 पटक पढिएको
  • नारायणी नदी किनारमा तीन जनाको शव फेला

    काठमाडौं— नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको छ। पूर्व नवलपरासीस्थित गैँडाकोट नगरपालिका–१ मजुवा सामुदायिक वन नजिकै नदी किनारमा तीन जनाको शव फेला परेको हो। प्रहरीका अनुसार मंगलबार बिहान १० बजेको समयमा त्यहाँ २ जना पुरुष र एक महिलाको शव फेला परेको हो।अन्दाजी ६० र ४५ वर्षीय पुरुष र अन्दाजी ४५ वर्षीया महिलाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। माछा मार्न गएका केही व्यक्तिहरुले तीन शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शवको प्रकृती हेर्दा अन्तबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि

    • प्रकाशित मितिः असार २५, २०८१
    • 297 पटक पढिएको
  • मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।पार्टीको निर्णय सुनाउनुहुँदै कार्यवाहक प्रवक्ता मनीषा झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ (१) को क, ख, च, प र फ एवम् दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेतको उल्लङ्घन भएको ठहर गरेको बताए । उनले त्यसबाट पार्टीलाई प

    • प्रकाशित मितिः असार २५, २०८१
    • 804 पटक पढिएको
  • अवैध लागुऔषधसहित पाँच जना पक्राउ

    काठमाडौं— अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ परेका छन्।  प्रहरीले सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलबाट अवैध लागुऔषध ब्राउनसुगर ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–७ घर भएका २६ वर्षीया राधिका बुढा र सुर्खेत विरेन्द्रनगर नगरपालिका–३ बस्ने २८ वर्षीय संजय केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। त्यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका–१० ताम्राङ स्थित सडकबाट अवै

    • प्रकाशित मितिः असार २५, २०८१
    • 325 पटक पढिएको
  • शारीरिक यातना भोग्दै अझै ३४ राजबन्दी भुटानी जेलमा

    काठमाडौं— भुटानमा ३१ वर्ष १० महिनादेखि राजनीतिक बन्दीका रूपमा थिम्पुको चेम्गाङ केन्द्रीय कारागारमा रहेका रामबहादुर राई रिहा भएका छन्। उनी शुक्रबार रिहाइ भएको र लगत्तै उनी भारत–भुटान सीमाको भारतीय भूमि जयगाउँ हुँदै आइतबार भुटानी शरणार्थी शिविर बेलडाँगी पुगेका छन्। राजनीतिक कारणले पक्राउ गरिएका ३४ जना राजबन्दी भुटानका विभिन्न जेलमा छन्। उनीहरूमध्ये अधिकांश नेपालीभाषी छन्। भुटानी राजनीतिकबन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)का संयोजक राम कार्कीले राई रिहा भएको जानकारी दिए। अभियानले भुटानी जेलमा रहेका राजबन्दीहरूको रिहाईका लागि अन्तराष्ट्रिय रूपमा दबाब दिँदै आएको छ।‘भ

    • प्रकाशित मितिः असार २५, २०८१
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.