काठमाडौं— रामेछापमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्। 

मृत्यु हुनेमा मन्थली नगरपालिका–७ भटौली रोकेछापकी मैयाँ विक रहेकी छन्।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सदरमुकाम मन्थलीबाट खाँडादेवी गाउँपालिका–९ पिङ्खुरी जाँदै गरेको प्र ३–०१–०२३ च ३९०९ नम्बरको सुमो मंगलबार साँझ मन्थली नगरपालिका–७ भटौलीको कल्लेरीमा दुर्घटना भएको हो। 

घाइतेको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।