समाचार

    Showing 1,681-1,690 of 26,789 items.
  • बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’

    रामेछाप / काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’ गरिएको छ।जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२ः३३ बजे जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो। प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको अवस्था सुनिश्चित भएपछि अर्को सूचना जारी गरी बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ।जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्

    • प्रकाशित मितिः असार २९, २०८३
    • 154 पटक पढिएको
  • कञ्चनपुर महिलामाथि बाघको आक्रमण, उपचार जारी

    धनगढी। कञ्चनपुरको शुक्लाफाँटा जंगलमा घाँस काट्न गएकी एक महिलामाथि बाघले आक्रमण गरेको छ। आक्रमणमा बेलडाँडी गाउँपालिका–५ निवासी धनादेवी उपाध्याय घाइते भएकी हुन्।प्रहरीका अनुसार आइतबार साँझ जंगलमा घाँस काटिरहेका बेला बाघले अचानक आक्रमण गरेको थियो। स्थानीयको सहयोगमा उनको उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।हाल उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 198 पटक पढिएको
  • फिफा विश्वकपको रौनक स्नेपाल खेल पर्यटनका लागि अब्बल गन्तब्य, अर्थतन्त्रमा ठूलो हिस्सेदार

    काठमाडौं / नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने प्रमुख आधार प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति र साहसिक गतिविधि हुन् । पछिल्लो समय पर्यटनको नयाँ आयामका रूपमा खेल पर्यटन पनि चर्चामा छ । खेल हेर्न, खेल्न वा खेलसँग सम्बन्धित गतिविधिमा सहभागी हुन गरिने यात्रालाई खेल पर्यटनका रूपमा बुझिन्छ । विश्वका धेरै देशले खेलकुदलाई पर्यटन, अर्थतन्त्र र देशको ब्रान्डिङसँग जोडेर ठूलो लाभ लिइरहेका बेला नेपालमा पनि खेल पर्यटनको सम्भावना बढ्दै गएको छ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने देशहरूले खेलमार्फत लाखौँ पर्यटक भित्र्याउने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र विश्व बजारमा आफ्नो पहिचान स

    • प्रकाशित मितिः असार २९, २०८३
    • 232 पटक पढिएको
  • रोशी खोलाको जोखिमले रोकियो बीपी राजमार्गको यात्रा

    काभ्रेपलाञ्चोक। रोशी खोलाको जलाधार क्षेत्रमा लगातार वर्षा भएपछि सम्भावित बाढी र सडक जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार सडक सुरक्षित रहेको पुष्टि नभएसम्म सवारीसाधन ‘होल्ड’ गर्ने निर्णय गरिएको हो। अवस्था सामान्य भएपछि मात्रै पुनः यातायात सञ्चालनबारे सूचना जारी गरिने उनले बताए।प्रहरीले यात्रु र चालकलाई अत्यावश्यक बाहेक बीपी राजमार्ग प्रयोग नगर्न, मौसमको अवस्था निरन्तर निगरानी गर्न तथा आवश्यक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न आग्रह

    • प्रकाशित मितिः असार २९, २०८३
    • 167 पटक पढिएको
  • योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ: उपाध्यक्ष भट्ट

    काठमाडौं / प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगति सम्बन्धमा छलफल गरिएको छ ।बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने जानकारी दिए । समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए ।उनले भने, ‘१० दिनभित्र राष्ट्रिय योजना आयोगले समितिमा उठेका कुराहरु लिखित

    • प्रकाशित मितिः असार २९, २०८३
    • 172 पटक पढिएको
  • ठेक्का विवादबीच जर्मन कम्पनीबाट राहदानी छपाइ सुरु

    काठमाडौं। नेपालमा नयाँ राहदानी उत्पादन प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबारदेखि जर्मन कम्पनी म्युहलबउर र भेरिडोस ले राहदानी छपाइ सुरु गरेका हुन्।नयाँ प्रणालीको शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए। पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापेर सेवा सुरु गरिएको राहदानी विभागले जनाएको छ।विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सफलतापूर्वक नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। अब राहदानीको व्यक्तिगत विवरण सङ्कलनदेखि छपाइसम्मको सम्पूर्ण प्रक्रिया नयाँ प्रणालीबाट सञ्चालन हुनेछ।विभागले सुरुवाती केही दिन प्रणालीमा सामान्य प्राविधिक समस्या वा राहदानी वितरणमा

    • प्रकाशित मितिः असार २९, २०८३
    • 253 पटक पढिएको
  • ‘सुझाव दिन्छौं, लागू हुँदैन’ - योजना आयोगले सुनायो आफ्नै सीमाको पीडा

    काठमाडौं। राष्ट्रिय योजना आयोगले विकास आयोजनाको अनुगमन गरे पनि आफ्ना सुझाव कार्यान्वयन गराउने कानुनी अधिकार नभएकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जनाएको छ। आयोगका अधिकारीहरूले आफूहरू अहिले ‘सल्लाहकार संस्था’ जस्तै सीमित भएको बताएका छन्।प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै आयोगका सचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या सम्बन्धित मन्त्रालयलाई जानकारी गराइए पनि ती सुझाव कार्यान्वयन गराउने अधिकार आयोगसँग नभएकाले धेरै सिफारिस बेवास्ता हुने गरेको बताए।यस्तै, आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टले नेपालका लागि आगामी २५ वर्षको दीर्घकालीन विकास रणनीति तयार गर्न ‘भिजन–२०५०’ निर्माण

    • प्रकाशित मितिः असार २९, २०८३
    • 152 पटक पढिएको
  • पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं। नेपाल सरकारका पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको सोमबार निधन भएको हो।पोखरेलले २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। सार्वजनिक प्रशासन र गृह प्रशासनमा उनले पुर्‍याएको योगदानका लागि उनी परिचित थिए।परिवारका अनुसार उनको पार्थिव शरीरको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।उनका परिवारमा एक छोरा र तीन छोरी छन्।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 172 पटक पढिएको
  • मौसम : दर्जनौं जिल्लाका साना तथा ठूला नदीमा तिन दिन आकस्मिक बाढीको जोखिम

    काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न जिल्लामा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ। लगातारको वर्षाका कारण नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी ९पूर्व–पश्चिम०, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलालीलगायत जिल्लाका साना नदीमा बाढीको जोखिम रहेको छ।बाढीविद् विनोद परा

    • प्रकाशित मितिः असार २९, २०८३
    • 192 पटक पढिएको
  • नयाँ प्रविधिबाट राहदानी सेवा सुरु, पहिलो दिनमै सेवाग्राहीले पाए पासपोर्ट

    काठमाडौं। राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी वितरण सुरु गरेको छ। सोमबारदेखि त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै नयाँ प्रविधिबाट राहदानी छाप्ने र वितरण गर्ने काम औपचारिक रूपमा सुरु भएको हो।विभागका अनुसार पहिलो दिनमै केही सेवाग्राहीले नयाँ प्रणालीबाट तयार भएका राहदानी प्राप्त गरिसकेका छन्। राहदानी लिन, नवीकरण गर्न वा नयाँ आवेदन दिन भने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगबाट पहिलेकै प्रक्रियाअनुसार सेवा लिन सकिने जनाएको छ।विभागले नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब तीन महिना लाग्न सक्ने भन्दै सुरुका दिनमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा

    • प्रकाशित मितिः असार २९, २०८३
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.