समाचार

    Showing 1,681-1,690 of 17,392 items.
  • उपाध्यक्ष घिमिरे भन्छिन लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ

    काठमाडौं— राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । उनले भनिन् ,‘जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजला

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 413 पटक पढिएको
  • भीमफेरी गाउँपालिकाद्वारा पाटन हेटौंडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण

    हेटौंडा— मकवानपुरको भीमफेरी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण गरिएको छ ।जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी गाउँपालिका कार्यालयले आज कम्प्युटर दुइ थान, प्रिन्टर ३ थान हस्तान्तरण गरिएको हो ।भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिष्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत जि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 386 पटक पढिएको
  • कांग्रेस सभापति देउवाको निवासमा भएको आक्रमणप्रति दुःख व्यक्त, अफवाहहरूप्रति खण्डन

    काठमाडौं— नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले एक प्रेस वक्तव्य जारी गर्दै भदौ २३ र २४ गतेको जेन–जी पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा भएको हिंसा र अफवाहप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।प्रेस वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत उनले व्यक्त गरेका छन्।वक्तव्यमा भनिएको छ कि ‘आन्दोलनलाई बदनाम गर्न र व्यक्तिगत स्वार्थ पूरा गर्न केही समूहहरूले देउवा निवाससहित विभिन्न स्थानमा आक्रमण र तोडफोड गरेका थिए ।’भदौ २४ गते देउवाको नि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 409 पटक पढिएको
  • संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र क

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 390 पटक पढिएको
  • पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

    काठमाडौं –  नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 392 पटक पढिएको
  • कोशी सरकारले आन्दोलनपीडित परिवारलाई काजक्रियाका लागि राहत दिने निर्णय

    विराटनगर—  जेन्जी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले पाँच लाख रुपैयाँसम्मका सम्पूर्ण योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिँदै आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा सरकारको तर्फबाट गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको र आन्दोलनमा संलग्न मृतकका परिवारलाई काजक्रियाका लागि एक–एक लाख रुपैयाँ दिने निर्णय भएको बताए ।त्यस्तै, आन्दोलनका क्रममा भएको भौतिक पूर्वाधारको क्षतिबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई कार्तिक ९ गतेसम्मको समय सिमा दिइएको छ ।यसैबीच, कोशी प्रदेश सरकारका मुख्यमन्

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 279 पटक पढिएको
  • आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।  राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने छिन्। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 180 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागको थोरै तथा तराई भूभागको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 207 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 181 पटक पढिएको
  • ‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’

    काठमाडौं— नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।बिहीबार काठमाडौंमा आयोजित महिला सरकारी वकील सम्मेलनलाई सम्बोधन गर्दै उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेसामा आउँदा भने पटक–पटक आत्मग्लानी भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको संकेतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् ।‘अ

    • प्रकाशित मितिः असोज २, २०८२
    • 94 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा