समाचार

    Showing 1,671-1,680 of 23,409 items.
  • आज विश्व मूर्ख दिवस मनाइँदै

    काठमाडौं— आज विश्व मूर्ख दिवस मनाइँदै छ । आज अप्रिल १ तारिख अर्थात ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ ।आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउने गर्दछन् । ‘विश्व मूर्ख दिवस’ प्रत्येक वर्ष १ अप्रिल (चैत्र १९) मा मनाइने गरिन्छ ।पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थालेका हुन् । यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 365 पटक पढिएको
  • कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 357 पटक पढिएको
  • एमाले संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं— नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।बैठक आज दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार आजको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना छ ।फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ जना सांसद रहेका छन् । बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 364 पटक पढिएको
  • पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत

    काठमाडौं— मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ सम्म मूल्य बढेको छ ।केही दिनअघि मात्र पेट्रोल र डिजेलमा न्यूनतम मूल्य समायोजन गरिएकाले उपभोक्तालाई थप आर्थिक भार नपरो भन्ने उद्देश्यले यी प्रमुख इन्धनहरूको खुद्रा मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 404 पटक पढिएको
  • रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग पुन सञ्चालनमा

    रामेछाप— रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझबाट रोकिएका बिपी राजमार्गमा आज बिहानबाट पुन सञ्चालनमा आएको छ ।साँझदेखि अनिश्चित कालीन रूपमा यातायात सञ्चालन रोकिएको लगाइएको सडक बिहानबाट खोलिएको प्रहरीले जनाएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले हिजो साँझ ७ बजेदेखि राजमार्ग बन्द गरेको थियो ।प्रहरीका अनुसार राजमार्गअन्तर्गत भकुन्डे–नेपाल थोक खण्डमा भारी वर्षाका कारण रोशी खोलामा जलस्तर बढेको कारण सडक बन्द गरिएको हो । तर खोलामा पानीको सतह घटेपछि पुन यातायात साधन छाडिएको छ।प्रहरीले खोलामा पानीको सतह बढ्ने बित्तिकै सडक बन्द हुने भएकोले राजमार्गको अवस्था बुझे

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 346 पटक पढिएको
  • एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे

    काठमाडौं— नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका थिए।उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाईँ पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेका हुन् ।गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन् । गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए । उक्त घटनाले आफू निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए ।गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईँल

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 372 पटक पढिएको
  • सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै

    काठमाडौं— संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरिएको छ ।बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाकारी दिए ।बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने महासचिव पाण्डेले जनाकारी दिए ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 352 पटक पढिएको
  • चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    बागमती। चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको होे । चट्याङ लागेर  घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 226 पटक पढिएको
  • विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

    काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका क

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 212 पटक पढिएको
  • महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन्ः शोभा पाठक

    काठमाडौं— शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् ।सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन् । उनले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउने समेत अडान राखिन् ।‘महेश बस्ने कदापि उम्कन सक्नुहुन्न । कानुनी दायरामा ल्याएर छाड्छु । म बाचा गर्छु यो कुनै आरोप होइन । सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन । सरकारले ल्याउन मिल्दैन होला तर मैंले ल्याउन मिल्छ । म कठालो समातेर माइती

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 457 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.