मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम
काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसा कुमारी दहालले उक्त जानकारी दिँदै, तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन् ।“संघीय इकाइबीचको विधायिकी अन्तरसम्बन्ध विषयमा प्रदेश र स्थानीय तहमा प्रत्यक्ष अध्ययन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेका छौं,” सभापति दहालले भनिन् ।बैठकले अध्ययन भ्रमणको मिति भने का
रामेछाप— काठमाडौं उपत्यका तथा तराई क्षेत्रबाट समेत एक दिनको तीर्थयात्रा गर्नेको लागि रामेछापको खाँडादेवी मन्दिर उपयुक्त तीर्थस्थल बनेको छ । राजधानी काठमाडौंबाट ४ घण्टाको यात्रामा पुगिने खाँडादेवी मन्दिरसम्म सबै खालका यातायात साधन पुग्ने भएकोले बच्चा देखि ज्येष्ठ नागरिकसम्मको लागि यो उपयुक्त तीर्थस्थल बनेको छ । काठमाडौंबाट बिहान सवारीसाधनमा निस्कँदा खालि पेटमा नै मन्दिर दर्शन गर्न भ्याइने र दर्शन गरेपछि मन्दिरमा केही बेर रमाएर पुनः घर फर्कन सकिने भएकोले यो एक दिनको बिदामा घुम्न र दर्शन गर्न आउनेको लागि उपयुक्त तीर्थस्थल भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।&nbs
काठमाडौं— मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा भएको सरकार गठन प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवनअगाडि विरोध प्रदर्शन गरेका छन्।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मङ्गलबार प्रदेश सभा भवनअगाडि धर्ना दिएका छन्। विरोधमा उत्रिएका यी दलहरूले मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहर गर्दै एमालेको नेतृत्वमा बनेको यो सरकारलाई ुअवैध सरकारु भनेका छन्।धर्नामा सहभागी सांसदहरूले सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दाबी गर्दै तिब्र नाराब
काठमाडौं— चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकर समेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जनकपुरधाम— मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिवासस्थित पानस होटलमा यादवलाई मुख्यमन्त्रीका रुपमा नियुक्ति र शपथ खुवाएपछि सात दल रिट लिएर सर्वोच्च अदालतमा गएका हुन् ।यादवले नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताए पनि प्रदेश प्रमुख भण्डारीलाई सरकारले सोमबार नै बर्खास्त गरिसकेको छ।प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएकाले यादवलाई संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुख भ
काठमाडौं— नेपाल ट्रेड युनियन कांगे्रसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांगे्रसका कार्यवाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो ।कावा सभापति खड्कालाई ज्ञापन पत्र बुझाउँदै टे«ड युनियन कांगे्रसले फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांगे्रसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहनु भएका श्रमिकहरुलाई कार्यस्थलबाट नै मतदानको व्यवस्था गर्नुपर्नेलगायतका मागह
बाजुरा— बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेका छन् ।विद्युतको पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । साथै, हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्धुतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेको हो। लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।दुर्घटनामा प
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन् । उनले भने, ‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियौ, बीमा कम्पनीहरुले पूर्ण मूल्यांकन हुनुभन्दा अगाडी नै अनुमान गरिएको रकमको ५० प्रतिशत अग्रिम दिनुपर्छ । ताकी व्यवसायीहरुले त्यो अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरौ भनेर त्यो गरेको त्ये अहि
ललितपुर— ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो । आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन बच्ने र मोबाइलमा सन्देश पठाउनसक्छ । उक्त सिस्टमको डेमो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले डेमो स्वरुप जडान गरिएको प्रणालीले राम्रो काम गरे प्रत्येक चोकमा आपतकालीन सूचना प्रणालीक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.