समाचार

    Showing 15,631-15,640 of 25,862 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 277 पटक पढिएको
  • पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी

    गण्डकी । पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौवटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् ।टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण सङ्ख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ ।उनका अनुुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 351 पटक पढिएको
  • बढ्दो मानव–हात्ती द्वन्द्वः २० वर्षमा दुई सय ७४ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ ।हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । यो अवस्थामा मानव–वन्यजन्तु द्वन्द्व एक टड्कारो समस्याका रूपमा बढ्दै गएको छ ।आर्थिक वर्ष २०७९र०८० मा मात्र नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 357 पटक पढिएको
  • नेपालगञ्जमा मोमोे महोत्सव हुँदै

    जानकी (बाँके) । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमोे महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए । सिद्धार्थले यसअघि विसं २०८० माघ ११, १२ र १३ गते पहिलो मोमोे महोत्सव आयोजना गरेको थियो । पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मोमोे राखिएको भन्दै मोमोको परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।तीन दिनसम्म सञ्चालन हुने उक्

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 376 पटक पढिएको
  • ओझेलमा छन् रौतहटका पर्यटकीयस्थल

    चन्द्रपुर (रौतहट) । पछिल्लो समय रौतहटमा पर्यटकहरूको लागि नयाँ गन्तव्यस्थलहरू बढ्दै गएका छन् । खासगरी ऐतिहासिक महत्व बोकेका क्षेत्रहरूलाई पर्यटकहरूको गन्तव्य बनाइएको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेका शिवनगरको शिव मन्दिर, पौराईको ब्रह्मस्थान, नजरपुर कृष्ण मन्दिर, सन्तपुरको मरधर सिमसार क्षेत्र, गौरस्थित बरहवा सिमसार, शहीद स्मृति पार्क, तिलेश्वर पार्क, जङ्गे झरना, शिवनगर मन्दिर, दुर्गाभगवती मन्दिर, पौराइ बह्मस्थानलगायत दर्जनभन्दा बढी ऐतिहासिक महत्वका स्थलहरू रौतहटमै पर्दछ । यी विभिन्न गन्तव्यस्थलहरूको बारेमा संक्षेपमा यहाँ उल्लेख गरिएको छ ।नुनथर क्षेत्रपूर्व–पश्चिम महेन्द्र राजमार्गको बागमती खण्

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 404 पटक पढिएको
  • नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो ।तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 393 पटक पढिएको
  • नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय

    गण्डकी । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो ।नयाँ छात्रावास भवन एक सय विद्यार्थी क्षमताको पाँचतल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको आवासका रूपमा प्रयोग गर्ने योजना रहेको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण अघि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 418 पटक पढिएको
  • सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

    गण्डकी । कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको  पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहकार्यमा पर्यटकीय सम्भावनाको अध्ययन गरी कप्रुडाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । दश वर्षअघिसम्म कप्रुडाँडा भेँडीगोठ र गाईभैँसीको चरन क्षेत्र थियो । गोठालाहरूले पशुवस्तुु लिएर जाने स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । पर्यटकीय सम्भावना

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 281 पटक पढिएको
  • प्रचण्ड भन्छन्–‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, ‘शान्तिप्रक्रियालाई जटिल मोडमा पु¥याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले ट

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 382 पटक पढिएको
  • राप्तीमा ४१ गोही छोडियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना रहेको छ । गत आवमा एक सय पाँच गोही नदीमा छोडिएको भन्दै नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई नदीमा छोड्ने गरिएको उनले जानकारी दिए ।हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा एक हजार नौ सय ९८ गोही छोडिसकिएको निकुञ्जका सूचना अधिकारी थापामगर उल्लेख गरे । ती गोही बच

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 249 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.