समाचार

    Showing 15,531-15,540 of 25,854 items.
  • धरानमा सिलामसाक्मा र च्याब्रुङको प्रतिमा निर्माण

    धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१९ मा रु आठ लाख लागतमा निर्माण गरिएको लिम्बूहरुको संस्कृति झल्काउने सिलामसाक्मा र च्याबु्रङको प्रतिमा अनावरण गरिएको छ । माघे सङ्क्रान्तिका अवसरमा आज धरान–१९ बालक चौकमा निर्मित सिलामसाक्मा र च्याब्रुङ बाजाको प्रतीमाको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले अनावरण गरेका हुन् । उनले सिलामसाक्माले इतिहास, भाषा लिपि संस्कृतिलाई बचाउँदै लिम्बू जातिलाई नमासिने समुदाय बनाएको बताए ।दाताहरुबाट सङ्कलन गरिएको रु १६ लाख ८६ हजार छ सय ६५  मध्येबाट रु आठ लाख ४५ हजारमा प्रतिमा निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष जायत्रा तेयुङ लिम्बूले बताए ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • 256 पटक पढिएको
  • माघे संक्रान्तिको शुभकामना आदानप्रदान गर्दै काठमाडौंमा गुञ्जियो इलाम

    काठमाडौं । काठमाडौंमा बसेका इलामेलीले माघे स‌क्रान्ति पर्व मनाएका छन् । इलाम विकास समाजको अगुवाइमा भएको कार्यक्रममा गृह जिल्ला इलाम भइ काठमाडौंमा बसोबास गर्दै आएका इलामेलीको उल्लेख्य सहभागिता थियो ।कार्यक्रममा प्रमुख अतिथि झलनाथ खनालले व्यक्तिगत विकासको विषयले नागरिकमा चिन्ता बढेको बताए । उनले भने, 'माघे संक्रान्ति वर्षेनी आइरहन्छ तर हाम्रो जीवन कसरी अगाडि बढिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो । हामीले जीवनलाई अग्रगति दिने भनिरहेका बेला अगाडि बढिरहेका छौँ कि यथास्थितिमै छौँ अथवा पछाडि परेका छौँ भन्ने विषय अहिले चिन्ताको विषय हो ।'नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले देशको विकास तीव्र गति

    • प्रकाशित मितिः माघ १, २०८१
    • 466 पटक पढिएको
  • बाहुनडाँगीमा तरुल महोत्सवः तरुलबाट बनाइएका मःम, पकौडा अवलोनकर्ताको रोजाइमा

    झापा । मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित अन्तर्राष्ट्रिय तरुल महोत्सव नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ ।मेचीनगर नगरपालिकाले आयोजना गरेको तीन दिवसीय उक्त महोत्सव सोमबार सुरु भएको हो । विगत दुई वर्षदेखि बाहुनडाँगीमा माघे सङ्क्रान्तिका अवसर पारेर तरुल महोत्सव हुँदै आएको छ ।तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा स्टल रहेको छभने तीन दिनमा ५० हजार अवलोकनकर्ताले रु ५० लाखबराबरको कारोबार गर्ने अपे

    • प्रकाशित मितिः माघ १, २०८१
    • 217 पटक पढिएको
  • पोखरामा मानिसक अस्पताल स्थापना गर्न पहल

    गण्डकी । पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए ।‘गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ’, उनले भने, ‘रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन क

    • प्रकाशित मितिः माघ १, २०८१
    • 313 पटक पढिएको
  • ‘स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन्’

    काठमाडौं । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताएका हुन् ।उनले  भने, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न एकदमै जरुरी छ । आजको  समयमा सबै व्रत लिने सबै नेपालीले स्वस्थानी के हो भनेर बुझेको अवस्था छैन । हामी सबैले बुझाउन आवश्यक छ । स्वस्थानीको ‘स्व’भनेको  ‘म, मेरो’ र थानी भने‘आफ्नो’,‘मेरो’आफ्नै देवता भन्ने बुझिन्छ । नेपालीहरुको इष्टदे

    • प्रकाशित मितिः माघ १, २०८१
    • 372 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्ष

    • प्रकाशित मितिः माघ १, २०८१
    • 283 पटक पढिएको
  • मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

    म्याग्दी । यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।  साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर सङ्घका सचिव खम थापामगरले बताए ।‘माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ’, उनले भने, ‘प्रकृतिका पुजारी मगर सम

    • प्रकाशित मितिः माघ १, २०८१
    • 249 पटक पढिएको
  • देवघाटमा आजदेखि माघेसङ्क्रान्ति मेला

    तनहुँ । माघेसङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघेसङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटब

    • प्रकाशित मितिः माघ १, २०८१
    • 228 पटक पढिएको
  • सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् ।संयोजक चौधरीले माघेसङ्क्रान्त

    • प्रकाशित मितिः माघ १, २०८१
    • 405 पटक पढिएको
  • आज पौषमा पकाएर माघमा खाने पर्वःमाघे सङ्क्रान्ति

    काठमाडौं । आज देशभर भर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिने गरेको पाईन्छ । माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन रहेको छ ।माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटोमुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालुसँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो । यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसो

    • प्रकाशित मितिः माघ १, २०८१
    • 285 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.