काठमाडौं । केही घण्टाको अविरल वर्षाले काठमाडौंको जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी अनामनगरस्थित धोबीखोला करिडोर जलमग्न हुँदा सडक नै नदीमा परिणत भएको छ भने दर्जनौं सवारीसाधन बाढीमा फसेका छन्। मदन भण्डारी कलेज आसपासको क्षेत्रमा पानीको बहाव एकाएक बढेपछि केही गाडी डुबेका छन्। फसेका सवारीसाधन निकाल्न प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका छन्।धोबीखोला करिडोरसँगै राजधानीका अन्य भित्री सडकहरू पनि डुबानमा परेका छन्। सडकमा पानी भरिएपछि सवारी आवागमन अवरुद्ध भएको छ भने कार्यालयबाट घर फर्किने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। निरन्तर वर्षासँगै नदी तथा खोलाको जलस्तर बढिरहेकाल
काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले श्रम ऐनलाई रोजगारदाता, श्रमिक र सरकार सबैको अपनत्व हुनेगरी वृहत छलफलपछि संशोधन गरिने बताएका छन्।बिहीबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले अहिले श्रम ऐन संशोधनका लागि आन्तरिक तयारी भइरहेको भन्दै ३५ दिनभित्र सबै सरोकारवालाको सुझाव समेटेर मस्यौदा तयार पार्ने बताए । उनले कुनै एक पक्षलाई केन्द्रमा राखेर ऐन बनाउन नहुने धारणा राखे । उनले भने,‘एक महिना होइन, ३५ दिन भन्छु । ३५ दिनभित्र ऐनलाई मूर्त रूप दिन वा कसरी वेष्ट बनाउने भन्नेतिर लाग्नुपर्छ । सबैलाई ऐन मेरो हो भन्ने अपनत्व होस् । रोजगारदाता, श्
काठमाडौं । सरकार गठनको १०० दिनपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह ले राजनीतिक दलहरूसँग संवादलाई तीव्र बनाएका छन्। यसक्रममा शुक्रबार सिंहदरबारमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीसँग करिब एक घण्टा लामो भेटवार्ता भयो। भेटमा संविधान संशोधन, रासायनिक मलको अभाव, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बिमा र संसदप्रति प्रधानमन्त्रीको जवाफदेहिता गरी पाँच प्रमुख विषयमा केन्द्रित छलफल भएको थियो।राप्रपाले सुकुम्बासीको व्यवस्थापनबारे चासो राखेपछि प्रधानमन्त्री शाहले व्यवस्थापन गरिने तर काठमाडौंभित्रै जग्गा उपलब्ध गराउन सक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले हो
काठमाडौं / चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१ दशमलव ६२ प्रतिशत सम्पन्न भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव ९ प्रतिशत, कर्णालीमा ६ दशमलव २ प्रतिशत, लुम्बिनीमा ५९ दशमलव ६ प्रतिशत, मधेशमा ५७ दशमलव ९ प्रतिशत, बाग्मतीमा ५७ दशमलव १ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४ दशमलव ९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जन
काठमाडौं । मुलुकको अर्थतन्त्र र वित्तीय प्रणालीसँग जोडिएका महत्वपूर्ण विषयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलबीच उच्चस्तरीय भेटवार्ता भएको छ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शेयर बजारको पछिल्लो अवस्था, बैंकिङ क्षेत्रका चुनौती, वित्तीय प्रणालीको स्थायित्व तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा मुलुकको वित्तीय क्षेत्रलाई थप प्रभावकारी, विश्वासयोग्य र चलायमान बनाउने उपायबारे विचार आदानप
काठमाडौं / थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा समस्या झन् जटिल बनेको जनाएको छ । आयोगले सरकारलाई पटक–पटक अध्ययन प्रतिवेदन र सिफारिस बुझाएपनि कार्यान्वयन हुन नसकेको भन्दै स्रोत–साधन र अधिकार अभावका कारण अपेक्षित काम गर्न कठिन भएको बताएको हो । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा भएको छलफल भएको थियो ।उक्त छलफलका क्रममा थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूले मुक्त कमैया र कम
भैरहवा । सिद्धार्थ राजमार्गमा भएको माइक्रोबस दुर्घटनाले एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा माइक्रोका ३० वर्षीय सहचालक सन्दीप बराल को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासीका गरी सात जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये कृष्णकुमारी बेलबासे लाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चा लाई मणिग्रामको क्रिमसन अस्पताल रेफर गरिएको छ। अन्य पाँच जनाको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटन
काठमाडौँ / नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व लिन थालेका छन् ।यसै क्रममा, एक बाल आविष्कारक एवं कोडर प्रविधि अधिकारी प्रतिष्ठित ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’मा आबद्ध भएकी छिन् । यो यस्तो मञ्च हो जहाँ बालबालिकाको जिज्ञासालाई रचनात्मकतामा ढाल्दै वास्तविक संसारका प्राविधिक समस्या समाधान गर्न सक्षम बनाइन्छ । प्रविधिले प्रविधिको क्षेत्रमा रहेका परम्परागत सामाजिक घेराहरूलाई तोड्दै अन्य कोडर छात्राहरूका लागि समेत उनी एउटा एक प्रेरणाको स्रोत बनेकी छिन् ।कोडिङ, गेम डेभलपमेन्ट, समस्या समाधान गर्ने क्षमता र सामूहिक सहकार्यका माध्यमबाट यस कार्यक्रमले विद्यार्
काठमाडौं । लामो समयदेखि रोकिएको सांसदहरूको स्वकीय सचिव (निजी सचिव) राख्ने सुविधा सरकारले पुनः ब्युँताएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै अब संघीय संसदका प्रत्येक सांसदले आफ्ना लागि स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम का अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै पुरानो व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो। मन्त्री गौतमले यसअघि सांसदहरूले पाउँदै आएको सुविधा पुनः कायम गरिएको बताउँदै अब स्वकीय सचिव नियुक्त गर्ने कानुनी बाटो खुलेको जानकारी दिइन्।यसअ
काठमाडौं । देशको राजनीतिक माहोल परिवर्तनतर्फ उन्मुख भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बीच सिंहदरबारमा उच्चस्तरीय भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, बदलिँदो सत्ता समीकरण, राष्ट्रिय सरोकारका विषय तथा आपसी चासोका विविध मुद्दामा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटवार्तामा प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.