काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए । उनले भने, ‘अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ। दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोड
काठमाडौं । नेपाल राष्ट्र बैंकलाई प्रविधिमैत्री, पारदर्शी र समावेशी बनाउने उद्देश्यसहित प्रतिनिधि सभामा विचाराधीन नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३ माथि १८ जना सांसदले ७७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार सबै संशोधनलाई स्वीकृति दिएका छन्।संशोधन प्रस्तावहरूमा विशेषगरी डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा ९ऋद्यम्ऋ०, क्रिप्टोकरेन्सी नियमन, साइबर सुरक्षा, महिला प्रतिनिधित्व, गभर्नरको कार्यकाल र सञ्चालकहरूको योग्यता जस्ता विषयलाई प्राथमिकता दिइएको छ।डिजिटल वित्तीय प्रणालीलाई कानुनी आधार दिन सांसदहरूले ‘डिजिटल बैंक’ को स्पष्ट परिभाषा रा
काठमाडौं। लगातारको वर्षासँगै देशभर झाडापखाला, हैजा, डेंगु र अन्य संक्रामक रोगका बिरामी बढ्न थालेपछि स्वास्थ्य निकायले नागरिकलाई दूषित पानी र अस्वच्छ खानाबाट विशेष सतर्क रहन आग्रह गरेको छ।मनसुन सक्रिय भएसँगै देशभर पानीजन्य तथा संक्रामक रोगको जोखिम बढेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार पछिल्लो एक सातामै ७८५ जना तीव्र झाडापखालाका बिरामी फेला परेका छन्।महाशाखाले इन्फ्लुएन्जा, श्वासप्रश्वास संक्रमण, डेंगु र स्क्रब टाइफसका बिरामी पनि बढिरहेको जनाएको छ। झाडापखालाका सबैभन्दा धेरै बिरामी बागमती प्रदेशमा भेटिएका छन्।यता, मेलम्ची खानेपानी आपूर्ति अवरुद्ध भई ट्यांकरको पानी प्
काठमाडौं। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले रुपन्देहीमा सञ्चालन भइरहेको बालसुधार गृह बालबालिकाका लागि उपयुक्त नभएको निष्कर्ष निकाल्दै तत्काल अर्को भवनमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ।रुपन्देहीस्थित बालसुधार गृहको वर्तमान भवन साँघुरो र बालबालिकाका लागि सुरक्षित तथा व्यवस्थित वातावरण दिन नसक्ने अवस्था रहेको भन्दै प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको हो।समितिले हाल प्रयोगविहीन रहेको जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा बालसुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई आवश्यक समन्वय गरी प्रक्रिया अघि
काठमाडौं। देशभर लगातार परेको वर्षाले बाढी, पहिरो, चट्याङ र अन्य विपद्का घटना बढेका छन्। पछिल्लो २४ घण्टामै ५८ वटा विपद्का घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। प्रशासनले उच्च जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।साउन २ गते साँझदेखि निरन्तर वर्षा भइरहेका कारण देशका विभिन्न जिल्लामा विपद्का घटना बढ्दै गएका छन्। प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशलगायतका ५८ घटना भएका छन्।खोटाङमा बाढीले दुई जनाको ज्यान लिएको छ भने दोलखामा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। सोही अवधिमा १३ जना घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको प्रह
काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रुपन्देहीस्थित बालसुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।हाल सञ्चालनमा रहेको भवन साँघुरो र बालसुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो । आइतबार बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बालसुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले हाल बालसुधार गृह रहेको भवन जिल्ला समन्वय समिति रु
काठमाडौं ।देशभर राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका ९५ जनप्रतिनिधिका पद रिक्त रहे पनि उपनिर्वाचनको टुंगो लाग्न सकेको छैन। कानुनी व्यवस्थाका कारण स्थानीय तहका ७५ पद आगामी निर्वाचनसम्म खाली रहने निश्चित देखिएको छ भने प्रदेश सभा र राष्ट्रिय सभाका रिक्त पदमा पनि मिति नतोकिँदा अन्योल बढेको छ।निर्वाचन आयोगका अनुसार हाल राष्ट्रिय सभाको १, प्रदेश सभाका १९ र स्थानीय तहका ७५ गरी कुल ९५ पद रिक्त छन्। स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुखदेखि नगर प्रमुख, गाउँपालिका अध्यक्ष र वडाध्यक्षसम्मका पद खाली छन्।स्थानीय तहको कार्यकाल सकिन एक वर्षभन्दा कम समय बाँकी रहेकाले प्रचलित कानुनअनुसार ती पदमा अब उपनिर
पोखरा। अविरल वर्षापछि पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रो क्षेत्रमा ठूलो पहिरो खस्दा सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएको छ। पहिरोले नदीको प्राकृतिक निकास रोकिएपछि माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेको प्रारम्भिक जानकारी आएको छ।घटनाको जानकारी पाएलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोली घटनास्थल पुगेर निरीक्षण गरेको छ।प्रशासनले नदी आसपासका बस्तीलाई सतर्क रहन आग्रह गर्दै पहिरो र नदीको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। लगातार वर्षा भइरहेकाले जो
काठमाडौं । आइतबार अपराह्न फेसबुकको ब्राउजर संस्करणमा समस्या देखिएपछि धेरै प्रयोगकर्ताले आफ्नो खाता खोल्न नसकेको गुनासो गरेका छन्। वेबसाइटमार्फत फेसबुक प्रयोग गर्ने क्रममा ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको प्रयोगकर्ताहरूले बताएका छन्।फेसबुकले प्रयोगकर्तालाई देखाएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता हाल उपलब्ध नभएको र समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गरिएको छ। साथै, केही मिनेटपछि पुनः प्रयास गर्न पनि सुझाव दिइएको छ।यस समस्यासँगै डाउनडिटेक्टर वेबसाइटमा ‘फेसबुक डाउन’ सम्बन्धी खोजी र रिपोर्टहरूको संख्या आइतबार दिउँसो साढे १ बजेपछि एक्कासि ब
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए। संयोजक प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए । भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन मा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरे ।उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.