समाचार

    Showing 1,381-1,390 of 26,787 items.
  • एआईदेखि बैंक, प्रहरी र शिक्षा ऐनसम्म : सरकारले यसै वर्ष संसद्मा लैजाँदै १६६ विधेयक

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ मा संघीय संसद्मा १६६ वटा विधेयक दर्ता गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ती विधेयकलाई प्राथमिकताका आधारमा तीन चरणमा विभाजन गरेर संसद्मा लैजाने कार्ययोजना तयार गरेको हो।सरकारले पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४२ र तेस्रोमा ५७ विधेयक राखेको छ। पहिलो चरणमा साउनदेखि कार्तिक, दोस्रो चरणमा मंसिरदेखि फागुन र तेस्रो चरणमा चैतदेखि असारसम्म विधेयक दर्ता गर्ने तयारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०, साइबर सुरक्षा, सूचना प्रविधि, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सतर्कता केन्द्र सम्ब

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 159 पटक पढिएको
  • कारागारमा कैदीबन्दीका सुविधा विस्तार, हरेक वर्ष नयाँ तन्ना र चाडपर्व खर्च ५ सय

    काठमाडौं । सरकारले कारागार नियमावली–२०८३ लागू गर्दै कैदीबन्दीका लागि थप सुविधा विस्तार गरेको छ। नयाँ व्यवस्थाअनुसार अब प्रत्येक कैदीबन्दीले हरेक वर्ष नयाँ तन्ना पाउनेछन् भने चाडपर्व खर्च ३ सयबाट बढाएर ५ सय रुपैयाँ पुर्‍याइएको छ।मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले कैदीबन्दीलाई स्वास्थ्य बीमा, पति–पत्नी भेटघाटमार्फत प्रजनन अधिकार, र भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुने सुविधा पनि दिएको छ।यस्तै, कारागारभित्र उद्यम केन्द्र सञ्चालन, मनोसामाजिक परामर्शको व्यवस्था, सहुलियत दरमा आवश्यक सामग्री उपलब्ध गराउने तथा कैदीबन्दीको भत्तासमेत व्यक्तिगत बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको छ।नया

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 221 पटक पढिएको
  • सरकारी कार्यालयलाई नयाँ कर्मचारी थप्न कडाइ

    काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनमा थप नियन्त्रण गर्ने निर्णय गर्दै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी निकायले नयाँ दरबन्दी सिर्जना गर्न नपाउने व्यवस्था लागू गरेको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले चालु आर्थिक वर्षका लागि २२ बुँदे निर्णय गर्दै नयाँ कर्मचारी संरचना विस्तारमा केन्द्रीय नियन्त्रण कायम गर्ने नीति लिएको हो।निर्णयअनुसार प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृतिबिना कुनै मन्त्रालय वा सरकारी कार्यालयले नयाँ दरबन्दी थप्न, अस्थायी पदपूर्ति गर्न वा स्थायी पदका लागि लोक सेवा आयोगमा माग पठाउन समेत पाउने छैन।बैठ

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 177 पटक पढिएको
  • उच्च अदालत पाटनको दाबी– ११ हजारभन्दा बढी मुद्दा टुंगियो, दुई वर्ष नाघेका सबै मुद्दा शून्य

    काठमाडौं । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२र८३ मा ११ हजार ४६८ मुद्दाको फैसला तथा फछ्र्योट गर्दै पुराना मुद्दा घटाउने अभियानमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।अदालतका अनुसार आर्थिक वर्षभर कुल १६ हजार १३९ मुद्दा लगतमा रहेकामा तीमध्ये ११ हजार ४६८ मुद्दा टुंगिएका छन्। यससँगै दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा फछ्र्योट भएको अदालतको दाबी छ।मुख्य न्यायाधीश लालबहादुर कुँवरका अनुसार न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ महिनाभन्दा पुराना मुद्दासमेत शून्यमा झारिएको छ। हाल एक वर्षभन्दा बढी समयदेखि विचाराधीन ३५३ वटा मुद्दा मात्रै बाँकी छन्।अदालतले विकास निर्म

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 155 पटक पढिएको
  • बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

    बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।दिउँसो करिब १:२५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढा, सोही ठाउँका ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा घाइते भएका छन्। त्यसैगरी हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 176 पटक पढिएको
  • भारतको कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो मालवाहक रेल

    विराटनगर । नेपाल–भारत व्यापार तथा पारवहन व्यवस्थामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक कार्गो रेल सिधै विराटनगर कस्टम यार्ड आइपुगेको छ। यससँगै तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ अब रेलमार्फत नै पूर्वी नेपालसम्म ल्याउने व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।शुक्रबार कोलकाताबाट छुटेको कच्चा पदार्थ बोकेको रेल सोमबार विराटनगर पुगेको हो। पहिलो कार्गोमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ रहेको छ।यो सेवाले विशेषगरी मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई ढुवानी खर्च र समय दुवै घटाउने अपेक्षा गरिएको छ। अब समुद्री बन्दरगाहबाट आएका कन्टेनर

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 310 पटक पढिएको
  • दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदाको नयाँ समीक्षा, १५ दिनभित्र सुझाव आउने

    काठमाडौं । सरकारले देशभर लागू भएको दुईदिने साप्ताहिक बिदा व्यवस्थापछि सार्वजनिक बिदा प्रणालीको समग्र समीक्षा गर्ने प्रक्रिया अघि बढाएको छ। बिदाको संख्या, आवश्यकता र प्रभावबारे अध्ययन गर्न अन्तरमन्त्रालयीय कार्यदल गठन गरिएको छ।सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकन आवश्यक ठहर गर्दै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।उक्त कार्यदललाई हाल लागू सार्वजनिक बिदा व्यवस्थाको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 150 पटक पढिएको
  • जेनजी शहीद परिवारलाई राहत प्याकेज कार्यान्वयन हुने

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरूका लागि सरकारले घोषणा गरेको राहत तथा सहायताको प्याकेज अब कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ।सोमबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले मन्त्रिपरिषद्बाट यसअघि स्वीकृत एकीकृत प्याकेज तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।यसअघि असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि विशेष राहत, सहयोग र पुनःस्थापनासम्बन्धी एकीकृत प्याकेज स्वीकृत गरेको थियो। अब त्यसलाई सम्बन्धित निकायमार्फत छिट्टै लागू गर्ने प्रक्रिया अघि बढाइने भएको छ।बैठकको निर्णयमा ुजेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 167 पटक पढिएको
  • गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    काठमाडौं / बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं। ०३÷०८३–८४८ जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो ।विभिन्न भौतिक बजारका साथै डिजिटल अनलाइन प्लेटफर्मका माध्यमबाट समेत दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ र लत्ताकपडाहरू अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति मन्त्रालय र व

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 198 पटक पढिएको
  • स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं / स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ परेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.0२-0६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.