काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई तोकेको छ ।यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । धौवजी अवकाशमा गएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक थापालाई आइतबारबाट सो जिम्मेवारी दिइएको हो ।
काठमाण्डौ । प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेलगत्तै बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाइले अदालतले थप एकपटक न्याय मरेको छैन भन्ने पुष्टि गरेको बताएका छन्। प्रसाइले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले आग्रह गरेपछि आजदेखि गरने भनिएको आन्दोलन र आम हड्तालको कार्यक्रमको ढाँचा परिवर्तन गरिएको पनि बताए। 'यो देशमा फेरि न्याय मरेको छैन भन्ने पुष्टि भयो। सर्वोच्च अदालतलाई मुरीमुरी धन्यवाद। मलाई गैरकानुनी थुनामा राख्न मिल्दैन भनेकोमा। ७ दिनको प्रहरी हिरासतबाट मुक्त हुँदै गर्दा मेरोबारेमा चासो र चिन्ता र
रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई वडास्तरबाट नै सबै सरकारी सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । भौगोलिक हिसाबले विकट गाउँका नागरिकलाई सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नु नपरोस् भनेर गाउँपालिकाको आयोजनामा सबै प्रशासनिक सेवा वडा कार्यालयबाट नै घुम्ती शिविर मार्फत दिइएको हो । शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशुबस्तुको औषधि वितरण लगायतका सेवा दिइएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । यो कार्यक्रम गाउँपालिका
विराटनगर । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आइतबार सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गरेका छन् ।कार्यक्रममा सहभागी विराटनगर विमानस्थल आइपुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए ।त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे । उनले विमानस्थलदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्त
काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा बस्ने नेपालीहरुसहित नेपालका निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकहरुका लागि मतदानको अवसर सुनिश्चित गर्ने उपायहरुसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार एक समारोहबीच अध्ययनका नतिजा, निष्कर्ष र सुझावहरुसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।प्रतिष्ठानले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई सश्लेषण गर्दै संसारका देशहरुले अवलम्बन गरेका भौतिक उपस्थितिमा, हुलाकमार्फत, प्रतिनिधिद्वारा, डिजिटल अर्थात आई र मिश्रित मतदान विधि ल्याएको उल्लेख गर्दै देशको परिवेश र आवश्यक्ता अनुसार विधिहरु छनोट गर्नुपर्ने औंल्याएको हो । जसमध्ये डिजिटल मतदानको अभ्यास
काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेको यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ ।मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन्। उनका अनुसार डिसेम्बरको पहिलो सातादेखि मुख्य सहरका हलहरूमा बक्स अफिस शो सुरु हुनेछ ।भट्टराईले मलेसियामा कार्यरत करिब पाँच लाख नेपालीलाई लक्षित गरी शो तालिका मिलाउने बताए । ‘मलेसियामा दिनभर खटिने नेपाली श्रमिकका लागि चलचित्र राम्रो मनोर
काठमाण्डौ । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले रिट जारी गरेको हो। प्रसाईंलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको रिट निवेदकको दाबी थियो।सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उक्त बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको हो।सर्वोच्चले दुर्गा प्रसाईंलाई छाड्न शनिबार सरकार र दुर्गा प्रसाईंपक्षबीच भएको वार्ता र सहमतिको आधारलाई टेकेको छ। अर्थात, सहमति भएपछि सन्दर्भ समेत परिवर्तन भएको सर्वोच्चको भनाइ छ।‘नि
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् । उनले भने,‘कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिर्वतनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्ति
काठमाडौं— आज जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् । आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुंपर्ने माग गरिएको बताए । उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठुलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गते
काठमाडौं— नयाँ शक्ति (नेसपा), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा सार्वजनिक गरिएको छ।आइतबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एकता समारोहमार्फत पार्टीको घोषणा गरियो। नयाँ रूपमा उदाएको यस पार्टीले आफ्नो चुनाव चिन्ह 'आँखा' रहेको जानकारी दिएको छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.