समाचार

    Showing 13,861-13,870 of 25,809 items.
  • राप्रपाका नेता रवीन्द्र, धवलशमशेर सहित २० आरोपितलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाण्डौ  ।  काठमाण्डौ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित राज्यविरुद्धको कसुरका २० आरोपितलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।गत चैत १५ गते तीनकुनेमा राजवादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा उनीहरुको संलग्नता रहेको आरोपमा प्रहरीले मिश्र, राणालगायतलाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्य ५४ जनालाई भने आपराधिक उपद्रवको कसुरमा अनुसन्धान थालिएको छ । ती मध्ये ५३ जनालाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ७४ जनाला

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 298 पटक पढिएको
  • बल्खुमा सभा सकिएपछि राप्रपाले आफैँ गर्‍यो सडक सफा, बालेनले दिए धन्यबाद

    काठमाण्डौ । राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन् । राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो ।सोही सभा सकिएपछि नेता कार्यकर्ता  र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको हो ।काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन् ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् । राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिएका थिए ।उनले भने, हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभि

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 355 पटक पढिएको
  • आज शिक्षक, राप्रपा, सहकारी र लघुवित्त पीडितको आन्दोलन, काठमाडौंका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’

    काठमाण्डौ ।  काठमाडौंको विभिन्न स्थानमा हुने आन्दोलनका कारण आज सवारी आवागमन प्रभावित हुने भएको छ। नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएपछि काठमाडौंको  सवारी आवागमन प्रभावित हुने भएको हो।राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुन

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 435 पटक पढिएको
  • नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

    काठमाण्डौ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो ।विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेको थियो ।विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चल

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 269 पटक पढिएको
  • आज काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने

    काठमाडौं— काठमाडौंका तीन स्थानमा मंगलबार प्रदर्शन हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न ठाउँमा कार्यक्रम गर्न लागेका हुन्।। राप्रपाले विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्न प्रशासनबाट अनुमति पाएका छन्।त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने तय भएको  छ । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ। सूचना जारी

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 312 पटक पढिएको
  • प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं

    काठमाडौं— काठमाडौं मंगलबार पनि विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेको छ। आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्यूआई २७१ छ। एक्यूआई२०० भन्दा माथिलाई विश्व स्थास्थ्य संगठनले अति अस्वस्थकर सूचीमा राखेको छ।​काठमाडौ‌ंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित शहर बनेका छन्।  वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । काठमाडौंमा दिउँसोपख हल्का पानीसँगै हावाको बेग पनि केही मात्रामा बढ्ने हुँदा वायु प्रदूषण पनि कम हुने मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए। 

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 371 पटक पढिएको
  • आज काठमाडौंसहित यी स्थानमा हुनेछ वर्षा

    काठमाडौं  ।  काठमाडौंसहित देशका केही स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको छ ।बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले वर्षाको सम्भावना बढेको हो ।मौसमविद्हरुका अनुसार आज वाग्मती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । दिउँसो काठमाडौं उपत्यकामा हल्का वर्षा हुनेछ ।काठमाडौंका केही स्थानमा हल्का र केही स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ । ठुलो हावा र वर्षा नभएसम्म काठमाडौंको प्रदुषण भने घट्ने सम्भावना नरहेको बताइएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 442 पटक पढिएको
  • काठमाडौंमा मिटरब्याज पीडितहरूको प्रदर्शन

    काठमाडौं— सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।सोमबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् ।सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नाला

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 304 पटक पढिएको
  • तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ

    काठमाडौं— तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको आंशकामा कुँवरलाई पक्राउ गरेको हो । अभिनेत्री समेत रहेकी कुँवरले उक्त घरको गेटमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।जिसीका अनुसार कुँवरलाई ललितप

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 378 पटक पढिएको
  • काठमाडौं महानगरः मेयरदेखि कर्मचारीले पाए तीन महिनादेखिको तलब

    काठमाडौं— काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज (सोमबार) तलब पठाइएको मान्धरले बताए। लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब पाउन सकेका थिएनन् । चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 351 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.