समाचार

    Showing 13,861-13,870 of 19,901 items.
  • खेल्न गएकी बालिकाको मैदान फाटेर बनेको प्वालमा खसेर मृत्यु

    कास्की  ।  पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु भएको छ।पोखरा महानगरपालिका- ८ नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली शनिबार खेल्ने क्रममा उक्त प्वालमा खसेको जानकारी आएको सशस्त्र प्रहरीले जनाएको छ।पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिएर बनेको प्वालमा बालिका खसेर अड्किएकी थिइन्।घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली खटिएको थियो। गोताखोरले अन्दाजी दुई सय मिटर गहिराईबाट बालिकालाई निकालेका थिए।अचेत अवस्थामा रहेकी उनलाई

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 186 पटक पढिएको
  • सहकारीले सरकारलाई ठगेको तथ्य फेला परेको छ

    महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन २०७९ बाट यस्तो तथ्य फेला फरेको छ।आन्तरिक राजस्व कार्यालय, कोटेश्वर अन्तर्गतको एक सहकारीले जग्गा बिक्री बापत प्राप्त आय रू २ करोड ५२ लाख ८३ हजारलाई आयमा समावेश नगरी सिधै जगेडा कोषमा हस्तान्तरण गरी कर दायित्व न्यून गरेको पाइएकोले उक्त जग्गा बिक्रीको आयलाई आयमा समावेश गरी न्यून गरेको आयकर रू ६३ लाख २० हजार छानबिन गरी असुल गर्नुपर्दछ ।आन्तरिक राजस्व कार्यालय, सूर्यविनायक अन्तर्गतको एक सहकारीले व्यापार तथा सहकारी दुबै कारोबार गरेकोमा व्यापारिक कारोबार तर्फको विविध आम्दानी, डकुमेन्टेशन चार्ज र भवन निर्माण शुल्कमा रू ८ करोड ४ लाख ८७ हजार आय गरेकोमा सो आयलाई कर

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 302 पटक पढिएको
  • गढीमाई नगरपालिकामा गोली चल्यो, एक जनाको मृत्यु

    रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ।गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताउनु भयो । गोली कसले चलायो भन्ने खुलेको छैन ।गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप य

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 266 पटक पढिएको
  • लुम्विनी प्रदेशसभाको जिप सिकाउने क्रममा ठोक्कियो

    बुटवल। निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्विनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ।लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवल स्थीत निवासमा प्रयोग हुदै आएको लु १ झ ४४७ नं को टाटा स्ट्रोम जिप दुर्घटनामा परेको हो। शुक्रवार बिहान करिव ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ।प्रदेशसभा सचिवालका चालक शिद्धराम चौधरीले सभामुखको सचिवालयका कर्मचारी पदम सोमैलाई सिकाउने क्रममा बुटवल १० र तिलोत्तमा नगरपालिकाको सिमा सडक योगिकुटीमा रहेको बिद्युतको पोलमा ठोक्किएको थियो। अत्यन्त तिव्र गतिमा रहेको उक्त सरकारी गाडी योगिकुटीको सोमवार हाटबजार अगा

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 226 पटक पढिएको
  • हात्तीको आक्रमणबाट तुलबहादुरको मृत्यु

    सिराहा । सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको छ ।नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिएका छन ।घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 229 पटक पढिएको
  • विमानस्थलबाट ब्राउनसुगरसहित एक जना पक्राउ

    नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। शुक्रबार बिहान विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामबहादुर घर्तीमगरले श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जानकारी दिए।पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको डीएसपी मगरले जानकारी दिए।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 94 पटक पढिएको
  • पूर्वी तराईमा सिरुवा पर्वको मनाइदै

    झापा । वैशाख १ बाट पूर्वी तराईका विभिन्न ठाउँमा सिरुवा पर्व मनाइदै छ । यो पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा अर्थात् जुडशीतलका रूपमा सिरुवापर्व मनाउने गरिन्छ ।कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लामा सिरुवा पर्व धुमधामकासाथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्छन् ।यो पर्वमा हिलो, रङका साथै पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता दिन्छ भन्ने मान्यताका साथ यस पर्वलाई जुडशीतल पनि भन्ने गरिन्छ । सिरुवा जुडशीतलमा

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 334 पटक पढिएको
  • गाउँपालिकाका अध्यक्षको घर नजिकै कुकर बम फेला

    बुटवल  ।   शनिबार रुपन्देहीको  सियारी गाउँपालिकाका अध्यक्ष थानेेेश्वर घिमिरेको घर पछाडीको गेट नजिकै कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।सिमेन्टको बोराभित्र शंकास्पद बस्तु देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको डीएसपी अर्यालले बताए। तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 321 पटक पढिएको
  • लागुपदार्थ सेवन गरी सवारी चलाउने ७ जना नियन्त्रणमा

    काठमाडौं   ।  नागढुङ्गामा भएको विशेष चेकिङमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ चालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको संयुक्त टोलीले शुक्रबार दिउँसो २० वटा सवारी साधनका चालक तथा पछाडि सवार मानिसलाई चेक गर्दा ७ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हो ।लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने बताएका छन।ट्राफिक प्रहरीले पछिल्लो समय लाग

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 160 पटक पढिएको
  • जापानी प्रधानमन्त्री फुमियोमाथि स्मोक बम प्रहार

    एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदा माथि स्मोक बम प्रहार भएको छ । किशिदाले एक र्‍यालीलाई सम्बोधन गर्न लागेका बेला उनीमाथि स्मोक बम प्रहार भएको हो ।पीएम किशिदा नजिकै पाइपजस्तो वस्तु फ्याँकिएको थियो । त्यसलगत्तै तीनजना प्रहरी अधिकारीले एक संदिग्धलाई पक्राउ गरेका थिए । विस्फोटको आवाज सुनेपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा कवचमा लगिएको थियो ।गत वर्ष जुलाईमा पनि देशका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको थियो । सन् २०२२ को जुलाईमा देशको पश्चिमी भागमा सडकमा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 209 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा