काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको छ ।
बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले वर्षाको सम्भावना बढेको हो ।
मौसमविद्हरुका अनुसार आज वाग्मती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । दिउँसो काठमाडौं उपत्यकामा हल्का वर्षा हुनेछ ।
काठमाडौंका केही स्थानमा हल्का र केही स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ । ठुलो हावा र वर्षा नभएसम्म काठमाडौंको प्रदुषण भने घट्ने सम्भावना नरहेको बताइएको छ ।