काठमाडौं— तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको आंशकामा कुँवरलाई पक्राउ गरेको हो । 

अभिनेत्री समेत रहेकी कुँवरले उक्त घरको गेटमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।

जिसीका अनुसार कुँवरलाई ललितपुरबाट पक्राउ गरेको छ । उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।