समाचार

    Showing 13,851-13,860 of 25,809 items.
  • चट्याङ लागेर एकजनाको मृत्यु

    काठमाडौं—  झापाको गौरादह नगरपालिका–५, बालुबथानमा चट्याङ लागेर बुधबार एकजनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।उनका अनुसार मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुभोटे स्थायी घर भइ हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 459 पटक पढिएको
  • वडाअध्यक्ष मृत भेटिए

    काठमाडौं— बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर—३ का अध्यक्ष मृत भेटिएका छन् । काँक्राखोर बस्ने ५० वर्षीय वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् ।भण्डारी आफ्नै घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले थप अनुसन्धान सुरु गरेको बताएको छ ।पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । गत स्थानीय निर्वाचनमा उनी माओवादीबाट निर्वाचित थिए । 

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 289 पटक पढिएको
  • काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हल्का वर्षा

    काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू—भागका थोरै स्थानहरूमा मेघगर्जनरचट

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 238 पटक पढिएको
  • तीनकुने घटना प्रकरणः थप २ जना पक्राउ

    काठमाडौं— तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका—५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका—४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 291 पटक पढिएको
  • सशस्त्र प्रहरीमा एआईजीका लागि दौड

    काठमाण्डौ । सशस्त्र प्रहरीमा बैशाख ३ गतेदेखि रिक्त हुन लागेको एआईजीको एक पदका लागि तिव्र प्रतिस्पर्धा सुरु भएको छ । एआईजी चन्द्रप्रकाश (सिपी) गौतमले आगामी ३ बैशाखदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।गौतमको अवकाशपछि रिक्त हुने पदका लागि मुख्यगरी चार डीआईजीबीच प्रतिस्पर्धा छ । डीआईजीहरू गणेश ठाडा मगर, कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीबीच प्रतिस्पर्धा छ ।अहिले एआईजी हुने तीन वर्षपछि आईजीपी हुने सम्भावना भएकाले अहिले बढुवामा चर्को प्रतिस्पर्धा देखिएको हो । पैसा खर्च गरेर भएपनी अहिले एआईजी हुने दाउमा कमल गिरी देखिएका छन। उनी पूर्वआईजीपी शैलेन्द्र खनालका निकट मानिन्छन्

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 531 पटक पढिएको
  • नारायणी नदीमा डुबेर दुई जना बेपत्ता, खोजी जारी

    नवलपरासी । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासीको गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर मंगलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताए।‘दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्,’ उनले भने, ‘भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएक

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 341 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 309 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग

    सिराहा  ।  प्रधानमन्त्री ओलीको कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारलाइ छानबिनको माग गरिएको छ।आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको आजको आसभा कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् ।प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको समाचार बाहिरिएपछि पूर्वमन्त्री साहले यस्तो माग गरेका हु

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 293 पटक पढिएको
  • रौतहटबाट १०९ केजी गाँजा र पेस्तोलसहित गिरी पक्राउ

    चपुर । लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहटबाट गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी पक्राउ परेका छन् ।प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्‍ने चार थान गोलीसहित गिरिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताएका छन । झोलुङ्गे पुलको बाटो हुदै लागु औषध गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा भेटिएको प्रहरिले बताएको छ ।गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोलि र १ थान गोलि लोड रहेको कटुवा पेस्तोल फेला परेको प्रहरिले बताएको छ। साथै अन्य फरार रहेका व्य

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 351 पटक पढिएको
  • काठमाडौंमा शिक्षकहरुले दिउँसै बत्ती बालेर सरकार खोज्दै

    काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक-कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएका शिक्षक-कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर-बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षक

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 325 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.